काठमाडौं । हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ तारिखमा युद्ध सुरु भएयता १९,६६७ जना मारिएका जनाएको छ। मारिनेको पछिल्लो सङ्ख्या सामाजिक सञ्जालमा खुलाउँदै मन्त्रालयले थप ५२,५८६ व्यक्ति घाइते भएका जनाएको छ।
उक्त क्षेत्रमा लडाइँ रोक्न अन्तर्राष्ट्रिय रूपमा तीव्र दबाव परिरहेका बेला मृत्यु हुने र घाइते हुने मानिसको ताजा सङ्ख्या सार्वजनिक भएको हो। अक्टोबरमा हमासका बन्दुकधारीले दक्षिणी इजरेलमा गरेको हमलायता भएको युद्धको १० साता बितिसकेको छ।
दक्षिणी गाजास्थित रफाहमा बस्ने सर्वसाधारणले इजरेलको भारी बमबारीका कारण त्यहाँको जीवन कस्तो छ भन्नेबारे सुनाएका छन्। प्यालेस्टिनी जिहाद जुरोबले सञ्चारसंस्था एएफपीसँग बोल्दै भने, “ठूलो विस्फोटनको आवाज सुन्दा हामी सुतिरहेका थियौँ।”
गाजा सहरबाट आन्तरिक रूपमा विस्थापित भएका उनले आफूले चमत्कारले मृत्यु छलेको र लुगा राख्ने ठाउँबाट आफूहरूको उद्धार भएको बताए। उनले सुरक्षाका लागि दक्षिणी क्षेत्र छोडेको भए पनि गाजामा जताततै बमबारी भएका कारण कतै पनि सुरक्षित ठाउँ नरहेको बताए।
गाजा सहरबाट विस्थापित भएका अर्का व्यक्ति मोहम्मद जुरोबले हमलापछि इँटाहरू आफूमाथि खसेपछि ब्युँझिएको बताए। "मेरो शरीरमा जताततै चोटहरू छन्, मेरो खुट्टा यस्ता चोटहरूले भरिएका छन्।"
हमलामा ज्यान गुमाउनेमा काका, काकाका सन्तानलगायत रहेको उनले बताए। "मैले यहाँ आफ्नो परिवारका नौजना गुमाए,” उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - ०७:५०
काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्। रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...
माघ ७ गते, २०८२ - ०७:४२
मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...
माघ ७ गते, २०८२ - ०७:३६
भद्रपुर । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २५ अर्ब तीन करोड ६६ लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । ...
माघ ७ गते, २०८२ - ०७:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन दर्ताका लागि प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहेक...
माघ ७ गते, २०८२ - ०७:३०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको...
माघ ७ गते, २०८२ - ०७:२८
लुम्बिनी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ । जिल्लामा रहेका पाँचवटै निर्वाचन क्ष...
माघ ७ गते, २०८२ - ०७:२३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले द...
माघ ७ गते, २०८२ - ०७:२०
काठमाडौँ । पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने हुनुभएको छ । विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडे...
माघ ६ गते, २०८२ - ०९:३१
काठमाडौं । नेपाली कांग्रेसभित्र चुनावी टिकट वितरणलाई लिएर तीनै प्रमुख गुटका नेताहरू सक्रिय बनेका छन्। यही विषयमा सहमति खोज्ने प्रयासस्वरूप गएराति काठम...
माघ ६ गते, २०८२ - ०९:२६
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताएका छन्। सामाजिक स...




प्रतिकृया लेख्नुहोस्: