Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

कांग्रेस नेताले कहाँबाट पाए संविधान खारेज हुने सूचना ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शङ्कर भण्डारी धर्म निरपेक्षता र प्रदेश संरचनाविरुद्ध सार्वजनिक अभिव्यक्ति दिँदै आएका नेता हुन्।

तर उनले आफ्नो दलका सबैजसो मुख्य नेताहरू सहभागी कार्यक्रममा मङ्गलवार अनौठो अभिव्यक्ति दिए : "मैले पाएको सूचना यदि गलत छैन भने आगामी चैतभित्र संविधान खारेज हुन सक्छ।"

उनले त्यस्तो अभिव्यक्ति दिएको कांग्रेसको गण्डकी प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवा र पदाधिकारीहरूसहित ठूला नेता सहभागी थिए। त्यो सूचना सुनाउनुअघि नेता भण्डारीले अप्रिय स्थिति आउने जोखिम औँल्याएका थिए।

संविधान कसरी खारेज हुन्छ?

“तपाईँहरू धेरैलाई थाहा होला, म भन्दै छु- साथीहरू नोट गरेर राख्नुहोस् , आगामी चैत महिनाभित्र जे पनि हुन सक्छ मुलुकमा,” नेता भण्डारीको भनाइ थियो।

पछिल्ला दिनहरूमा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना लगायतका माग गर्दै बेलाबखत प्रदर्शनहरू हुने गरेका छन्। हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना भनेर माग गर्नेहरूको आकार र प्रभावभन्दा बढी नै चर्चा हुने गरेको कतिपय आलोचकहरू ठान्छन्।

पछिल्ला दिनहरूमा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना लगायतका माग गर्दै बेलाबखत प्रदर्शनहरू हुने गरेका छन्। हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना भनेर माग गर्नेहरूको आकार र प्रभावभन्दा बढी नै चर्चा हुने गरेको कतिपय आलोचकहरू ठान्छन्।

राष्ट्रपतिदेखि प्रदेश र केन्द्र सरकार तथा संसद्‍मा उनीहरूकै नेतृत्व छ। यस्तो अवस्थामा संविधान कसले खारेज गर्न सक्छ, विदेशी शक्तितर्फ सङ्केत हो? “जसले २०४७ सालको संविधान खारेज गरे, तिनैले खारेज गर्न सक्छन्,” भण्डारीले प्रस्ट खुलाएनन्।

राष्ट्रपति संविधानका संरक्षक मानिन्छन्। नेता भण्डारीले पाएको सूचना अनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाटै संविधान खारेजीको घोषणा हुन्छ भन्ने हो?

कांग्रेसलाई राप्रपाको बाटोमा लग्ने?

उनको जबाफ थियो, “म त्यो भन्न सक्दिनँ, म त्यो भन्न चाहन्नँ पनि, तर वातावरण त्यो बाटोमा अग्रसर भइरहेको अनुभूति भएको छ र सङ्केतहरू देखिएका छन्।”

पूर्वमन्त्री भण्डारी सहितका केही नेताहरू कांग्रेसको आगामी महासमिति बैठकमा हिन्दूराष्ट्र पुनर्स्थापना र प्रदेश खारेजीको विषय उठाउने पक्षमा देखिन्छन्।

पोखराको कार्यक्रममा पनि उनले सभापति देउवालाई ती मुद्दाको नेतृत्व गर्न आग्रह गर्दै भने, “सभापतिजी राजनेता बन्नुहोस् र जनमतको नेतृत्व गर्नुहोस्।”

तर पहिलेदेखि नै त्यही मुद्दा उठाइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावमा सफलता प्राप्त गर्न सकिरहेको छैन।

कांग्रेसले त्यो विषय उठाउँदा राप्रपाकै अवस्थामा पुग्न सक्ने जोखिमबारे भण्डारीले भने, “यो नीति कांग्रेस पार्टीले बोक्नु र त्यसैलाई राप्रपाले अङ्गीकार गर्नुमा धेरै ठूलो भिन्नता छ।”

कांग्रेसले "जनता असन्तुष्ट रहेका मुद्दाको नेतृत्व गर्ने अवसर अरूलाई दिन हुन्न" भन्ने उनको मत छ।

सूचना कति सत्य?

केही समययता देशका विभिन्न भागमा धार्मिक र जातीय कुराहरू उठिरहेका छन्। केही ठाउँमा उग्रता पनि प्रकट भएको छ।

खासगरी हिन्दू राष्ट्र पुनर्स्थापनाको मुद्दालाई दक्षिणी छिमेकी भारतका धार्मिक संस्था र सङ्गठनले बल पुर्‍याइरहेको विश्वास नेपालमा कतिपयले गर्छन्। नेपालमा पनि फरक पार्टी, संस्था वा सङ्गठनमा आबद्ध भए पनि उक्त विचारका पक्षपातीहरूबीच सहकार्य रहेको र उनीहरू एक अर्काप्रति सहानुभूति राख्ने गरेको ठानिन्छ।

नेता भण्डारीको सूचना पनि त्यही वृत्तभित्रबाट आएको हुन सक्ने एक थरीको अनुमान छ। महामन्त्री गगन थापाले चैत महिनापछि २०८० साल सकिनेभन्दा भण्डारीले सम्भावना औँल्याए जस्तो केही नहुने बताउँदै उनको सूचनालाई महत्त्व दिएनन्।

त्यसबारे भण्डारीले टिप्पणी गरे, “देशमा षड्यन्त्र हुँदै छ भनेर नेताहरूलाई सचेत गराइदिएको छु, गोप्य षड्यन्त्रको पर्दाफास गरेको छ, यसलाई गलत ढङ्गले बुझ्नेप्रति धेरै टिप्पणी गर्नु छैन।” बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

न्यायिक विलम्बको चक्रव्यूहमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...

रास्वपा सरकारको पहिलो दिनमै मन्त्रालय कटौती र संरचना पुनर्गठनको तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...

आज दासत्व पीडितहरूको स्मृति दिवस मनाइँदै

काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...

पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर । बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बर्सेनि बढेको छ । बाँदरबाट अन्नबाली जोगाउन नसक्ने अवस्था भएपछि किसानहरू खेती...

ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधबार) प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ ...

लिपुलेक हुँदै चीनसँग व्यापार थाल्ने भारतको तयारीपछि सरकार छलफलमा, रास्वपा के भन्छ ?

काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...

रौतहटमा बेमौसमी वर्षाले काँचो इँटा नष्ट, बीमा गर्न माग

रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५...

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

काभ्रे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समित...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: