Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सुर्तीजन्य पदार्थ नियन्त्रणमा नयाँ रणनीति अपनाउँदै काठमाडौं महानगर

खबरडबली संवाददाता

काठमाडौं । सुर्तीजन्य पदार्थको बेचबखिन र प्रयोगमा लगाएको रोक अदालती आदेशपछि कार्यान्वयन गर्न नपाएको काठमाडौं महानगरपालिकाले नयाँ रणनीति ल्याउने भएको छ । 

यसका लागि तयारी भइरहेको महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले बताएका छन् ।

महानगरले मंसिर २७ देखि ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्री, वितरण र प्रयोगमा रोक लगाएको थियो । उक्त बन्देजलाई चुनौती दिँदै परेको रिटमा तीन दिन नपुग्दै उच्च अदालत पाटनले तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न महानगरलाई आदेश दिएको थियो ।

अदालती आदेशको सम्मान गर्दै अब सुर्तीजन्य पदार्थको बिक्री र प्रयोगमा नयाँ रणनीतिसहित जान छलफल भइरहेको प्रमुख पौडेलले बताए । ‘सुर्तीजन्य पर्दाथका कारण रहेको ठूलो समस्या कसैबाट लुकेको कुरा होइन । हामीले रोक लगाएको दुई दिनमा करिब २ सय किलो जफत पनि गरेका हौं,’ उनले भने, ‘जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, सहरी सौन्दर्य कायम राख्न र वातावरणीय असर न्यूनीकरण गर्न पनि यो जरुरी छ ।’

विकल्प के हुन सक्छन् भन्नेमा भइरहेको छलफलपछि महानगर नयाँ तरिकाबाट अघि बढ्ने उनले बताए ।  महानगरले जफत गरेको सुर्तीजन्य पदार्थ व्यापारीलाई फिर्ता दिएको छैन ।

अदालतले महानगरलाई बन्देज कार्यान्वयन नगर्न आदेश गरे पनि मंसिर २७ पछि राजधानीका विभिन्न स्थानमा सुर्तीजन्य पदार्थको बिक्री र प्रयोग भने घटेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चुनावी प्रचारमा झण्डा प्रयोग सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा अत्यधिक झण्डा प्रयोग नहोस् भन्ने उद्देश्यसहित नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आगामी फागुन २१ गत...

कस्ताे छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ ।  हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रह...

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending