Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

मुगुमा दलित भएकै कारण कोठाबाट निकालिन् तुलशा, छानबिन गर्ने प्रजिअकाे प्रतिबद्दता

खबरडबली संवाददाता

दाङ । दाङकाे तुलसीपुर उपमहानगरपालिका ११ की अनमी तुलसी कुमारी विश्वकर्माले आर्थिक वर्ष ०७८।०७९ को विज्ञापनमा कर्णाली प्रदेश लोक सेवा आयोगको प्राविधिक तह अनमि पदमा पास गरेपछि मुगुको सोरु गाउँपालिका ९ स्थित खनाया स्वास्थ्य चौकीमा पोस्टिङ भइन ।
अनमीका रुपमा गत वर्षको माघ २४ गते खनाया स्वास्थ्य चौकीमा हाजिर भए पछि हाजिर भएकै दिनबाट तुल्सा स्वास्थ्यचौकी इन्चार्जको घरमा  कोठा लिएर बस्न थालिन ।

खनायाका स्थानीयलाई आफ्नो दक्षताले भ्याए सम्म सेवा गरेकी तुलसीले झण्डै एक वर्ष पछि जात सोधेर आफुलाई घरबाट निकाली दिएको अहिले तुलसाले बताउन थालेकी छन ।

स्वास्थ्यचौकीमा कार्यरत भएपछि डेरा दिएका खनाया स्वास्थ्य कार्यालयका ईन्चार्ज सुरजकुमार शाहीको परिवारले नै दलित भएको भन्दै डेराबाट निकालेको तुलसीको भनाईले स्पष्ट पारेकाे छ ।
उनका अनुसार सुरजका परिवारले बसेको एघार महिनापछि तुलसी दलित भएको थाहा भएको भन्दै घर छोड्न दबाब दिइरहेका छन । कोठाबाट निकालिएपछि तुल्सा अप्ठेरोमा परिन र शरण खोज्दै स्वास्थ्य चौकी भवनमा पुगिन । सो क्रममा इन्जार्च सुरजकुमार शाहीले आफुलाई स्वास्थ्यचौकीमा बस्न नदिएको तुल्साकाे भनाइ छ । तर शाही भने आफुले जातीय विभेद नगरेको दाबी गरेका छन ।

तुलसीले खनायामा जातीय विभेद मात्रै नभएर गाउँपालिकाका शिक्षा शाखा प्रमुखले समेत दुर्व्यवहार गरेको खुलाएकी छिन् । शिक्षा शाखा प्रमुख बिरेन्द्र बहादुर मल्लले राति राति फोन गर्दै कहाँ भेट्न आउँछु भन्ने जस्ता कार्य गरिररहेकाे उनकाे भनाइ छ । 

उता, गाउँ पुगेको केही समयमै आफू असुरक्षित रहेको बुझे पनि जागिर भएकाले केही समय सहेकाे तर शारीरिक तथा मानसिक यातना देखि सामाजिक विभेदले सीमा नाघेपछि परिवारलाई सुनाएको तुलसीले जनाइन ।

अहिले तुलसी सदरमुकाम गमगढी बजारमा रहेकी छन । जिल्ला प्रहरी कार्यालय मुगुले भने अहिलेसम्म तुलसीले उजुरी नदिएकाले अनुसन्धान नभएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी बिरेन्द्र थापाले पीडितको निवेदन दर्ता भएसँगै कानुनी प्रकृया अघि बढ्ने बताएका छन् ।

सामाजिक सञ्जालमा स्वास्थकर्मी विकले छोएको औषधि गाउँलेले खाएनन् भनेर हल्ला फैलिएको थियो । प्रमूख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले तुल्साले जातीय विभेद भोग्नु परेको घटना साँचो भएको र उजुरी परे कारबाही अगाडी बढाउने बताएका छन्  ।  

दलित अधिकारको क्षेत्रमा काम गर्दै आएकाहरुले तुल्सालाई जातीय विभेद गर्ने स्वास्थ्यचौकी इन्चार्ज र उनको परिवारलाई कानुनी दायरामा ल्याउनु पर्ने बताएका छन् । 
 
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धविराममै लेबनानमा इजरायलको भीषण हमला : ३१ को मृत्यु, मध्यपूर्व फेरि युद्धको डिलमा

एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...

नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रभातफेरी , विधान महाधिवेशन पनि हुँदै

काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...

महँगो पर्‍यो सुनकोशी मरिणमा ठेकेदारको ‘खेल’ : रमण–पटेल जेभी तीन वर्षका लागि कालोसूचीमा

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...

​ तनहुँमा धानमा मरुवा रोगदेखि लहरे बालीमा डाउनी मिल्डयु पहिचान

तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्...

चन्द्रमामा मानव बस्ती बसाल्ने नासाको महत्त्वाकाङ्क्षी योजना

  वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर,...

जुत्ता राख्ने र्‍याकले चेपिएर बालकको मृत्यु, विदेशमा भएकी आमा बेहोस्

काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्‍याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending