काठमाडाैं । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सांसदहरूको गणपूरक सङ्ख्या नपुग्दा पटक–पटक समितिको बैठक स्थगित गर्नुपरेको बताएका छन् । पछिल्लो समय १७ सांसदहरु चीन भ्रमणमा लागे सँगै उनले यस्तो बताएका हुन् ।
खतिवडाले सांसदहरू जिल्लातिर जाने, कार्यक्रममा व्यस्त हुने र विदेश भ्रमणमा जाने गरेका कारण पनि समितिको बैठक राख्न कठिन भएको बताए । एमालेका सांसद समृद्धिको यात्रामा भनेर विभिन्न जिल्लातिर लागे सँगै बैठक रोक्न आग्रह गरेको उनको भनाइ छ ।
२७ गते नै प्रधानसेनापतिलाई फास्ट ट्र्याक र उमेर विवादको विषयमा छलफल गर्नका लागि बोलाइसकेको भएपनि त्यतीबृला पनि बैठक बस्न नुकेको उनले बताए । एकातिर कांग्रेसका दुई महामन्त्री पनि प्रदेश सम्मेलनका लागि व्यस्त र एमालेले प्रमुख प्रतिपक्षी दल बेगर बैठक राखे राम्रो नहुँने भनेका कारण पनि बैठक बस्न नसकेको उनले बताए ।
सभापति खतिवडाले अहिले गम्भीर खालका मुद्दाहरू रहेको बताउँदै एनसेल लगायत सेनामा उमेर विवाद, फास्ट ट्र्याक लगायत गम्भीर विषयका मुद्दामा छलफल गर्नुपर्ने भए पनि सांसदहरूलाई बैठकमा बोलाउन मुस्किल परेको बताए ।
२७ जनाको कमिटीमा सबैलाई फोन गर्दा ७ जना सांसद पनि बैठकमा नआउने अवस्था रहेको खतिवडाको भनाइ छ । कसको कहिले के पर्ने, कोही कता जाने गर्दा बैठक बसाल्न कोरम पुर्याउनै समस्या भएको उनले बताए ।
समितिले मङ्गलवार एनसेल शेयर बिक्री विवादबारे छलफल राखिएको र प्रधानमन्त्रीलाई आमन्त्रण गरिएको सभापति खतिवडाले जानकारी दिए । यस्तै पर्सी फास्ट ट्र्याकको काम सुस्त भएको बारेमा छलफलका लागि प्रधानसेनापतिलाई बैठकमा बोलाइएको उनले बताए । साथै सेनामा सधैँ उमेर हदको विवाद हुने गरेकोले सो बारे पनि सेनासँग समितिले छलफल गर्न लागेको सभापति खतिवडाले जानकारी दिए ।
उनले अब पनि कोरम पुगेन भनेर बैठक रोक्ने काम नगर्ने बताउँदै ४० प्रतिशत सांसद भएमा वा त्यो पनि नभए ३० प्रतिशत सांसदको उपस्थितिमा भए पनि बैठकलाई अगाडि बढाउने जानकारी दिए ।
खतिवडाले भने– ‘कस्तो भयो भने संसदीय समितिमा नआउने कोही गाउँतिर जाने, कोही विदेश जाने यता समितिमा विधेयक थन्किएर बसेको अवस्था छ । समितिले विधेयक पारित नगरी संसद् चल्दैन, माननीयहरू सदन नचलीकन संसदीय समितिमा नआउने कस्तो चलन बस्यो ? संसद् कमजोर भयो भने जनताप्रति, व्यवस्थाप्रति असर गर्छ नि त ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - ०८:२२
एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...
जेष्ठ १३ गते, २०८३ - ०८:२०
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...
जेष्ठ १३ गते, २०८३ - ०८:१८
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...
जेष्ठ १३ गते, २०८३ - ०८:१६
काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...
जेष्ठ १३ गते, २०८३ - ०८:११
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...
जेष्ठ १३ गते, २०८३ - ०८:०५
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...
जेष्ठ १३ गते, २०८३ - ०८:००
तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...
जेष्ठ १३ गते, २०८३ - ०७:५५
म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्...
जेष्ठ १३ गते, २०८३ - ०७:५३
वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर,...
जेष्ठ १३ गते, २०८३ - ०७:४८
काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...



प्रतिकृया लेख्नुहोस्: