Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

महंगिएपछि भान्छामा प्याजको खपत घट्दै

गरिबका लागि प्याज किन्नु र सुन किन्नु उस्तै

खबरडबली संवाददाता

काठमाडौं  । मासु होस् वा अन्य तरकारी प्याज हालेर पकाउँदाको स्वादै बेग्लै । प्याज नहाली तरकारी नपकाउने बानी परेकाहरु यतिबेला साँच्चै समस्यामा परेका छन् । प्रतिकिलो ४० देखि ४५ रुपैयाँमा पाइरहेको प्याजको मूल्य दुई महिनायता बढेर १२० देखी १८० रुपैयाँ पुगेको छ ।

त्यसको मारमा प्याज मिसाएर तरकारीको मिठास लिन सिपालु गृहिणीहरु बढी परेका छन् । मूल्य वृद्धिको मार भने सबै उपभोक्ताहरुले समान रुपमा लिइरहेका छन् ।

प्याजको महंगिएपछि बजारमा प्याज किन्नेहरुले परिणाम घटाइरहेका छन् । घरमा खपत पनि क्रमश घटाउँदै गएका छन् ।  बजारमा तरकारी किन्न पुगेका गृहिणीहरु  प्याज नकिनी फर्कने गरेका छन् । प्याज नहाली तरकारी नबनाउने उनीहरु अहिले थोरै प्याज हालेर काम चलाउन थालेका छन् । 

दसैंसम्म प्याजको मूल्य ठिकै भएपनि त्यसपछि आम सर्वसाधारणले उपभोग गर्न सक्ने अवस्था भन्दा मूल्य बाहिर पुगेको कारण पनि अहिले प्रत्यक घरमा प्याज बिनाको तरकारी पाक्न थालेको हो ।

अधिकांश गृहिणीहरु बजार बाट प्याज नलिई फर्कने गरेको ब्यापारीहरु बताउँछन् । प्याज किन्ने पैसाले चार छाक तरकारी खान पुग्ने भएकोले तरकारीमा प्याज प्रयोग गर्नेहरु पनि प्याज नै नकिनी फर्कने गरेका छन् ।

अहिले बजारमा हरीयाे तरकारीको मूल्य सस्तिएको छ । अरु तरकारीको मूल्य घट्दा प्याज किनिसक्नु छैन, प्याज किन्नु र सुन किन्नु गरिबका लागि उस्तै भएको छ ।  त्यसैले त कतिपयले प्याज प्रयोग गर्नु भन्दा अरु तरकारीमै जोड दिएको पाइन्छ ।

एकातिर आर्थिक मन्दी र अर्कोतिर दैनिक उपभोग्य वस्तु मूल्यवृद्धिको असरले समस्या पारिरहेको उपभोक्ताहरु बताउँछन् ।

नेपाल सरकारले प्याज उत्पादनमा आत्मनिर्भर बन्ने भन्दै आयातमा कडाइ गरेको छ । प्याज बिक्रीमा नेपाल सरकारले मूल्य अभिवृद्धि कर लगाएको छ । जसले गर्दा नेपालमा प्याज महंगिएको हो । भारत सरकारले पनि प्याज निर्यातमा कडाइ गरेको जसले गर्दा प्याजको मूल्य बढ्दै गएको छ ।

अहिले भारतबाट प्याजको आयत कम भएको र भन्सार कर वृद्धी भएको कारण प्याज बजारमा ल्याएर बेच्ने अवस्था घटेको थोक व्यापारीहरु बतायँछन । नेपालकै अन्य स्थानहरुबाट प्याज किनमेल गरी विराटनगर बजारमा बेच्ने गरेको उनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धविराममै लेबनानमा इजरायलको भीषण हमला : ३१ को मृत्यु, मध्यपूर्व फेरि युद्धको डिलमा

एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...

नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रभातफेरी , विधान महाधिवेशन पनि हुँदै

काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...

महँगो पर्‍यो सुनकोशी मरिणमा ठेकेदारको ‘खेल’ : रमण–पटेल जेभी तीन वर्षका लागि कालोसूचीमा

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...

​ तनहुँमा धानमा मरुवा रोगदेखि लहरे बालीमा डाउनी मिल्डयु पहिचान

तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्...

चन्द्रमामा मानव बस्ती बसाल्ने नासाको महत्त्वाकाङ्क्षी योजना

  वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर,...

जुत्ता राख्ने र्‍याकले चेपिएर बालकको मृत्यु, विदेशमा भएकी आमा बेहोस्

काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्‍याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending