Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

सीप छ, मूल्य छैन

खबरडबली संवाददाता

तनहुँ । तनहुँको देवघाट गाउँपालिका-४ बासपानी डुडे बसेनीकी ४० वर्षीया फुलमाया भुजेल जीविकोपार्जनका लागि डालो बुन्नमा व्यस्त छिन् । आयआर्जनका लागि अन्य आयस्रोत नभएपछि पुर्ख्यौली पेसाबाट नै आम्दानी गर्दै आएको फुलमायाले बताइन् ।  

खेतीबाली लगाउनुका साथै फुलमायाले बाख्रा, कुखुरा पालेकी छिन् । मुख्य आयस्रोत भने डालो बुनेर बिक्री गर्नु रहेको भन्दै उनले घरधन्दासँगै दैनिक १० वटासम्म डालो बुन्ने गरेको बताइन् । डालो बुनेर नै यहाँका भुजेलको जीविकोपार्जन हुने गरेको उनले सुनाइन् ।

फुलमायाले भनिन्, 'हामीले पुर्खाबाट सिकेको सीपले नै घर धानेका छौँ । महिलाले डालो, सोली बुन्छौँ । पुरुषले ठूलो भकारी बुन्छन् । हामीले बुन्ने बाँसका सामग्री चाहीँ छोरा मान्छेले बुन्दैनन् ।' यहाँ उत्पादित बाँसका सामग्री बिक्रीका लागि चितवनसम्म पुर्याउने गरिएको उनले बताइन् ।

रु दुई सय घनमा बाँस किनेर सामग्री बनाउँदै आएको फुलमायाले जानकारी दिइन् । 'ठूलो घनको बाँसबाट करिब १० वटा डालो बनाउन सकिन्छ । बाँसको घनअनुसार सामान बनाउने हो,' उनले भनिन् ।

फुलमायाका अनुसार रु एक सय २० मा यहाँबाट लगिएका सामग्री बजारमा बिक्री गर्ने गरिएको छ । 'पहिले धेरै बनाउँदा बिक्री पनि हुन्थ्यो । अचेल पहिलाको जस्तो किन्दैनन्,' उनले भनिन्, 'यी बाँसका सामान बिक्री गरी दैनिकी चलाउनका लागि चितवनबाट चामल किनेर ल्याउने गरेका छौँ ।'

यही बाँसको सामान बेचेर छोराछोरी हुर्काएको फुलमायाले अनुभव सुनाइन् । 'अहिले छोराहरूले रोजगारी गर्छन् । आफूले जानेको सीप बेचेर अहिलेसम्म जीवन धानेका छौँ । सीप त छ तर बजार र मूल्यको समस्या हुने गरेको छ,' उनले भनिन् ।

यहाँका भुजेल समुदायले बाँसको सामान उत्पादन तथा बिक्री वितरण गरी जीविकोपार्जन गरिरहेका सोही ठाउँका सञ्जय भुजेलले बताए । 'पुरुषले भन्दा छिटो महिलाले बाँसका सामान बुन्न सक्छन् । तुलनात्मक रूपमा महिलाले बुनेका सामान बढी बजारमा माग हुन्छ,' उनले भने, 'हामीले ठूला सामान बनाउँछौँ । महिलाले साना सामान बनाउने र उत्पादन पनि धेरै हुँदा कमाइ पनि धेरै हुन्छ ।' 

बजारमा पहिलेको जस्तो ठूला सामानको माग घट्दा बजार अभाव हुन थालेको सञ्जयको गुनासो छ । उनका अनुसार ग्रामीण क्षेत्रमा पनि भनेजस्तो बाँस पाउन छोडेपछि किनेर सामग्री बुन्ने गरिएको छ । 'किनेर बनाउनु पर्ने भएकाले महङ्गोमा बेच्दा बिक्री हुँदैन । कम मूल्यमा बेच्दा सीप र मेहनत अनुसारको लागत उठ्दैन,' उनले भने ।

सामान कम मूल्यमा बेच्दा सीपको मूल्य नपाएको फुलमायाको गुनासो थियो । उनले भनिन्, 'बाँसको मूल्य तिर्छौँ । हामीले सीपको मूल्य पाएका छैनौंँ ।' यहाँका साना बच्चाबच्चीले पनि बाँसका सामग्री बुन्न जानेका छन् । यहाँका बालबालिकालाई परम्परागत सीप सिक्न प्रोत्साहन गरिँदै आइएको उनको भनाइ थियो ।

'पछि काम नै नपाएर खानलाउन समस्या हुँदा यही सीपको सदुपयोग गर्न सकिन्छ भनेर बच्चादेखि नै सीप सिकाउँछौँ । सीप जानेपछि नयाँ प्रविधिको प्रयोग गरेर सामग्री बनाउन र आम्दानी गर्न सकिन्छ,' फुलमायाले भनिन् । उनका अनुसार यहाँका करिब ५०/६० घरपरिवारले बाँसको सामग्री बनाउने गरेका छन् ।

सङ्घ, प्रदेश र स्थानीय सरकारले ग्रामीण क्षेत्रमा सीप विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । परम्परागत तथा पुर्ख्यौली पेसा र सीपको विकास भने गर्न सकेको पाइँदैन । पुर्ख्यौली पेसाबाट बनेका सामग्रीले बजार पाउन नसक्दा पेसा नै सङ्कटमा पर्ने अवस्था आएको छ । बजारमा परम्परागत तवरबाट बनेका सामग्रीको माग भए पनि सीपको प्रवर्द्धन गर्न नसक्दा स्थानीयवासी मारमा पर्ने गरेका छन् । 

बजारमा रु पाँच-सात सयमा बिक्री हुने सामग्री स्थानीयवासीले बढी समय र मेहनत लगाएर बनाए पनि सीपको उचित मूल्य पाउन नसकेको गुनासो छ । किन्न नपर्ने गरी बाँस रोप्न, बढाउन र सामग्री उत्पादनमा प्रोत्साहन गर्न सकिएमा पुर्ख्यौली पेसाबाट आयआर्जन वृद्धि हुनुका साथै स्वरोजगार बन्न सक्ने उनीहरूको भनाइ छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमती प्रदेशमा दश महिनामा सवारी दुर्घटनामा २६१ जनाको मृत्यु

ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व संकलन

कृषि यान्त्रिकीकरणः किसानलाई अनुदानमा हाते ट्र्याक्टर

कैलाली । जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध किसानलाई हाते ट्र्याक्टर वितरण गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थक वर्षमा २३ जना ...

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । नगर कृषि शाखाले कौसीखेती तालि...

सहकारी प्रकरणले सदन मुठभेडतर्फ, धकेलाधकेलपछि बैठक अनिश्चित

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि शुक्रबार बिहान ११...

सहकारी प्रकरण पेचिलो भएपछि कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । बिहान ८ः३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे स...

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बिहीबार सार्वजनिक...

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चौथौं पटक विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जसपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चौथौं प...

वैवाहिक बलात्कारको मुद्दामा धरौटीमा रिहा भए गायक रवि ओड

काठमाडौं । वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपु...

दश महिनामा करिब एक्काइस अर्ब राजस्व संकलन

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ ।  कोष तथा लेखा नियन्त्रक कार्यालयका अ...

मधेसमा नेकपा एसले छाडेन जसपाको साथ, नयाँ समीकरणको गृहकार्यमा कांग्रेस

सरकार जोगाउन उपेन्द्रको दौडधूप, एमाले-माओवादीको पनि आ-आफ्नै दाउ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies