Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

संसद् कमजोर भयो भने जनताप्रति, व्यवस्थाप्रति असर गर्छः रामहरि खतिवडा

'३० प्रतिशत सांसदको उपस्थितिमा भए पनि संसदीय समितिकाे बैठक बस्छ'

खबरडबली संवाददाता

काठमाडाैं । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सांसदहरूको गणपूरक सङ्ख्या नपुग्दा पटक–पटक समितिको बैठक स्थगित गर्नुपरेको बताएका छन् । पछिल्लो समय १७ सांसदहरु चीन भ्रमणमा लागे सँगै उनले यस्तो बताएका हुन् । 

खतिवडाले  सांसदहरू जिल्लातिर जाने, कार्यक्रममा व्यस्त हुने र विदेश भ्रमणमा जाने गरेका कारण पनि समितिको बैठक राख्न कठिन भएको बताए । एमालेका सांसद समृद्धिको यात्रामा भनेर विभिन्न जिल्लातिर लागे सँगै बैठक रोक्न आग्रह गरेको उनको भनाइ छ । 

२७ गते नै प्रधानसेनापतिलाई फास्ट ट्र्याक र उमेर विवादको विषयमा छलफल गर्नका लागि बोलाइसकेको भएपनि त्यतीबृला पनि बैठक बस्न नुकेको उनले बताए । एकातिर कांग्रेसका दुई महामन्त्री पनि प्रदेश सम्मेलनका लागि व्यस्त र एमालेले प्रमुख प्रतिपक्षी दल बेगर बैठक राखे राम्रो नहुँने भनेका कारण पनि बैठक बस्न नसकेको उनले बताए । 

सभापति खतिवडाले अहिले गम्भीर खालका मुद्दाहरू रहेको बताउँदै एनसेल लगायत सेनामा उमेर विवाद, फास्ट ट्र्याक लगायत गम्भीर विषयका मुद्दामा छलफल गर्नुपर्ने भए पनि सांसदहरूलाई बैठकमा बोलाउन मुस्किल परेको बताए । 

२७ जनाको कमिटीमा सबैलाई फोन गर्दा ७ जना सांसद पनि बैठकमा नआउने अवस्था रहेको खतिवडाको भनाइ छ  । कसको कहिले के पर्ने, कोही कता जाने गर्दा बैठक बसाल्न कोरम पुर्याउनै समस्या भएको उनले बताए  । 

समितिले मङ्गलवार एनसेल शेयर बिक्री विवादबारे छलफल राखिएको र प्रधानमन्त्रीलाई आमन्त्रण गरिएको सभापति खतिवडाले जानकारी दिए । यस्तै पर्सी फास्ट ट्र्याकको काम सुस्त भएको बारेमा छलफलका लागि प्रधानसेनापतिलाई बैठकमा बोलाइएको उनले बताए । साथै सेनामा सधैँ उमेर हदको विवाद हुने गरेकोले सो बारे पनि सेनासँग समितिले छलफल गर्न लागेको सभापति खतिवडाले जानकारी दिए ।

उनले अब पनि कोरम पुगेन भनेर बैठक रोक्ने काम नगर्ने बताउँदै ४० प्रतिशत सांसद भएमा वा त्यो पनि नभए ३० प्रतिशत सांसदको उपस्थितिमा भए पनि बैठकलाई अगाडि बढाउने जानकारी दिए ।

खतिवडाले भने– ‘कस्तो भयो भने संसदीय समितिमा नआउने कोही गाउँतिर जाने, कोही विदेश जाने यता समितिमा विधेयक थन्किएर बसेको अवस्था छ । समितिले विधेयक पारित नगरी संसद् चल्दैन, माननीयहरू सदन नचलीकन संसदीय समितिमा नआउने कस्तो चलन बस्यो ? संसद् कमजोर भयो भने जनताप्रति, व्यवस्थाप्रति असर गर्छ नि त ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending