Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने मूल नारासहित स्ट्रिट फुड फेस्टिभलको तयारी पुरा

खबरडबली संवाददाता

काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पोखरामा भव्य ‘स्ट्रिट फुड फेस्टिभल’ कार्यक्रमको आयोजना हुने भएको छ ।  महोत्सव आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) ले यहीँ पुस १२ गतेदेखि पुस १६ गतेसम्म ४ दिन सडक महोत्सव हुने जानकारी दिएको हो। 

महोत्सव आयोजनाको रजत वर्ष भएकाले यसपटक महोत्सवलाई आफूहरुले विशेष बनाउन  सोही अनुसारको विशेष तयारी आफूहरुले गरेको जानकारी दिइएकाे छ  । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने मूल नारासहित आयोजना हुने यस महोत्सव पोखराको लेक साइडसम्मको करिब ३ किमी क्षेत्रमा आयोजना हुनेछ ।

रेवान अध्यक्षले महोत्सवको तयारी सकिएको र पोखरा पर्यटकहरुलाई स्वागत गर्न तयार भएर बसेको बताए । '२५ वर्ष पहिले हाम्रा अग्रजहरुले पोखरालाई मुख्य पर्यटकीय मौसममा मात्र नभई सालैभर घूमघामको गन्त्बय बनाउनुपर्छ भनेर यसको सुरुवात गर्नुभएको थियो। आज यो देशकै सबैभन्दा ठूलो सडक महोत्सव बनेको छ। यो रजत वर्ष अझ विशेष बनाउनेछौं', रेवान अध्यक्ष भट्टराईले भने ।

महोत्सवको मुख्य आकर्षणको रूपमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, बेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुच, पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रीकृत गरी टक सो कार्यक्रम, स्वदेशी उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृर्ष, वनस्पति लगायतका कृर्षि उपजहरूको प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

लेक साइडको तीन किलोमिटर लामो सडक क्षेत्रमा हुने गतिविधी सबैका लागि नि:शुल्क हो भने सांगीतक कार्यक्रम हुने कोमा जाने पार्क प्रवेशका लागि भने टिकट काट्नु पर्नेछ।आयोजकले यसपटक स्टेज शोका लागि खल्ती एप बाट अनलाइन टिकट काट्न सकिने व्यवस्था गरेको छ। यस्तै विदेशी कार्डहरुबाट आफन्त तथा साथीभाइका लागिसमेत टिकट काट्न सकिने व्यवस्था मिलाइएको जानकारी आयोजकले दिएका छन्। खल्टीले अनलाइनबाट टिकटको बिक्री सुरु गरिसकेको छ।

महोत्सवको २५ औं वर्ष भएकाले यसपटक हल्लन चोकदेखि कन्सर्ट आयोजना स्थलसम्म विशेष आरती र शिव ताण्डव नृत्य प्रस्तुत गरिनेछ। 

यस्तै, ५ दिनसम्म राष्ट्रिय स्तरका चर्चित कलाकारहरु आउने यो महोत्सवलाई रीमा विश्वकर्माले होस्ट गर्नेछिन्। महोत्सवको न्यू इयर इभमा र्‍यापर लाउरे र  द एलिमेन्ट्स ब्यान्डको प्रस्तुति दिनेछन् भने डिसेम्बर ३० तारिखमा मुक्ती एन्ड रिभाइबल ब्यान्डको धमाकेदार प्रस्तुति रहनेछ। 

त्यसैगरी डिसेम्बर २९ तारिखमा 'ओ अमिरा' तथा 'मनमगन' फेम गायक दीपक बज्राचार्यले दर्शकलाई झुमाउनेछन् । लक्ष्य ब्यान्ड, द स्क्राच जर्नी, टुकी, ब्ल्याक फिदर लगायतका ब्यान्डको प्रस्तुति महोत्सवमा हुनेछ । उनीहरुका अलावा कार्यक्रममा लोकप्रिय गायिका प्रीति आले, पशुपति शर्मा, बद्री पँगेनीको साथमा प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल एवम जीवन दाहालको साथमा १० बढी स्थानीय ब्यान्डहरुले आफ्नो सांगीतिक प्रस्तुतिले दर्शक झुमाउने आयोजकले जानकारी दिएका छन् ।

यसैगरी मेलामा बालबालिकाहरूका लागि चित्रकला र पोखराका विभिन्न साहसिक खेलकुदहरूको डकुमेन्टी प्रदर्शनका साथै पर्यटकीय गन्तव्यको प्रवर्द्धन, महोत्सव क्षेत्रमा सञ्चालन गर्दै आएका व्यवसायीहरूले सडक महोत्सवको अवधारणा अनुरूप सोही व्यवसाय निर्धारित पसल अगाडी ल्याएर सजावटका साथ व्यवसाय प्रवर्द्धन गर्नेछन् ।

नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले यस्ता महोत्सबले आन्तरिक मात्र नभएर बाह्य पर्यटक समेत आकर्षित हुने र पर्यटन प्रवर्द्धन हुने बताए । रेवानले कार्यक्रमको सुरक्षा व्यवस्थाका लागि सबै निकायसँग समन्वय गरिएकाले कुनै समस्या नहुने र होटेलहरुले नियमित समयमा लिदैं आएको भन्दा बढी रेट लिएमा कारवाही गर्ने जानकारीसमेत कार्यक्रममा दिएको छ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहको छ।  आइतबार बसेको बैठकमा पार्टीक...

नेप्सेमा ११ अंकको वृद्धि हुँदा ५ अर्बको कारोबार

काठमाडौं। नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ। आइतबार नेप्से ११ अंकले बढेर २५८८.३५ विन्दुमा रोकिएको हो। आज ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख...

डोटीमा चार युवाको सामूहिक बेसारखेती

डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट...

बारा जङ्गल छेउमा वयस्क हात्ती मृत फेला

रौतहट । बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परे...

नेपालीहरुका लागि क्यानडा उत्कृष्ट शैक्षिक गन्तब्य बन्नसक्छः महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि  क्यानडा शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् । शनिबार हिमाल म...

काठमाडौंमा देखिएको मुगुको दृश्य

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, डोल्पा जिल्ला । मुख्यगरी डोल्पामा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । रा...

काभ्रे प्रहरीले गर्यो २६ बाक्सा पटाका पटाका बरामद

बनेपा ।  बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जा...

चीनकी ‘ब्युटिफुल गभर्नर' लाई १३ बर्षको जेल सजाय

काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना...

बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

बाँके ।  भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy