काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कतार भ्रमणका क्रममा आफूले इजरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाएको बताएका छन् ।
दोहा २१औं फोरममा सहभागिता जनाएर शनिबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जोशीको रिहाइ, नेपालको विकासमा कतारको सहयोग र नेपालको जलवायुको विषय उठाएको बताए ।
त्यसमा कतार सरकारबाट निकै सकारात्मक जवाफ प्राप्त भएको पनि उनको भनाइ थियो । उनले भने, ‘नेपालको विकासमा कतारको सहयोगलाई निरन्तरता दिन नेपाली नागरिकहरुलाई सुरक्षित रोजगारीका थप अवसरहरु उपलब्ध गराउन, नेपालको जलवायु लगायतका क्षेत्रमा कतारको लगानी अभिवृद्धि गर्न, हमास समूहको अपहरणमा परि बन्धक बनाइएका विपिन जोशीको कुशल रिहाइमा कतार सरकारको थप सहयोग र समन्वय लगायतका विषयमा छलफल गरेको छु । यी विषयहरुमा कतार सरकारबाट निकै सकारात्मक जवाफ प्राप्त भएको छ ।’
यस्तै, उनले दोहा पुगेकै दिन नेपाली दूतावासको स्थलगत अवलोकन गरि सहज तरिकाले सेवा प्रदान गर्न निर्देशन दिएको जानकारी पनि गराए । उनले भने, ‘दोहा पुगेको दिन त्यहाँ नेपाली दूतावासको अवलोकन गरेर दूतावासको कार्यप्रगति एवं समस्या र चुनौतीहरुका बारेमा जानकारी लिएको छु । दूतावासको कार्यसम्पादन थप प्रभावकारी बनाएर सेवाग्राहीहरुलाई सहज तरिकाले सेवा प्रदान गर्न निर्देशन दिएको छु । त्यहाँ गएर जलवायु परिवर्तनका कारण नेपालले सामना गर्नुपरेका समस्याहरुको न्यूनीकरणका लागि नेपालले आफ्नो तर्फबाट चालेका कदमहरुका बारेमा जानकारी गराएँ ।’
परराष्ट्रमन्त्री साउद दोहा २१औं सम्मेलनमा सहभागी हुन गत शनिबार कतार एयरलाइन्सको विमानबाट दोहा गएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - ०८:२२
एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...
जेष्ठ १३ गते, २०८३ - ०८:२०
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...
जेष्ठ १३ गते, २०८३ - ०८:१८
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...
जेष्ठ १३ गते, २०८३ - ०८:१६
काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...
जेष्ठ १३ गते, २०८३ - ०८:११
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...
जेष्ठ १३ गते, २०८३ - ०८:०५
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...
जेष्ठ १३ गते, २०८३ - ०८:००
तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...
जेष्ठ १३ गते, २०८३ - ०७:५५
म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्...
जेष्ठ १३ गते, २०८३ - ०७:५३
वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर,...
जेष्ठ १३ गते, २०८३ - ०७:४८
काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...



प्रतिकृया लेख्नुहोस्: