Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

युरोपमा फेरिँदै नेपालीको हैसियत

खबरडबली संवाददाता

काठमाडौं । मित्रलाल पाण्डे सन् २००७ मा अध्ययनका लागि डेनमार्क पुग्दा विद्यार्थीले काम गर्न नपाइने अवस्था थियो । बल्लतल्ल पढाइ खर्च जुटाएर त्यहाँ पुगे पनि काम गरेर बस्न, कमाउन सक्ने वातावरण डेनमार्क जस्तै अन्य युरोपेली मुलुकमा पनि थिएन । 

उनले स्मरण गरे, “कतै काम नपाएपछि मैले सडकमा फालिएका बियरका बोतल टिपेर बेचेर पनि खाएँ तर अहिले आफैँ अरूलाई काम दिन्छु ।” पाण्डेले लामो समय सङ्घर्ष गरेर सन् २०१७ मा पोल्यान्डमा आफ्नै व्यवसाय सुरु गरे। उनले वार्सामा थाल्नुभएको ‘नेपाली बजार’ को विस्तार अहिले अन्य मुलुकमा पनि भएको छ । 

उनको नेपाली बजार नामक व्यवसायमा नेपाली खानाका परिकार गुन्द्रुक, तामा, थरीथरीका अचार, नेपाली खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, पूजासामग्रीलगायतको व्यापार राम्रै चलेको छ । यी सामान जर्मनी, इटालीलगायतका देशमा पनि निर्यात हुने गरेको छ । 

पढ्नकै लागि बेल्जियममा पुगेका म्याग्दीका जयप्रकाश भुसालको आफ्नै नेपाली होटल छ । अरूको काम गर्दा कहिले काम हुने, कहिले नहुने हुन्थ्यो तर निरन्तरको सङ्घर्षले सम्पूर्ण परिवारै बेल्जियममा बसेर व्यवसाय सञ्चालन गर्न सफल भए । उनको होटलमा नेपाली खानासँगै चाइजिन, कन्टिनेन्टलका लागि विदेशीको आउजाउ राम्रै हुन्छ । 

धनगढीका सोमबहादुर थनेतलाई २० वर्षअघि ब्रसेल्स पुग्दा खान र बस्न धौ धौ थियो । नेपालमा पर्यटक गाइड भए पनि त्यहाँ त्यो सिपले काम नपाएपछि उनले ट्याक्सी चलाउन थाले उनी सम्झन्छन्, “त्यसको अनुमति लिनै कष्ट भयो, स्थायी कार्ड पाएपछि चलाउन पाएँ ।” अहिले उहाँ मात्र होइन उहाँका छोरी, छोरा उतै पढेर काममा व्यस्त छन् । छोराको जापानी खाना सुसीको रेस्टुरेन्ट छ । 

दाङका आशिष मगरको बेल्जियमको वेस्टान्डे सहरको समुद्री किनारमा कोसेली घर छ । पारिपट्टि बेलायत वारि बेल्जियम रहेको सो समुद्री किनार हरेक दिनजसो नै पर्यटकले भरिभराउ रहन्छ । नेपाली भने पर्यटकका रूपमा कहिलेकाहीँ मात्र देखिने गरेको उनी बताउछन् । उनीहरू जस्तै आयरल्यान्डका नवराज कोइराला त्यहाँको व्यावसायिक संस्थाको नेतृत्व लिने हैसियतमा पुगेका छन् । लग्जम्बर्गका बालकृष्ण सापकोटा पनि व्यावसायिक पथमा अग्रसर छन् । 

यी युरोपमा आफैँ व्यवसाय चलाउने केही प्रतिनिधि मात्र हुन् । पछिल्लो समय युरोपेली मुलुकमा नेपाली नागरिकको हैसियत फेरिँदै छ । पहिले काम गर्न समस्या पर्ने युरोपेली देशमा अहिले धेरै नेपाली उद्यमी, व्यवसायी र राम्रो ओहदामा कार्यरत छन् ।

बेल्जियमका लागि नेपालका राजदूत गेहेन्द्र राजभण्डारीका अनुसार युरोपमा पछिल्लो समय नेपालीको साख बढ्दै छ । बेल्जियमलगायतका देशमा अचेल नेपाली नागरिक कामदारबाट मालिक बन्ने लयमा अग्रसर छन् । त्यो देशकै लागि पनि राम्रो भएको उनी बताउछन् । 

उनका अनुसार बेल्जियममा मात्र १० हजार नेपाली नागरिक छन् । तीमध्ये धेरै विद्यार्थी छन् । व्यावसायिक सफलता प्राप्त गरेका सात सय जना छन् । जसले त्यहाँ आफ्नै होटल व्यवसाय सञ्चालन गर्छन् । विदेशी नागरिकलाई पनि रोजगारी दिन्छन् । उनी भन्छन्, “अवसर बढ्दै छ । राम्रो पढेलेखेका नयाँ पुस्ताले युरोपका उच्च पदमा पनि आफ्नो दाबेदारी प्रस्तुत गर्न थालिसकेका छन् । तथापि युरोपका कडा नियम कानुनमा नेपाली बस्न नसक्दा चुनौती पनि उस्तै छ ।” 

गैरआवासीय नेपाली सङ्घका महासचिव सोम सापकोटा युरोप वैदेशिक रोजगारीका लागि राम्रो हब बन्न थालेको बताउछन् । युरोपमा पहिले अमेरिकी र युरोपेलीलाई मात्र राम्रो कामको अवसर हुन्थ्यो । एसियाली अझ नेपाल जस्तो सानो र गरिब मुलुकका पढेलेखेकै भए पनि भाँडा माझ्ने काम पनि दिइँदैन थियो । 

उनी भन्छन्, “युरोप अहिले समृद्धिको यात्रामा भएकाले पनि होला सबैलाई समान देख्न थालेको छ । गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्षहरू उपेन्द्र महतो, जीवा लामिछाने, शेष घलेलगायतका नेपालीले युरोपका विभिन्न मुलुकका व्यापार व्यवसायमा ठुलो लगानी गरेका छन् ।” 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लिपुलेक हुँदै चीनसँग व्यापार थाल्ने भारतको तयारीपछि सरकार छलफलमा, रास्वपा के भन्छ ?

काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...

रौतहटमा बेमौसमी वर्षाले काँचो इँटा नष्ट, बीमा गर्न माग

रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५...

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

काभ्रे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समित...

होटलमा यौन क्रियाकलाप गरेको आरोपमा दुई जोडी पक्राउ

काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित दुई वटा होटलबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा...

मन्त्री छान्दै रवि-बालेन, यी हुन् सम्भावित अनुहार

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको एकै...

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, १५ औं महाधिवेशनको मिति तोक्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।  पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुने भएका ...

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण

तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साध...

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । यहाँको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमो बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ब...

मोरङमा क्षयरोगबाट एक वर्षमा ३५ जनाको मृत्यु

मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: