Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

स्वास्थ्यमन्त्रीको अस्वभाविक प्रशंसा गरेपछि सभामुख परे विवादमा

खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको अस्वभाविक प्रशंसा गरेपछि सभामुख देवराज घिमिरे विवादमा परेका छन् । आफ्नो पदीय मर्यादा भुलेर एकजना सांसदको अस्वभाविक प्रशंसा गरेपछि सभामुख घिमिरे विवादमा तानिएका हुन् ।

केहीदिनअघि सिन्धुपाल्चोकको सिपा तीनघरेस्थित एउटा विद्यालयको कार्यक्रममा सभामुख घिमिरेले स्वस्थ्यमन्त्री बस्नेतको अस्वभाविक प्रशंसा गरेका थिए । उनले ‘नेता हुनु त मोहन बस्नेत जस्तो, जसले आफूले भनेका सबै काम पूरा गर्छन् । र, उनलाई धन्यवाद दिन पाउँदा आभारी छु’ भन्दै प्रशंसा गरेका थिए ।

‘हामीलाई वास्तवमा यस्तै नेता चाहिएको हो, यहाँका जनताले जसलाई चुने, उनीहरु पनि भाग्यमानी हुन्’ भन्दै बस्नेतको प्रशंसा गरेपछि सिन्धुपाल्चोकका अरु नेताहरुले आपत्ति जनाएका छन् ।

सभामुखको उक्त भनाइप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका पोलिट्ब्युरो सदस्य अरुण नेपालले भनेका छन्, ‘सिन्धुपाल्चोक पुगेर हाम्रा सम्माननीय सभामुख ज्यूले के भन्नु भएको हो ?  उहाँले होशमै त भन्नू भएको हो ? सभामुखको यो भनाइ उहाँको मर्यादा अनुकुल छ कि छैन ? उहाँको यो अभिव्यक्तिले सभामुखको गरिमा कति कायम रह्यो होला ?

नेपालसँग अरु थुप्रै नेताहरुले सभामुखको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । वस्नेत नेपाली कांग्रेसबाट उक्त क्षेत्रमा निर्वाचित सांसद हुन् । बस्नेतले एमाले नेता शेरबहादुर तामाङलाई पराजित गरेका थिए ।

बस्नेतबारे के भनेका थिए सभामुखलेः पढ्नुहोस् जस्ताको तस्तै

माननीय स्वास्थ्यमन्त्रीले आफ्ना प्रतिबद्धता, योजना र अठोटहरु प्रष्टरुपमा केही ऐतिहासिक पृष्ठभूमिसहित राख्नुभएको छ । हामीलाई वास्तवमा त्यस्तै नेता चाहिएको छ । जसले जे कुन गर्नसक्ने हो, त्यहीं भन्नुभएको छ । भन्नुभएको कुराहरु गरेर देखाउनु भएको छ । अब गर्ने काममा उहाँले शिक्षा स्वास्थ्यको क्षेत्रमा जे गर्छु भन्नुभएको छ, त्यो सफलताको लागि शुभकामना दिन चाहन्छु ।

उहाँले यहाँ भन्न भ्याउनु भएन । उहाँलाई धेरै कुरा भन्दा असजिलो पनि भयो होला । उहाँले मलाई भन्नु भएको छ– म अहिले स्वास्थ्यमन्त्री छु, पैसाकै अभावमा कसैलाई मर्न दिन्नँ भन्नु भएको छ । मलाई फोन गर्नुभयो भने म जसरी पनि बँचाउछु भन्नुभएको छ ।

यस्तो माननीय ज्यूलाई जिताउनु हुने यहाँका जनताप्रति आभारी छु । र यो सिन्धुपाल्चोकको सिपा तीनघरेको सँस्कृत माविको यो कार्यक्रममा उहाँलाई धन्यवाद दिन पाउँदा म आभारी छु ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहको छ।  आइतबार बसेको बैठकमा पार्टीक...

नेप्सेमा ११ अंकको वृद्धि हुँदा ५ अर्बको कारोबार

काठमाडौं। नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ। आइतबार नेप्से ११ अंकले बढेर २५८८.३५ विन्दुमा रोकिएको हो। आज ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख...

डोटीमा चार युवाको सामूहिक बेसारखेती

डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट...

बारा जङ्गल छेउमा वयस्क हात्ती मृत फेला

रौतहट । बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परे...

नेपालीहरुका लागि क्यानडा उत्कृष्ट शैक्षिक गन्तब्य बन्नसक्छः महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि  क्यानडा शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् । शनिबार हिमाल म...

काठमाडौंमा देखिएको मुगुको दृश्य

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, डोल्पा जिल्ला । मुख्यगरी डोल्पामा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । रा...

काभ्रे प्रहरीले गर्यो २६ बाक्सा पटाका पटाका बरामद

बनेपा ।  बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जा...

चीनकी ‘ब्युटिफुल गभर्नर' लाई १३ बर्षको जेल सजाय

काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना...

बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

बाँके ।  भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy