Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ८ जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका-६ जरेबरबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम र ब्राउन सुगर जस्तो देखिने पदार्थ ८० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने चितवन रत्ननगर नगरपालिका-९ घर भएका २७ वर्षीय सन्दिप श्रेष्ठ र पोखरा महानगरपालिका-१७ ड्यामसाईड घर भएका २१ वर्षीय बिजन सापकोटा रहेका छन् । वडा प्रहरी प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले सन्दिपलाई १ किलोग्राम गाँजा र बिजनलाई ८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कास्कीकै पोखरा महानगरपालिका-१० रंगशाला गेट अगाडि रहेको खाजा घरका संचालक देवी मायाँ गुरुङलाई अवैध लागूऔषध गाँजा १ किलो २८० ग्राम र नगद ८७ हजार ४ सय ३५ रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारको प्रहरीले खाजा घर तलासी गर्दा दराजभित्र लुकाई राखेको उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध खैरो रंगको जस्तो देखिने धुलो पर्दाथ १ ग्राम ८ सय २० मिलिग्रामसहित सोही गाउँपालिका-५ बढैयागाँउ बस्ने ३५ वर्षीय भगन थारुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

डडेल्धुराको अमरगढी नगरपालिका-५ बागबजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम र नगद २२ हजार ५ सय रूपैयाँसहित सोही नगरपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।    

सुनसरीको धरान उपमहानगरपालिका-२० काखोलाबाट अवैध लागूऔषध गाँजा करिब ९ किलोग्रामसहित धनकुटा शहिदभूमी गाउँपालिका-१ सुन्तलाबारी बस्ने ४० वर्षीय रमेश राईलाई  प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विष्णुपादुका धरानबाट खटिएको प्रहरीले को।२६ प २१३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

कञ्चनपुरको भीमदत्त नगरपालिका-११ होल्डिङ सेन्टरबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५९ मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका-१ बस्ने ३४ वर्षीय जिवन डगौरा र १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले प्र।से ४ प ४१९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  ...

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...

धादिङका स्थानीय तहले गराए सरकारको ध्यानाकर्षण, आशिकाको निर्देशनविरुद्ध प्रतिवादमा उत्रने

काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...

प्रमाणपत्र ग्रहण कार्यक्रममा कांग्रेस र एमालेका सांसद केसी र बादल अनुपस्थित

काठमाडौँ । निर्वाचन आयोगले बिहीबारका लागि तय गरेको समानुपातिक सांसदको प्रमाणपत्र ग्रहण कार्यक्रममा कांग्रेस नेता अर्जुन नरसिंह केसी र एमाले उपाध्यक्ष ...

हेटौँडामा अटो दुर्घटनामा तीन जना घाइते

हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा ...

हेटौँडामा अटो दुर्घटनामा तीन जना घाइते

हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा ...

प्रधानमन्त्री कार्की कर्णाली भ्रमणमा, निर्वाचन सफल भएकोमा धन्यवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेश भ्रमणमा गएकी छन्। उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्वक सम्पन्न भएकोमा मतदाता, निर्...

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा कैलालीमा एक दम्पतीको मृत्यु

धनगढी। कैलालीको कैलारी गाउँपालिका –५ बैजपुरस्थित हुलाकी राजमार्गमा ट्रकको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।  बुधबार राति ना ६ ख ७७८ नम्बरक...

लुम्बिनी र कोशी प्रदेशमा चैत ६–७ गते तीव्र हावाहुरी चल्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी चैत ६ र ७ गते लुम्बिनी तथा कोशी प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जानकारी दिएको छ। विभागका अनु...

रास्वपा सबैभन्दा ठुलो पार्टी बनेर आएसँगै संसदीय दलका कार्यालय साटफेर

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राजनीतिक दलहरूको हैसियतमा उल्लेखनीय परिवर्तन भएको छ । दलहरूको नयाँ हैसियतअनुसार संघीय संसद् स...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: