Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

भूकम्पबाट क्षतिग्रस्त बबरमहलको प्रबलीकरण सकियो

बबरमहल अब आठ रेक्टर स्केलसम्मको भूकम्प थेग्ने क्षमताको

खबरडबली संवाददाता

काठमाडौँ  । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त बबरमहल भवनको प्रबलीकरण सकिएको छ । दुई वर्षभित्र प्रबलीकरण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भए पनि चार वर्षमा काम सम्पन्न भएको हो ।

यसका लागि करिब एक अर्ब रुपियाँ खर्च भएको छ ।  प्रबलीकरण गरिएको बबरमहल अब आठ रेक्टर स्केलसम्मको भूकम्प थेग्ने क्षमताको भएको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का प्रमुख कोषनाथ अधिकारीले बताए ।

उनले न्यूनतम क्षति र अधिकतम संरक्षण गर्ने सिद्धान्त अनुसार विशेष सावधानी अपनाउँदै प्रबलीकरण गरिएको जानकारी दिए ।  स्टिलको प्रयोग गरी भवनको ‘स्ट्रेन्थेनिङ’ गरी सुर्की र चुनले प्लास्टरसँगै प्रबलीकरण गरिएको उनले जानकारी दिए । विकसित देशमा बढी प्रयोग भएको कार्बन फाइबरलगायत परम्परागत सामग्री प्रयोग गरी यो भवनको प्रबलीकरण गरिएको छ ।

विशेष गरी सिसा, चुना, काठ र फलामको प्रयोग गरी निर्माण गरिएको बबरमहलको प्रबलीकरण पनि तत्कालीन शैलीमा गरिएको उनले बताए । ऐतिहासिक कलाकृतिसमेत रहेको यस भवनको नियो क्लासिकल युरोपियन शैलीमा प्रबलीकरण गरिएको छ । भूकम्पले भवनको बाहिरी, भित्री भाग तथा झ्याल र ढोकासमेत भाँच्चिएका थिए ।

उनलले भने, “प्रबलीकरणसँगै सो भवन अहिले पुरानै स्वरूपमा फर्काइएको छ । बबरमहल सुरुमा थापाथली दरबारकै एउटा भागका रूपमा रहेको थियो । करिब २२ रोपनी क्षेत्रफलमा फैलिएको बबरमहल भवनमा करिब तीन सय कोठा छन् । यसअघि १९९० सालको भूकम्पले पनि बबरमहलमा क्षति पु¥याएको थियो । त्यसबेला पनि सो भवनको पुनर्निर्माण गरिएको थियो ।” भवनको उचाइ तीन तलाको छ ।

आयोजना प्रमुख अधिकारीका अनुसार प्रबलीकरणसँगै भवनको स्वरूपमा कुनै परिवर्तन नभए पनि भवनको भित्री (इन्टेरियर) भागमा सामान्य फेरबदल गरिएको छ । भवनको प्रयोगमा सहजता ल्याउन ‘लाइट पार्टेसन’ गरिएको छ । प्रबलीकरणका क्रममा सन् १९०९ अङ्कित पुरानो इँटा प्रयोग गरिएको छ ।

दुई वर्षभित्र प्रबलीकरण सम्पन्न हुने गरी २०७६ असार २५ गते निर्माण सम्झौता भए पनि चार वर्षमा काम सम्पन्न भएको हो । करिब एक अर्ब रुपियाँको लागतमा प्रबलीकरण गरिएको यस भवनको निर्माण जिम्मा जोसी जेसी–आसिस–समानान्तर (जेभी)ले पाएको थियो । आयोजना प्रमुख अधिकारीले निर्माण कम्पनीको सम्पूर्ण भुक्तानी भइसकेपछि अब छिट्टै नै हस्तान्तरण गरिने जानकारी दिए । उनका अनुसार अहिलेसम्म निर्माण कम्पनीलाई करिब ९४ करोड रुपियाँ भुक्तानी भइसकेको छ ।

७२ सालको भूकम्पअघि यस भवनमा सडक विभाग, महालेखा परीक्षक, गोश्वारा हुलाक, निर्वाचन आयोगका केही कार्यालय सञ्चालनमा थिए । हाल यी कार्यालय अन्यत्र सरेका छन् । भवनको प्रबलीकरणसँगै सम्पूर्ण सुविधाको जडान गरी यसअघि बसिरहेका सम्बन्धित निकायलाई नै प्रशासनिक उपयोगका लागि हस्तान्तरण गरिने आयोजना प्रमुख अधिकारीले बताए ।

बबरमहल रहेको स्थानमा जङ्गबहादुर राणाले त्यसअघि नै दरबार बनाउन लगाएका थिए । १९३३ साल फागुनमा जङ्गबहादुरको मृत्युपछि पनि यो दरबारमा उनका रानी, महारानी र छोराछोरी बसिरहेका थिए । १९४२ सालमा शमशेर खलकले विद्रोह गरेपछि जङ्गबहादुरका सन्तान लाखापाखा लागे । त्यसपछि यो दरबार देवशमशेरको स्वामित्वमा पुगेको इतिहासकार पुरुषोत्तमशमशेर जबराले आफ्नो पुस्तकमा उल्लेख गरेकाक छन् ।

१९५८ सालमा देवशमशेर पनि पदमुक्त गरिएपछि तत्कालीन शासक चन्द्रशमशेरले दरबारमाथि आँखा लगाए । जङ्गबहादुरले बनाएको पाँचतले दरबार १९६६र६७ सालतिर तोडफोड गरी तत्कालीन इन्जिनियरहरू कुमारनरसिंह राणा र किशोरनरसिंह राणाबाट महल तयार गराई चन्द्रशमशेरले आफ्नो छोरा बबरशमशेरलाई दिएको इतिहासकार जबराको ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’ पुस्तकमा लेखिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending