Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

भूकम्पबाट क्षतिग्रस्त बबरमहलको प्रबलीकरण सकियो

बबरमहल अब आठ रेक्टर स्केलसम्मको भूकम्प थेग्ने क्षमताको

खबरडबली संवाददाता

काठमाडौँ  । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त बबरमहल भवनको प्रबलीकरण सकिएको छ । दुई वर्षभित्र प्रबलीकरण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भए पनि चार वर्षमा काम सम्पन्न भएको हो ।

यसका लागि करिब एक अर्ब रुपियाँ खर्च भएको छ ।  प्रबलीकरण गरिएको बबरमहल अब आठ रेक्टर स्केलसम्मको भूकम्प थेग्ने क्षमताको भएको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का प्रमुख कोषनाथ अधिकारीले बताए ।

उनले न्यूनतम क्षति र अधिकतम संरक्षण गर्ने सिद्धान्त अनुसार विशेष सावधानी अपनाउँदै प्रबलीकरण गरिएको जानकारी दिए ।  स्टिलको प्रयोग गरी भवनको ‘स्ट्रेन्थेनिङ’ गरी सुर्की र चुनले प्लास्टरसँगै प्रबलीकरण गरिएको उनले जानकारी दिए । विकसित देशमा बढी प्रयोग भएको कार्बन फाइबरलगायत परम्परागत सामग्री प्रयोग गरी यो भवनको प्रबलीकरण गरिएको छ ।

विशेष गरी सिसा, चुना, काठ र फलामको प्रयोग गरी निर्माण गरिएको बबरमहलको प्रबलीकरण पनि तत्कालीन शैलीमा गरिएको उनले बताए । ऐतिहासिक कलाकृतिसमेत रहेको यस भवनको नियो क्लासिकल युरोपियन शैलीमा प्रबलीकरण गरिएको छ । भूकम्पले भवनको बाहिरी, भित्री भाग तथा झ्याल र ढोकासमेत भाँच्चिएका थिए ।

उनलले भने, “प्रबलीकरणसँगै सो भवन अहिले पुरानै स्वरूपमा फर्काइएको छ । बबरमहल सुरुमा थापाथली दरबारकै एउटा भागका रूपमा रहेको थियो । करिब २२ रोपनी क्षेत्रफलमा फैलिएको बबरमहल भवनमा करिब तीन सय कोठा छन् । यसअघि १९९० सालको भूकम्पले पनि बबरमहलमा क्षति पु¥याएको थियो । त्यसबेला पनि सो भवनको पुनर्निर्माण गरिएको थियो ।” भवनको उचाइ तीन तलाको छ ।

आयोजना प्रमुख अधिकारीका अनुसार प्रबलीकरणसँगै भवनको स्वरूपमा कुनै परिवर्तन नभए पनि भवनको भित्री (इन्टेरियर) भागमा सामान्य फेरबदल गरिएको छ । भवनको प्रयोगमा सहजता ल्याउन ‘लाइट पार्टेसन’ गरिएको छ । प्रबलीकरणका क्रममा सन् १९०९ अङ्कित पुरानो इँटा प्रयोग गरिएको छ ।

दुई वर्षभित्र प्रबलीकरण सम्पन्न हुने गरी २०७६ असार २५ गते निर्माण सम्झौता भए पनि चार वर्षमा काम सम्पन्न भएको हो । करिब एक अर्ब रुपियाँको लागतमा प्रबलीकरण गरिएको यस भवनको निर्माण जिम्मा जोसी जेसी–आसिस–समानान्तर (जेभी)ले पाएको थियो । आयोजना प्रमुख अधिकारीले निर्माण कम्पनीको सम्पूर्ण भुक्तानी भइसकेपछि अब छिट्टै नै हस्तान्तरण गरिने जानकारी दिए । उनका अनुसार अहिलेसम्म निर्माण कम्पनीलाई करिब ९४ करोड रुपियाँ भुक्तानी भइसकेको छ ।

७२ सालको भूकम्पअघि यस भवनमा सडक विभाग, महालेखा परीक्षक, गोश्वारा हुलाक, निर्वाचन आयोगका केही कार्यालय सञ्चालनमा थिए । हाल यी कार्यालय अन्यत्र सरेका छन् । भवनको प्रबलीकरणसँगै सम्पूर्ण सुविधाको जडान गरी यसअघि बसिरहेका सम्बन्धित निकायलाई नै प्रशासनिक उपयोगका लागि हस्तान्तरण गरिने आयोजना प्रमुख अधिकारीले बताए ।

बबरमहल रहेको स्थानमा जङ्गबहादुर राणाले त्यसअघि नै दरबार बनाउन लगाएका थिए । १९३३ साल फागुनमा जङ्गबहादुरको मृत्युपछि पनि यो दरबारमा उनका रानी, महारानी र छोराछोरी बसिरहेका थिए । १९४२ सालमा शमशेर खलकले विद्रोह गरेपछि जङ्गबहादुरका सन्तान लाखापाखा लागे । त्यसपछि यो दरबार देवशमशेरको स्वामित्वमा पुगेको इतिहासकार पुरुषोत्तमशमशेर जबराले आफ्नो पुस्तकमा उल्लेख गरेकाक छन् ।

१९५८ सालमा देवशमशेर पनि पदमुक्त गरिएपछि तत्कालीन शासक चन्द्रशमशेरले दरबारमाथि आँखा लगाए । जङ्गबहादुरले बनाएको पाँचतले दरबार १९६६र६७ सालतिर तोडफोड गरी तत्कालीन इन्जिनियरहरू कुमारनरसिंह राणा र किशोरनरसिंह राणाबाट महल तयार गराई चन्द्रशमशेरले आफ्नो छोरा बबरशमशेरलाई दिएको इतिहासकार जबराको ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’ पुस्तकमा लेखिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

डीडीसीमा सीआईबीको अकस्मात् छापा : आर्थिक घोटालाको आशंकामा कर्मचारीका मोबाइल जफत

काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...

पहाडी भूभागमा वर्षा र तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...

सभाहल निर्माणमा विवाद : १ करोड बजेट फ्रिज हुने खतरा

कैलाली । घोडाघोडी नगरपालिका–१० मा निर्माण हुने नमुना सभाहलको १ करोड रुपैयाँ बजेट स्थान विवादका कारण फ्रिज हुने जोखिममा परेको छ । वडाध्यक्ष विजयराज ...

कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्नेे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको...

युद्धविराममै लेबनानमा इजरायलको भीषण हमला : ३१ को मृत्यु, मध्यपूर्व फेरि युद्धको डिलमा

एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...

नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रभातफेरी , विधान महाधिवेशन पनि हुँदै

काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending