Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

एउटा सिफारीस दिन १३/१४ लाख लिएका वडाअध्यक्ष कार्की अन्तमा परे अख्तियारको फन्दामा

खबरडबली संवाददाता

बारा । घरबाटोकाे सिफारिस लिने क्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ का वडा अध्यक्ष तारा बहादुर कार्कीले पटक–पटक गरेर १३/१४ लिँदा पनि काम नगरेपछि अन्तमा अख्तियारको फन्दामा परेका छन् ।  सिमरामा जग्गा व्यवसाय गर्दै आएका जीतपुरसिमरा–२ का राजेन्द्र उप्रेती ‘राजन’ ले कार्कीलाई अख्तियारको फन्दामा पारेका हुन् ।

वडा अध्यक्ष कार्कीलाई सोमबार जीतपुरस्थित जयसवाल होटलबाट पाँच लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले रङ्गेहात पक्राउ गरेको थियो ।

व्यवसायि उप्रेतीले वडा अध्यक्ष कार्कीलाई यसअघि १३/१४ लाख बुझाईसकेको दाबी गरेका छन् । उनले अत्ति भएपछि अख्तियार गुहारेको बताए । उप्रेतीले साथी दिनेश सुवेदीसँग मिलेर काठमाडौं एक व्यक्तिको जग्गा एग्रिमेन्ट गरेको र सो जमिनको घरबाटो सिफारिस लिने क्रममा वडा अध्यक्ष कार्कीले पटक–पटक गरेर १३/१४ लाख लिईसकेको भएपनि काम नगरिदिएको बताए ।

सिफासिस दिनको लागि वडा अध्यक्ष कार्कीले विभिन्न व्यक्तिको नाममा रकम हाल्न दबाब दिने गरेको उप्रेतीको भनाइ छ । जमिन सम्बन्धि मुद्दामा आफ्नो धेरै खर्च भएको भन्दै रकम माग्न सुरु गरेका कार्कीले पछिल्लो समय घरमा पेन्ट गर्न रकम चाहिएको भन्दै पाँच लाख घुँस रकम माग गरेको व्यवसायि कार्कीले बताए ।

एउटा सिफारिस लिनका लागि कार्कीले धेरै दुख दिएको र अत्ति भएपछि अख्तियारमा जानकारी गराएको बताए  । अख्तियारको सल्लाह अनुसार आफुले रकम बुझाएको उनले बताए । उप्रेतीले अख्तियारमा पैसाको नम्बर टिपाएर रकम बुझाएको रयोजना अनुसार नै अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

काम गरेर खाने अवस्था नभएपछि बाध्य भएर अख्तियार गुहार्नु परेको उप्रेतीको भनाई छ । उनले मन्दिको अवस्थामा बल्ल बल्ल जग्गा किन्न मान्छे आउँदा सिफारिस नदिएर दुःख दिएको गुनासो गरे ।

उप्रेतीका अनुसार वडा अध्यक्ष कार्कीले पाँच लाख बुझेपछि सिफारिस दिने भनेका र सिफारिस पत्र वडा कार्यालयमा तयार पारेर घुस रकम बुझ्न होटलमा पुगेका थिए ।

याे पनि पाढाैं

एमालेबाट निर्वाचित वडा अध्यक्ष पाँच लाख घुससहित पक्राउ

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहको छ।  आइतबार बसेको बैठकमा पार्टीक...

नेप्सेमा ११ अंकको वृद्धि हुँदा ५ अर्बको कारोबार

काठमाडौं। नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ। आइतबार नेप्से ११ अंकले बढेर २५८८.३५ विन्दुमा रोकिएको हो। आज ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख...

डोटीमा चार युवाको सामूहिक बेसारखेती

डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट...

बारा जङ्गल छेउमा वयस्क हात्ती मृत फेला

रौतहट । बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परे...

नेपालीहरुका लागि क्यानडा उत्कृष्ट शैक्षिक गन्तब्य बन्नसक्छः महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि  क्यानडा शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् । शनिबार हिमाल म...

काठमाडौंमा देखिएको मुगुको दृश्य

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, डोल्पा जिल्ला । मुख्यगरी डोल्पामा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । रा...

काभ्रे प्रहरीले गर्यो २६ बाक्सा पटाका पटाका बरामद

बनेपा ।  बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जा...

चीनकी ‘ब्युटिफुल गभर्नर' लाई १३ बर्षको जेल सजाय

काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना...

बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

बाँके ।  भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy