काठमाडौं । मुलुकी अपराध संहिताले दिएको बहिर्क्षेत्रीय अधिकारको प्रयोग गरेर प्रहरीले मलेसियामा भएको अपराधको नेपालमा अनुसन्धान थालेको छ ।
कुनै नेपालीले मुलुकबाहिर कुनै कसुर गरे उसलाई स्वदेशमै अपराध गरे सरह सजाय हुने व्यवस्था अनुरुप प्रहरीले मलेसियामा भएको झापाका धनबहादुर प्रधानको हत्याबारे अनुसन्धान थालेको हो ।
पीडित परिवारले जिल्ला प्रहरी परिसर, काठमाडौंमा दिएको किटानी जाहेरीका आधारमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) र मलेसियास्थित नेपाली दूतावाससँग समन्वय गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
पीडितले २५ मंसिरमा प्रधानको हत्या गरेर आरोपी अनिलकुमार शाह नेपाल आउँदै गरेको सूचना दिएका थिए । त्यो सूचनाका आधारमा शाहलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।
‘एउटै कम्पनीमा काम गर्ने शाहले प्रधानको हत्या गरेर फरार रहेछन्, उनी मलेसियास्थित दूतावासमा आफ्नो पासपोर्ट हराएको भन्दै ट्राभल डकुमेन्ट बनाउन गएका रहेछन्’, खत्रीले भने, ‘त्यो सूचना पाएपछि उनी नेपाल आउनसक्छन् भनेर टोली परिचालित थियो ।’
त्यसक्रममा हुलिया बदलेर ३० मंंसिरमा हिमालयन एयरलाइन्सबाट नेपाल आउँदै गरेको सूचना पाएपछि विमानस्थलबाटै शाहलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेपछि शाहले आफूमाथि लागेको आरोप समेत स्वीकारेको प्रहरीले जनाएको छ । सामान्य झगडा हुँदा दुईरचार मुक्का हानेको भनेर बयान दिएका प्रहरीले बताएको छ । त्यसक्रममा चौधरीको मृत्यु भएको उनले प्रहरीलाई बयान दिएको बताइएको छ । इन्टरपोल मलेसियालाई लिखित पत्राचार गरेर अनुसन्धानका सम्बन्धमा विवरण उपलब्ध गराइदिन समेत भनिएको खत्रीले बताए ।
‘हामीलाई प्राप्त पोष्टमार्टमको रिपोर्टमा पनि ‘डेथ ड्यू टु ब्लन्ट इज्यूरी’ भनिएको छ’, उनले भने, ‘बयान र अरु विवरण पनि मिलेका छन्, थप अनुसन्धान गरिरहेका छौं ।’ विदेशमा भएको अपराधमा अनुसन्धान भएको यो नै सम्भवतः पहिलो घटना भएको उनले बताए ।
२०७४ सालमा जारी भएको मुलुकी अपराध संहिताले नेपाली नागरिक वा अन्य कसैले नेपालबाहिर कुनै नेपाली नागरिकविरुद्ध ज्यान लिने वा हत्या प्रयास गरे, अपहरण, जबरजस्ती करणी, संगठित अपराध, खाद्य पदार्थ वा औषधि मिलावट गरे नेपालभित्र नै त्यस्तो कसूर गरे सरह सजाय हुने व्यवस्था गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - ०८:२२
एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...
जेष्ठ १३ गते, २०८३ - ०८:२०
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...
जेष्ठ १३ गते, २०८३ - ०८:१८
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...
जेष्ठ १३ गते, २०८३ - ०८:१६
काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...
जेष्ठ १३ गते, २०८३ - ०८:११
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...
जेष्ठ १३ गते, २०८३ - ०८:०५
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...
जेष्ठ १३ गते, २०८३ - ०८:००
तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...
जेष्ठ १३ गते, २०८३ - ०७:५५
म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्...
जेष्ठ १३ गते, २०८३ - ०७:५३
वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर,...
जेष्ठ १३ गते, २०८३ - ०७:४८
काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...



प्रतिकृया लेख्नुहोस्: