Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

स्वास्थ्यमन्त्रीको अस्वभाविक प्रशंसा गरेपछि सभामुख परे विवादमा

खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको अस्वभाविक प्रशंसा गरेपछि सभामुख देवराज घिमिरे विवादमा परेका छन् । आफ्नो पदीय मर्यादा भुलेर एकजना सांसदको अस्वभाविक प्रशंसा गरेपछि सभामुख घिमिरे विवादमा तानिएका हुन् ।

केहीदिनअघि सिन्धुपाल्चोकको सिपा तीनघरेस्थित एउटा विद्यालयको कार्यक्रममा सभामुख घिमिरेले स्वस्थ्यमन्त्री बस्नेतको अस्वभाविक प्रशंसा गरेका थिए । उनले ‘नेता हुनु त मोहन बस्नेत जस्तो, जसले आफूले भनेका सबै काम पूरा गर्छन् । र, उनलाई धन्यवाद दिन पाउँदा आभारी छु’ भन्दै प्रशंसा गरेका थिए ।

‘हामीलाई वास्तवमा यस्तै नेता चाहिएको हो, यहाँका जनताले जसलाई चुने, उनीहरु पनि भाग्यमानी हुन्’ भन्दै बस्नेतको प्रशंसा गरेपछि सिन्धुपाल्चोकका अरु नेताहरुले आपत्ति जनाएका छन् ।

सभामुखको उक्त भनाइप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका पोलिट्ब्युरो सदस्य अरुण नेपालले भनेका छन्, ‘सिन्धुपाल्चोक पुगेर हाम्रा सम्माननीय सभामुख ज्यूले के भन्नु भएको हो ?  उहाँले होशमै त भन्नू भएको हो ? सभामुखको यो भनाइ उहाँको मर्यादा अनुकुल छ कि छैन ? उहाँको यो अभिव्यक्तिले सभामुखको गरिमा कति कायम रह्यो होला ?

नेपालसँग अरु थुप्रै नेताहरुले सभामुखको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । वस्नेत नेपाली कांग्रेसबाट उक्त क्षेत्रमा निर्वाचित सांसद हुन् । बस्नेतले एमाले नेता शेरबहादुर तामाङलाई पराजित गरेका थिए ।

बस्नेतबारे के भनेका थिए सभामुखलेः पढ्नुहोस् जस्ताको तस्तै

माननीय स्वास्थ्यमन्त्रीले आफ्ना प्रतिबद्धता, योजना र अठोटहरु प्रष्टरुपमा केही ऐतिहासिक पृष्ठभूमिसहित राख्नुभएको छ । हामीलाई वास्तवमा त्यस्तै नेता चाहिएको छ । जसले जे कुन गर्नसक्ने हो, त्यहीं भन्नुभएको छ । भन्नुभएको कुराहरु गरेर देखाउनु भएको छ । अब गर्ने काममा उहाँले शिक्षा स्वास्थ्यको क्षेत्रमा जे गर्छु भन्नुभएको छ, त्यो सफलताको लागि शुभकामना दिन चाहन्छु ।

उहाँले यहाँ भन्न भ्याउनु भएन । उहाँलाई धेरै कुरा भन्दा असजिलो पनि भयो होला । उहाँले मलाई भन्नु भएको छ– म अहिले स्वास्थ्यमन्त्री छु, पैसाकै अभावमा कसैलाई मर्न दिन्नँ भन्नु भएको छ । मलाई फोन गर्नुभयो भने म जसरी पनि बँचाउछु भन्नुभएको छ ।

यस्तो माननीय ज्यूलाई जिताउनु हुने यहाँका जनताप्रति आभारी छु । र यो सिन्धुपाल्चोकको सिपा तीनघरेको सँस्कृत माविको यो कार्यक्रममा उहाँलाई धन्यवाद दिन पाउँदा म आभारी छु ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धविराममै लेबनानमा इजरायलको भीषण हमला : ३१ को मृत्यु, मध्यपूर्व फेरि युद्धको डिलमा

एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...

नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रभातफेरी , विधान महाधिवेशन पनि हुँदै

काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...

महँगो पर्‍यो सुनकोशी मरिणमा ठेकेदारको ‘खेल’ : रमण–पटेल जेभी तीन वर्षका लागि कालोसूचीमा

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...

​ तनहुँमा धानमा मरुवा रोगदेखि लहरे बालीमा डाउनी मिल्डयु पहिचान

तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्...

चन्द्रमामा मानव बस्ती बसाल्ने नासाको महत्त्वाकाङ्क्षी योजना

  वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर,...

जुत्ता राख्ने र्‍याकले चेपिएर बालकको मृत्यु, विदेशमा भएकी आमा बेहोस्

काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्‍याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending