काठमाडौं । अभिनेता पल शाहको फैसला भइसकेको मुद्दालाई सर्वोच्च अदालतले १० महिनापछि फेरि ब्युँताइदिएको छ । ११ फागुनमा उच्च अदालत पोखराले सुनाएको फैसला फेरि रुजु गर्न सर्वोच्चले अनुमति दिएको हो ।
मुद्धा ब्युँतिएपछि अबको फैसला कस्तो आउला भन्ने विषयमा उनी तनावमा परेका छन् । नवलपुर उच्च अदालतले पललाई बलात्कारमा सफाइ दिँदै यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । उक्त मुद्धामा उनलाई साढे दुई वर्ष जेल सजाय सुनाईएको थियो ।
उक्त फैसलाविरुद्ध वादी र प्रतिवादी दुवै पक्षले उच्च अदालतमा पुनरावेदन गरेका थिए । दुवैको पुनरावेदनलाई एकै ठाउँमा राखेर फैसला गर्दै उच्चले पललाई पूर्ण रूपमा सफाइ दिएको थियो । त्यसपछि जेलमुक्त भएका पल अहिले म्युजिक भिडिओ र फिल्म खेल्न व्यस्त रहेका छन् ।
अहिले सर्वोच्चले उनको मुद्दा दोहोर्याएर हेर्न अनुमति प्रदान गरिएपछि उनलाई तनाव थपिएको उनी निकट स्रोतले जानकारी दियो । अब मुद्दा पुनरावेदनको प्रक्रियामा गएकोले सबै छिनोफानो सर्वोच्चले नै गर्ने जानकारहरू बताउँछन् । पक्षबाट सरकारी वकिलले र प्रतिवादीबाट पलका कानुन व्यवसायीले बहस गर्नेछन् ।
दुवै पक्षको बहस, प्रमाणहरूको अध्ययन र मूल्याङ्कन पश्चात् सर्वोच्चले फैसला सुनाउने जानकारहरू बताउँछन् । तर, उच्च अदालतको फैसला उल्टिने सम्भावना न्यून रहेको पल शाहका कानुन व्यवसायीको दाबी छ ।
कानुनी अधिकारको प्रयोग गरेर सरकारी वकिल कार्यालयले पुनरावेदनको लागि निवेदन दिएको र यो औपचारिक प्रक्रिया मात्र भएको एक कानुन व्यवसायीको भनाइ छ । नियमित पैकृया भएकोले ठूलो विषय बनाईरहनु आवस्ष्क नरहेको र पल शाहले डराउनुपर्ने अवस्था नरहेको उनले बताए ।
एक नाबालिग गायिकाले पल शाहविरुद्ध बलात्कारको मुद्दा दिएकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: