Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

गाैतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा दिल्ली र नाेयडामा बिमान चलाउँदैछाैंः मन्त्री किराँती

माग पुरा नभए धर्ना निरन्तर

खबरडबली संवाददाता

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भइरहेको धर्ना निरन्तर हुने भएको छ ।उद्घाटन भएको १६ महिना बित्दा समेत गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा संचालन नभएपछि सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा विरोध तथा धर्ना थप हुने भएकाे हाे ।

वार्ताको लागि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अध्यक्षतामा भएको छलफलमा मन्त्रालयले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत काम तत्काल अघि बढाउन मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएपनि विमानस्थल पूर्ण सञ्चालनको लागि कुनै ठोस निर्णय नभएको जानउदै सिद्धार्थ सञ्जालले विमानस्थल अगाडि जारी धर्ना कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएको छ ।

साेमवार भएको छलफलबाट खासै उपलब्धी नभए पछि मंगलबार प्रधानमन्त्रीसँग समय लिई छलफल हुनेछ । हवाई कम्पनिहरुले उडानका लागि सकारात्मक भएको जनाए पनि उपलब्धीमुलक निर्णय नभएकोले विरोध स्वरुप भएको धर्ना जारी रहने सञ्जालले जानकारी दिएको हाे ।

विमानथल अगाडि निरन्तर धर्नाको कार्यक्रम भएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिद्धार्थ सञ्जाल, सिद्धार्थ उद्योग वाणिज्य संघ र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट नाट्टा लुम्बिनी प्रदेश तीनवटै संस्थालाई पत्राचार गर्दै अन्तराष्ट्रिय उडान संचालनको व्यवस्था मिलाउने विषयमा सरोकारवाला निकायसँग छलफलको लागि बोलाएको थियो । साे क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालन गर्नका लागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायहरुसँग सोमबार छलफल गरेको हाे ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमवार आयोजित सरोकारवालासँगको छलफलमा भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थललाई कसरी नियमित गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको हो । बिमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले विमानस्थलको अवस्था, संचालन , चुनौति र अवसरका बिषयमा जानकारी गराएका थिए । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा संचालन नभए पछि निजि क्षेत्र निराश छन ।

उद्घाटन भएको लामो समय वित्दा समेत राज्यले अर्बौ लगानी गरेर पनि अन्तराष्ट्रिय उडान गर्न उदाशिनता देखाएकोेले निजी क्षेत्रले पूर्ण सञ्चालनको लागि दबाब मुलक कार्यक्रम गर्दै आएका छन ।

विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तथा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्री, मुख्यमन्त्री, सरोकारवाला मन्त्रालयमा ज्ञापन पत्र, ध्यानाकर्षण, छलफल र अन्तरक्रिया लगायतपटक–पटक सरकारलाई दवाव दिँदै आएपनि सुनुवाई नभएकोले निजी क्षेत्र बाध्य भएर विरोधको कार्यक्रम गरिरहेका छन ।

छलफल कार्यक्रममा बोल्दै पर्यटनमन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तराष्ट्र्रि बिमानस्थल नियमित संचालन हुनेमा ढुक्क रहन आन्दोलरत पक्षलाई आग्रह गरेका छन । 'म आजै देखी काममा लागे तपाईहरु हेर्नुहोस, यसको रिजल्ट तपाईहरुले तुरुन्तै देख्नुहुने छ,' उनले भने ।

उनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल नियमित गर्नेमा सबै निकायहरु सँग छलफल सुरु भएकाे जनाउँदै छिट्टै भैरहवा दिल्ली , भैरहवा नोयडा उडान गराउन लागेकाे पनि उनले जानकारी दिए ।

साथै भैरहवाको बिमानस्थल हेण्डीलिड. गर्ने कम्पनीलाई जिम्मेवारी दिई उक्त कम्पनीले एउटा उडान जसरी पनि अनिवार्य गर्ने गरि कार्यन्वयन गर्ने तयारीमा रहेकाे मन्त्री किरातीले जानकारी दिए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहको छ।  आइतबार बसेको बैठकमा पार्टीक...

नेप्सेमा ११ अंकको वृद्धि हुँदा ५ अर्बको कारोबार

काठमाडौं। नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ। आइतबार नेप्से ११ अंकले बढेर २५८८.३५ विन्दुमा रोकिएको हो। आज ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख...

डोटीमा चार युवाको सामूहिक बेसारखेती

डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट...

बारा जङ्गल छेउमा वयस्क हात्ती मृत फेला

रौतहट । बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परे...

नेपालीहरुका लागि क्यानडा उत्कृष्ट शैक्षिक गन्तब्य बन्नसक्छः महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि  क्यानडा शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् । शनिबार हिमाल म...

काठमाडौंमा देखिएको मुगुको दृश्य

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, डोल्पा जिल्ला । मुख्यगरी डोल्पामा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । रा...

काभ्रे प्रहरीले गर्यो २६ बाक्सा पटाका पटाका बरामद

बनेपा ।  बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जा...

चीनकी ‘ब्युटिफुल गभर्नर' लाई १३ बर्षको जेल सजाय

काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना...

बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

बाँके ।  भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy