काठमाडौं । मुलुकी अपराध संहिताले दिएको बहिर्क्षेत्रीय अधिकारको प्रयोग गरेर प्रहरीले मलेसियामा भएको अपराधको नेपालमा अनुसन्धान थालेको छ ।
कुनै नेपालीले मुलुकबाहिर कुनै कसुर गरे उसलाई स्वदेशमै अपराध गरे सरह सजाय हुने व्यवस्था अनुरुप प्रहरीले मलेसियामा भएको झापाका धनबहादुर प्रधानको हत्याबारे अनुसन्धान थालेको हो ।
पीडित परिवारले जिल्ला प्रहरी परिसर, काठमाडौंमा दिएको किटानी जाहेरीका आधारमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) र मलेसियास्थित नेपाली दूतावाससँग समन्वय गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
पीडितले २५ मंसिरमा प्रधानको हत्या गरेर आरोपी अनिलकुमार शाह नेपाल आउँदै गरेको सूचना दिएका थिए । त्यो सूचनाका आधारमा शाहलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।
‘एउटै कम्पनीमा काम गर्ने शाहले प्रधानको हत्या गरेर फरार रहेछन्, उनी मलेसियास्थित दूतावासमा आफ्नो पासपोर्ट हराएको भन्दै ट्राभल डकुमेन्ट बनाउन गएका रहेछन्’, खत्रीले भने, ‘त्यो सूचना पाएपछि उनी नेपाल आउनसक्छन् भनेर टोली परिचालित थियो ।’
त्यसक्रममा हुलिया बदलेर ३० मंंसिरमा हिमालयन एयरलाइन्सबाट नेपाल आउँदै गरेको सूचना पाएपछि विमानस्थलबाटै शाहलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेपछि शाहले आफूमाथि लागेको आरोप समेत स्वीकारेको प्रहरीले जनाएको छ । सामान्य झगडा हुँदा दुईरचार मुक्का हानेको भनेर बयान दिएका प्रहरीले बताएको छ । त्यसक्रममा चौधरीको मृत्यु भएको उनले प्रहरीलाई बयान दिएको बताइएको छ । इन्टरपोल मलेसियालाई लिखित पत्राचार गरेर अनुसन्धानका सम्बन्धमा विवरण उपलब्ध गराइदिन समेत भनिएको खत्रीले बताए ।
‘हामीलाई प्राप्त पोष्टमार्टमको रिपोर्टमा पनि ‘डेथ ड्यू टु ब्लन्ट इज्यूरी’ भनिएको छ’, उनले भने, ‘बयान र अरु विवरण पनि मिलेका छन्, थप अनुसन्धान गरिरहेका छौं ।’ विदेशमा भएको अपराधमा अनुसन्धान भएको यो नै सम्भवतः पहिलो घटना भएको उनले बताए ।
२०७४ सालमा जारी भएको मुलुकी अपराध संहिताले नेपाली नागरिक वा अन्य कसैले नेपालबाहिर कुनै नेपाली नागरिकविरुद्ध ज्यान लिने वा हत्या प्रयास गरे, अपहरण, जबरजस्ती करणी, संगठित अपराध, खाद्य पदार्थ वा औषधि मिलावट गरे नेपालभित्र नै त्यस्तो कसूर गरे सरह सजाय हुने व्यवस्था गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: