Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

कांग्रेस नेताले कहाँबाट पाए संविधान खारेज हुने सूचना ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शङ्कर भण्डारी धर्म निरपेक्षता र प्रदेश संरचनाविरुद्ध सार्वजनिक अभिव्यक्ति दिँदै आएका नेता हुन्।

तर उनले आफ्नो दलका सबैजसो मुख्य नेताहरू सहभागी कार्यक्रममा मङ्गलवार अनौठो अभिव्यक्ति दिए : "मैले पाएको सूचना यदि गलत छैन भने आगामी चैतभित्र संविधान खारेज हुन सक्छ।"

उनले त्यस्तो अभिव्यक्ति दिएको कांग्रेसको गण्डकी प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवा र पदाधिकारीहरूसहित ठूला नेता सहभागी थिए। त्यो सूचना सुनाउनुअघि नेता भण्डारीले अप्रिय स्थिति आउने जोखिम औँल्याएका थिए।

संविधान कसरी खारेज हुन्छ?

“तपाईँहरू धेरैलाई थाहा होला, म भन्दै छु- साथीहरू नोट गरेर राख्नुहोस् , आगामी चैत महिनाभित्र जे पनि हुन सक्छ मुलुकमा,” नेता भण्डारीको भनाइ थियो।

पछिल्ला दिनहरूमा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना लगायतका माग गर्दै बेलाबखत प्रदर्शनहरू हुने गरेका छन्। हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना भनेर माग गर्नेहरूको आकार र प्रभावभन्दा बढी नै चर्चा हुने गरेको कतिपय आलोचकहरू ठान्छन्।

पछिल्ला दिनहरूमा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना लगायतका माग गर्दै बेलाबखत प्रदर्शनहरू हुने गरेका छन्। हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना भनेर माग गर्नेहरूको आकार र प्रभावभन्दा बढी नै चर्चा हुने गरेको कतिपय आलोचकहरू ठान्छन्।

राष्ट्रपतिदेखि प्रदेश र केन्द्र सरकार तथा संसद्‍मा उनीहरूकै नेतृत्व छ। यस्तो अवस्थामा संविधान कसले खारेज गर्न सक्छ, विदेशी शक्तितर्फ सङ्केत हो? “जसले २०४७ सालको संविधान खारेज गरे, तिनैले खारेज गर्न सक्छन्,” भण्डारीले प्रस्ट खुलाएनन्।

राष्ट्रपति संविधानका संरक्षक मानिन्छन्। नेता भण्डारीले पाएको सूचना अनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाटै संविधान खारेजीको घोषणा हुन्छ भन्ने हो?

कांग्रेसलाई राप्रपाको बाटोमा लग्ने?

उनको जबाफ थियो, “म त्यो भन्न सक्दिनँ, म त्यो भन्न चाहन्नँ पनि, तर वातावरण त्यो बाटोमा अग्रसर भइरहेको अनुभूति भएको छ र सङ्केतहरू देखिएका छन्।”

पूर्वमन्त्री भण्डारी सहितका केही नेताहरू कांग्रेसको आगामी महासमिति बैठकमा हिन्दूराष्ट्र पुनर्स्थापना र प्रदेश खारेजीको विषय उठाउने पक्षमा देखिन्छन्।

पोखराको कार्यक्रममा पनि उनले सभापति देउवालाई ती मुद्दाको नेतृत्व गर्न आग्रह गर्दै भने, “सभापतिजी राजनेता बन्नुहोस् र जनमतको नेतृत्व गर्नुहोस्।”

तर पहिलेदेखि नै त्यही मुद्दा उठाइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावमा सफलता प्राप्त गर्न सकिरहेको छैन।

कांग्रेसले त्यो विषय उठाउँदा राप्रपाकै अवस्थामा पुग्न सक्ने जोखिमबारे भण्डारीले भने, “यो नीति कांग्रेस पार्टीले बोक्नु र त्यसैलाई राप्रपाले अङ्गीकार गर्नुमा धेरै ठूलो भिन्नता छ।”

कांग्रेसले "जनता असन्तुष्ट रहेका मुद्दाको नेतृत्व गर्ने अवसर अरूलाई दिन हुन्न" भन्ने उनको मत छ।

सूचना कति सत्य?

केही समययता देशका विभिन्न भागमा धार्मिक र जातीय कुराहरू उठिरहेका छन्। केही ठाउँमा उग्रता पनि प्रकट भएको छ।

खासगरी हिन्दू राष्ट्र पुनर्स्थापनाको मुद्दालाई दक्षिणी छिमेकी भारतका धार्मिक संस्था र सङ्गठनले बल पुर्‍याइरहेको विश्वास नेपालमा कतिपयले गर्छन्। नेपालमा पनि फरक पार्टी, संस्था वा सङ्गठनमा आबद्ध भए पनि उक्त विचारका पक्षपातीहरूबीच सहकार्य रहेको र उनीहरू एक अर्काप्रति सहानुभूति राख्ने गरेको ठानिन्छ।

नेता भण्डारीको सूचना पनि त्यही वृत्तभित्रबाट आएको हुन सक्ने एक थरीको अनुमान छ। महामन्त्री गगन थापाले चैत महिनापछि २०८० साल सकिनेभन्दा भण्डारीले सम्भावना औँल्याए जस्तो केही नहुने बताउँदै उनको सूचनालाई महत्त्व दिएनन्।

त्यसबारे भण्डारीले टिप्पणी गरे, “देशमा षड्यन्त्र हुँदै छ भनेर नेताहरूलाई सचेत गराइदिएको छु, गोप्य षड्यन्त्रको पर्दाफास गरेको छ, यसलाई गलत ढङ्गले बुझ्नेप्रति धेरै टिप्पणी गर्नु छैन।” बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनसँग देउवा र शेखर समूहले पनि खोज्यो टिकट, धुम्बाराहीको होटलमा गोप्य वार्ता

काठमाडौं । नेपाली कांग्रेसभित्र चुनावी टिकट वितरणलाई लिएर तीनै प्रमुख गुटका नेताहरू सक्रिय बनेका छन्। यही विषयमा सहमति खोज्ने प्रयासस्वरूप गएराति काठम...

आज उम्मेदवार टुंगो लगाउँछौँ, ‘रुख’ चिह्न लिएर आउनेलाई जिताउन लाग्नुस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताएका छन्।  सामाजिक स...

पर्साका ६२ मतदानस्थल ‘अतिसंवेदनशील’

पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ। जिल्लाभर रहेका कुल १६७...

सुदूरपश्चिममा देउवापछि को ?

काठमाडौं । ‘सुदूरपश्चिममा शेरबहादुर देउवाको उत्तराधिकारी को ?,’ तीन महिनाअघि कांग्रेसको आन्तरिक राजनीति सामान्य रहेकै बेला सुदूरपश्चिममा कार्यकर्ताबीच...

पूर्वमन्त्री यादव र वीरगञ्ज महानगर प्रमुख सिंह एमालेमा प्रवेश, इस्तियाक राई पनि सूर्य चिह्न लिएर उठ्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर पूर्वमन्त्री प्रदीप यादव नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महान...

अमरेश सिंहलाई साथ लिएर बालेनले गरे जानकी मन्दिर दर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिरमा पुगेर दर्शन गरेका छन्। हिजो साँझ जनकपुरधाम पुगेका श...

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिका...

चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बु क्षेत्र

सोलुखुम्बु । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान ...

सोनाम ल्होसारले समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस्: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि...

पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात, छुर्पी र मुसुरो दालको व्यापारमा पनि उछाल

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending