Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

ज्येष्ठ नागरिकको घरमै उपचार, गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर

खबरडबली संवाददाता

बागलुङ । गलकोट नगरपालिका–८ थालेपोखराकी तलुसी पुन ९६ वर्ष पूरा भइन्। उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उनमा अन्य स्वास्थ्य समस्या थिएन । केही महिनायता उच्च रक्तचापका कारण टाउको दुख्ने र घुमाउने हुँदा उनलाई गाह्रो हुने गरेको थियो । उपचारका लागि अस्पताल टाढा हुँदा पुग्न सकेकी ्िथइनन् । गाउँमा नगरपालिकाले सहरी स्वास्थ्य केन्द्र स्थापना गरे पनि उच्च रक्तचापको उपचार हुँदैनथ्यो । 

बिहीबार गलकोट नगरपालिकाबाट विशेषज्ञ चिकित्सकसहितको टोली पुनको घरै नजिक पुग्यो । चिकित्सकले उनको स्वास्थ्य परीक्षण गरी घरमै औषधी दिएपछि उनी दङ्ग परिन् । घरमै चिकित्सक आएर उपचार गर्छन् भन्ने तुलसीले कल्पना पनि गरेकी थिइनन् । जब थालेपोखरा गाउँमा नगरपालिकाबाट जनप्रतिनिधिसहित चिकित्सक र स्वास्थ्यकर्मी टोली पुग्यो तुलसीसहित गाउँका धेरै मानिस अचम्मित भए । 

गलकोट नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख सुशील पौडेल, गलकोट नगर अस्पतालका एमडी जिपी डा राजेश पौडेल लगायतको टोलीले ढेड सय बढी ज्येष्ठ नागरिक तथा स्थानीयको स्वास्थ्य परीक्षण र निःशुल्क औषधी वितरण गरेको छ । गाउँभन्दा टाढा हुँदा धेरै नागरिक बिरामी भएर पनि अस्पताल पुग्न सक्दैनथे । सामान्य बिरामीले गाउँको सहरी स्वास्थ्य केन्द्रमा उपचार पाउँथे । नगरपालिकाले दूरदराजका नागरिकलाई लक्षित गरी घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर थालेपछि धेरैले सेवा लिन पाए ।

पुनले टाढा जान नसक्दा अहिलेसम्म गाउँमै रोग पालेर बस्नु परेको सुनाइन् । घरै नजिक आएको चिकित्सकसहितको टोलीले आफ्नो निःशुल्क स्वास्थ्य जाँच गरी औषधी दिएको उनको भनाइ छ । औषधी खाएर निको नभए पुनः चिकित्सकले जाँच गर्ने पुन बताउछिन् । आफूलाई चक्कर आउने र टाउको दुख्नेबाहेक अरू समस्या नभएको सुनाउँदै घरमै आएर उपचार गरिदिँदा खुशी लागेको उनले बताइन् । अहिलेसम्म यो गाउँमा चिकित्सक कहिल्यै नआएको भन्दै पहिलो पटक विशेषज्ञ सेवा लिन पाएको पुनको भनाइ छ ।

“गाउँमा मान्छेहरु बिरामी हुँदा गाडी खोजेर टाढा–टाढा उपचार गर्न जाने गर्छन्, गाउँ नजिक सानो अस्पताल छ, त्यहाँ ठूलो रोगको उपचार हुँदोरैनछ, म पनि बिरामी भएको महिनादिन बढी भयो, घुमाउने, टाउको दुख्ने हुन्थ्यो, उपचार पाएको थिएन,” पुनले भनिन्, “डाक्टर घरमै आएर जाँच्नु भयो, औषधी पनि दिएर जानुभएको छ, फेरि केही महिनापछि आउने भन्नुभएको छ, गाउँमा अरू मान्छे पनि बिरामी थिए, उनीहरुले पनि औषधी पाएका छन्, गाउँघरमा आएर उपचार गरिदिने, औषधी दिएपछि टाढा किन जानु पर्यो ?, मलाई त धेरै खुशी लागेको छ, यहाँ अहिलेसम्म यस्तो सुविधा आएको मैले थाहापाएको छैन ।”

स्थानीय ६० वर्षीय दुर्गाबहादुर खत्रीले सुविधायुक्त अस्पताल नजिक नहुँदा धेरै नागरिकले दुःख पाएको भन्दै गाउँमा आएको निःशुल्क स्वास्थ्य शिविरले ठूलो राहत मिलेको बताए । अहिलेसम्म विशेषज्ञ चिकित्सक आएर गाउँमा यस किसिमको शिविर नभएको भन्दै यसपालि नगरपालिकाले यहाँका नागरिकको समस्या बुझेको उनको भनाइ छ । गाउँ–गाउँमा सुविधा सम्पन्न अस्पतालहरु नभए पनि समय–समयमा दूरदराजमा पुगेर स्वास्थ्य सेवा दिँदा धेरै नागरिक लाभान्वित हुने खत्रीले बताए । यो गाउँ अहिलेसम्म विकट रहेको र सडकको अवस्था पनि निकै जोखिमयुक्त हुँदा अस्पतालसम्म सहज रुपमा पुग्न नसकिने उनको भनाइ छ । 

स्थानीयवासी खत्रीले भने, “गाउँमा यसरी डाक्टरहरु आएर हाम्रो परीक्षण गरेर निःशुल्कमा औषधी पाइन्छ भन्ने सोचेका पनि थिएनौँ, नगरपालिकाले हाम्रो समस्या बुझ्यो, बल्ल सरकार भएको महसुस भयो, यस्ता खालका सेवाहरु महिना÷तीन महिनामा दिइराख्यो भने जनतालाई दुःख हुने थिएन, अर्को पटक पनि चिकित्सकहरु आउने भनेका छन्, सामान्य प्रेसर जाँच गर्न पनि टाढा जानुपर्ने ठाउँमा छौँ हामीहरु, अब समस्या पर्दैन होला ।” थालेपोखरा गाउँ बागलुङको गलकोट नगरपालिकाको विकट गाउँ हो । त्यसले गर्दा गलकोट नगरपालिकाले सोही गाउँबाटै र घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

नगरपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरी अघिल्लो वर्षदेखि घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेकामा यस वर्ष निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर पनि सुरुआत गरेको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुशील पौडेलले जानकारी दिए । ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य जाँच गर्ने र निःशुल्क औषधी दिँदा उनीहरुलाई टाढा जान नपर्ने र खर्च पनि नहुने पौडेलको भनाइ छ । नगरपालिकाअन्तर्गत ६० वर्षभन्दा माथिका पाँच हजार ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन थालेको उनले बताए। 

वर्षको दुई पटक घरमै पुग्ने, पहिलोपटक स्वास्थ्य परीक्षक गरी औषधी दिनाका साथै ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्डसमेत दिने र पुनः अर्को पटक जाँदा कार्ड हेरेर उपचार गर्ने संयोजक पौडेलको भनाइ छ । ज्येष्ठ नागरिकको घरमै पुगेर सुगर, प्रेसर, आँखा, छालालगायत रोगको जाँच र निःशुल्क औषधी दिने गरेको उनले बताए । यस वर्ष घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण र शिविरका लागि नगरपालिकाले रु सात लाख विनियोजन गरेको पौडेलको भनाइ छ । नगरपालिकाको ११ वटै वडामा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै विशेषज्ञ स्वास्थ्य शिविर गरिने उनले बताए ।

“गलकोट नगरपालिकामा पाँच हजार ज्येष्ठ नागरिक हुनुहुन्छ, उहाँहरुको घरमै गएर स्वास्थ्य परीक्षण गर्ने र औषधी उपलब्ध गराउने छौँ, यो कार्यक्रम पोहोर सालदेखि सुरु गरेका हौँ, यस वर्ष थप प्रभावकारी बनाउन लागिरहेका छौँ,” उनले भने, “ज्येष्ठ नागरिक कोही पनि छुट्नुहुने छैन, अन्य नागरिकले पनि शिविरबाट सेवा लिनुहुने छ, ११ वटै वडामा पुगेर सेवा प्रदान गर्ने छौँ ।”

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जनतालाई स्वस्थ राख्नका लागि घरघरमा पुगेर स्वास्थ्य सेवा दिन थालिएको बताए । पालिकाले हरेक वर्ष स्वास्थ्यमा नयाँ–नयाँ काम गर्दै आएको भन्दै यस वर्ष सुगमदेखि दुर्गमसम्मका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिन लागेको उनको भनाइ थियो । कोही पनि नागरिकले उपचार नपाएर दुःख नपाओस् भन्ने हिसाबले गाउँमै स्वास्थ्य सेवा पुर्याउनका लागि घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण र स्वास्थ्य शिविर सुरु गरिएको प्रवक्ता भण्डारीले बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ललितपुर आगलागी- दुई छोरी र आमापछि बुवा पनि रहेनन्

काठमाडौं । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुई छोरी र आमापछि बुवाको पनि मृत्यु भएको हो।  म...

छानविन हुँदासम्म रविजी गृह मन्त्रालयमा बस्न मिल्दैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सहकारी प्रकरणको छानबिन हुँदा रवि लामिछाने गृह मन्त्रालयको जिम्मेवारीमा बसिरहन नमिल्ने बताएका छन्।  ...

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ । एक बिघा १० कट्ठा दोदा नदीले कटान गर...

संसदीय छानविन समितिको टिओआर आज टुंग्याइँदै

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीच भएको सहमति अनुसार संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) आज टुङ्गो लगाइँदैछ । संसद्को गतिरोध...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने र यस्तो उद्यममा लगानी प्रवर्द्धन एवम् सहजीकरण गर्ने भएको छ । ग...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ । स्तरोन्नतिका काम भइरहे...

यी प्रदेशमा छ हुरीबताससहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा ...

प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबा...

बाँकेको जमुनाहा नाका दुई दिनका लागि बन्द

नेपालगञ्ज । बाँकेको नेपाल–भारत जमुनाहा नाका आजदेखि दुई दिनका लागि बन्द भएको छ।  भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वा...

बागमती प्रदेशमा दश महिनामा सवारी दुर्घटनामा २६१ जनाको मृत्यु

ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व संकलन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies