Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

देउवालाई हटाएर शेखरलाई दलको नेता बनाउने गगनको रणनीतिक प्रस्ताव, भावी सभापतिबारे मौन

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व गरिरहेको संस्थापनइतर खेमाको बैठक बुधवार भइरहेको थियो। त्यही बेला महामन्त्री गगनकुमार थापालाई सभापति शेरबहादुर देउवाको तर्फबाट तारन्तार फोन आइरहेको थियो।

एक नेताका अनुसार त्यसपछि थापाले छिटो निस्किने भन्दै आफ्नो धारणा राखे। त्यस क्रममा उनले संसदीय दलको नेता परिवर्तन गर्न कोइरालाको नाम प्रस्ताव गरे।

त्यसको अर्थ र प्रभावबारे नेताहरूले आआफ्नै ढङ्गले व्याख्या र विश्लेषण गरिरहेको पाइन्छ। “गगनजीले पहिला म उठेँ, मैले पार गर्न सकिनँ। विकल्पमा शेखरजी नै तयार भएर पनि संसदीय दलको नेता परिवर्तन गर्नुपर्छ भन्ने प्रस्ताव राख्नुभएको हो,” नेता अर्जुन नरसिंह केसीले बीबीसीलाई जानकारी दिए।

शेखर कोइरालाको मन्जुरी र अरूको समर्थन

महाधिवेशनमा देउवालाई सभापतिमा चुनौती दिएका कोइरालाको खेमाबाटै थापा महामन्त्री उम्मेदवार बनेका थिए।

संसदीय दलको नेताको चुनावमा भने कोइरालाको समर्थनमा थापा उम्मेदवार भएका थिए। थापाको प्रस्तावमा आफूहरूको पनि समर्थन रहेको नेता केसीले बताए।

उनले भने, “वस्तुगत परिस्थितिको विश्लेषण र समीक्षा गरेर त्यसलाई अघि बढाउन हामी पनि गम्भीर नै छौँ।” कोइरालानिकट नेताहरूमा पनि त्यसले एक खालको उत्साह थपिदिएको पाइन्छ।

उनीनिकट सांसद राजेन्द्र बजगाईँले थापाको प्रस्तावमा आफूहरूले समर्थन जनाएको सुनाए। उनका अनुसार देउवाको विकल्प खोज्न अगुवाइ गर्ने प्रस्तावमा कोइरालाले पनि मन्जुरी दिएका छन्।

“उहाँले पनि प्रस्ताव स्वीकार गर्नुभयो र म नेतृत्व गर्छु भन्नुभयो,” सांसद बजगाईँ भन्छन्, “जसरी गाडी गुडाउन बाटो बनाउनुपर्छ, नेतृत्व लिन अग्रसर भए पछि नै वातावरण अनुकूल हुन्छ।”

गगन थापाको उमेर हद र शेखर कोइरालाको नारा

पछिल्ला दिनहरूमा कोइराला खेमामा विभाजन देखा परेको समाचार आइरहेका थिए। गगन थापा सहभागी नहुने खबरहरूबीच सहमति गरेर बैठक सारेर एक दिन पछि गरिएको बताइएको छ।

उक्त बैठकपछि आपसी संवादको कमी भएको स्वीकार समूह "एक ढिक्का" रहेको नेताहरूले बताएका छन्। तर संसदीय दलको नेतामा कोइरालालाई अघि सारेर के थापा आफू सभापतिमा अघि सर्न खोजेका त हैनन्?

सांसद बजगाईँका अनुसार अघिल्लो पटक संसदीय दलको नेताको उम्मेदवार बन्दा महामन्त्री थापाले आगामी महाधिवेशनमा कोइराला सभापतिको उम्मेदवार हुने बताएका थिए।

“गगन थापाको ५५ वर्षको उमेर हद र शेखर कोइरालाको 'यसै पटक एकै पटक' भन्ने नारा त्यही बेला खारेज गरिएको हो, त्यसमा बेइमानी नहोला,” उनले भने।

भावी सभापतिबारे केसी मौन

नेता अर्जुन नरसिंह केसीले भने अहिले भावी सभापतिबारे कुनै प्रतिबद्धता नजनाउने बताए।

एक दाबेदारको रूपमा रहेका थापा आफैँले "सामूहिक रूपमा अघि बढौँ" भन्ने प्रस्ताव राखेको कुरालाई आफूहरूले महत्त्वपूर्ण रूपमा लिएको उल्लेख गर्दै केसीले भने, “पछि कसरी जाने भन्नेबारे बसेर छलफल गरेर टुङ्ग्याउँछौँ।”

उनले अरू पार्टीहरूले 'मिशन २०८४' भने पनि आफ्नो पार्टीको निम्ति 'मिशन २०८२' भएको बताए। “अहिले देखिएका निराशा र अविश्वासको खाडल पुर्ने गर्ने गरेर नयाँ दिशा दिने सङ्कल्पका साथ नीति, संरचना र नेतृत्वमा परिवर्तन भयो भने हामीले जुनसुकै परिस्थितिको पनि मुकाबिला गर्न सक्छौँ,” केसीको धारणा छ।

आगामी महाधिवेशनमा देउवा सभापतिमा चुनाव नलड्ने अनुमानबीच भावी समीकरणबारे अन्योल र अनुमान जारी छ। देउवाले आफ्नै खेमाबाहिरबाट समेत उत्तराधिकारी खोज्न सक्ने एक थरीको आकलन पाइन्छ। त्यसलाई ध्यानमा राखेर कोइराला खेमामा विकल्पको नयाँ बहस सुरु भएको विश्लेषण गर्नेहरू पनि छन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले किन ‘सुरक्षा थ्रेट’ महसुस गरिरहेका छन् ?

काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...

यी हुन् कांग्रेसले अहिलेसम्म टुंग्याएका उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्।  निर्वाचनका लागि मंगलबार...

एमालेले रूपन्देहीमा उम्मेदवार बदल्यो, पाल्पा-२ मा ठाकुर गैरेले पाए टिकट

काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...

टिकट वितरणपछि चन्द्र भण्डारीले् गरे गगन थापाको प्रशंसा

रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...

देउवाको निर्वाचन क्षेत्रमा नैनसिंह महरले पाए टिकट

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा  महर टिकट दिएको हो।  म...

राप्रपाले टुंग्यायो उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो।  उम्...

गगनलाई अस्वीकार गर्दै देउवा समूहले दायर गरेको रिटमा आज पेसी

काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...

झापाबाट ओलीको सन्देश- हामी नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ

 काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...

ऋषि धमलाले अब ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम नचलाउने, रौतहट–४ मा चुनाव लड्ने

काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्।  रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending