काठमाडाैं । नागरिकले विरोधका आवाज उठाउने ठाउँहरूलाई सरकारले संकुचित गर्दै लैजानु लोकतन्त्रमाथि खतराको सङ्केत भन्दै बृहत् नागरिक आन्दोलनले शुक्रबार विरोध मार्च गर्ने भएको छ ।
सरकारले खुलामञ्च, माइतीघर र शान्तिवाटिका लगायत नागरिकका आवाज मुखरित गर्ने ठाउँहरूमा निषेधित क्षेत्र घोषणा गरेकोमा नागरिक अगुवाहरूले त्यसको विरोध गर्दै आएका छन् । बृहत् नागरिक आन्दोलनले शुक्रबार त्यसको विरोधमा शान्तिवाटिकामा विरोध मार्च गर्न लागेको हो ।
नागरिक अगुवा सञ्जीव उप्रेतीले लोकतन्त्रमा नागरिकले विरोध गर्न पाउने अधिकारमाथि सरकारले आक्रमण गर्न थालेको बताए । ‘माइतीघर, शान्तिवाटिका र खुलामञ्च अहिले नागरिकका आवाज मुखरित गर्ने ठाउँहरू हुन्, ती ठाउँहरूमा प्रतिबन्ध लगाउनु शुभसंकेत होइन,’ उनले भने, ‘यो नागरिकको संवैधानिक लोकतान्त्रिक अधिकार नै हो ।’
सरकारले लामो समयसम्म माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेर आफूप्रति लक्षित विरोधका आवाजहरू दबाउन खोजेको भन्दै नागरिक आन्दोलनले निरङ्कुश राज्यको झल्को गराएको जनाएको छ । ‘दिन प्रतिदिन भ्रष्टाचार बढ्दै गइरहेको छ ।
सामाजिक न्याय सङ्कटमा छ । सरकारप्रति बढेका असन्तुष्टि अभिव्यक्त हुन नदिन नागरिकले प्रयोग गर्दै आएको विरोध स्थललाई निषेधित क्षेत्र घोषणा गर्ने कदमको विरोध गर्न आव्हान गरिन्छ,’ नागरिक आन्दोलनले भनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ६ गते, २०८१ - ०९:४६
डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...
आश्विन ६ गते, २०८१ - ०९:४४
काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट...
आश्विन ६ गते, २०८१ - ०९:३८
रौतहट । बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परे...
आश्विन ६ गते, २०८१ - ०९:३४
काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि क्यानडा शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् । शनिबार हिमाल म...
आश्विन ६ गते, २०८१ - ०९:२८
काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, डोल्पा जिल्ला । मुख्यगरी डोल्पामा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । रा...
आश्विन ६ गते, २०८१ - ०९:२१
बनेपा । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जा...
आश्विन ६ गते, २०८१ - ०९:१५
काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना...
आश्विन ६ गते, २०८१ - ०९:०४
बाँके । भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...
आश्विन ६ गते, २०८१ - ०९:००
न्यूयोर्क । परराष्ट्रमन्त्री डा. आरजु राणाको अमेरिकामा स्वागत गरिएको छ। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन शनिबार दिउँसो क्यानडा हुँदै अमेरिकाक...
आश्विन ६ गते, २०८१ - ०८:५७
काठमाडौं । श्रीलङ्कामा हिजो भएको राष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । सन २०१९ को चुनावमा तीन प्रतिशत...
प्रतिकृया लेख्नुहोस्: