काठमाडौं । राप्रपाले धर्मसँग सम्बन्धित् विवादास्पद अभिव्यक्ति दिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई मन्त्रीबाट बर्खास्त गरेर कारबाही गर्न माग गरेको छ ।
बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा मन्त्री किराँतीले ‘क्रिश्चियन धर्मको विरोध गर्नु भनेको संविधानको विरोध गर्नु हो र क्रिश्चियनको विरोध गर्नेलाई हतकडी लगाउने’ भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर राप्रपाले मन्त्री किराँतीलाई बर्खास्त गरेर कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ गठबन्धनको ध्यानाकर्षण गराएको हो ।
सामाजिक सञ्जालमार्फत राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हिन्दुधर्म, हिन्दु संवेदनामाथि अशोभनीय र अमर्यादित टिप्पणी गर्ने मन्त्री सुदन किराँती बर्खास्त गरेर कारबाही गर्न माग गरेका हुन् ।
८१ प्रतिशत हिन्दु र ९४ प्रतिशत ओमकार परिवार भएको देशका संस्कृति मन्त्रीको रुपमा आएको उक्त अभिव्यक्ति अस्वीकार्य रहेको भन्दै उनले तत्काल उनलाई पदमुक्त गराउन र कारबाही गर्न माग गरेका हुन् ।
‘मन्त्री पदमा रहेर ‘कृश्चियन धर्म नमान्नेलाई जेलमा कोच्ने’ जस्तो बहुलठ्ठीपूर्ण अभिव्यक्ति दिने, हिन्दु धर्म, हिन्दु संवेदनामाथि अशोभनीय र अमर्यादित टिप्पणी गर्ने प्रचण्ड सरकारका मन्त्री सुदन किराँती बर्खास्तका योग्य छन्। यस्तो व्यक्ति ८१ प्रतिशत हिन्दु र ९४ प्रतिशत ओमकार परिवार भएको देशमा कसरी संस्कृतिमन्त्रीको रुपमा निरन्तर र स्विकार्य हुनसक्छन् ?,’ प्रवक्ता श्रेष्ठले भने, ‘निजलाई पदमुक्त गराउन प्रधानमन्त्री र सत्तागठबन्धनको ध्यानाकर्षण गराउँदछौं। साथै, सामाजिक सद्भाव बिथोल्ने, साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुन बमोजिम कारबाही गरियोस् ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: