चितवन । भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडकको निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
महानगरको बजारी क्षेत्रको सौन्दर्यसँग जोडिएको यो सडकको निर्माणको काम ९१ प्रतिशत सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीका अनुसार चौबिसकोठीदेखि पुलचोकसम्म कालोपत्रको माथिल्लो भागको काम भइरहेको छ । सडक सुरक्षाको काम बाँकी रहेको छ ।
उनका अनुसार गोन्द्राङबाट चौबिसकोठीसम्म कालोपत्र गर्ने काम सकिएको छ । पूरै सडकमा रङरोगन र सडक बत्तीको काम बाँकी रहेको कार्कीले जानकारी दिए । वर्षात्का कारण रङरोगनको काम रोकिएको हो । विसं २०७७ असोज २६ गते इन्डो सगुन जेभीले विसं २०७९ माघ २५ गतेभित्र विस्तार सक्नेगरी कामको जिम्मा लिएको थियो । सो मितिमा पनि काम नसकिएपछि दुई पटकसम्म म्याद थप गरिएको छ । दुई पटक समय थप गर्दा पनि सडक निर्माणको काम नसकिएपछि पुनःसमय थप गर्न लागिएको कार्कीले बताए । पुस मसान्तसम्मको समय थप गर्न लागिएको उनले जानकारी दिए ।
भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा सहरी सौन्दर्यकरणलाई समेत ख्यालगरी ६ दशमलव शून्य आठ किलोमिटर लामो सडक विस्तारको काम थालिएको हो । सडकको लागत रु एक अर्ब २३ करोड ५० लाख रहेको छ । पचास मिटर चौडाइ रहनेछ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउण्डको योजनासहित सडक निर्माण सुरु गरिएको हो ।
सडकको दायाँबायाँ ११ दशमलव पाँच मिटरका दरले कालोपत्र गरिएको छ । त्यसकाबीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर पाँच दशमलव पाँच मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ बनेको छ ।
महानगरपालिका प्रमुख रेनु दाहालले स्मार्टलाइट र वृक्षरोपणको काम भइरहेको बताइन् । सडकमा वृक्षरोपणका लागि महानगरपालिकाले रु ९५ लाखको ठेक्का गरिसकेको छ । प्रमुख दाहालले भनिन्, “महानगरपालिकाको सभाकक्षमा छलफल गरेर बनेको आयोजना भएकाले यो आयोजना सुरुआतदेखि अहिलेसम्म हामीले उच्च प्राथमिकतामा राखेर सहयोग पुर्याइरहेका छौँ ।”
गत वर्ष बजेट निकासा नहुँदा महानगरपालिकाले संस्थागत रुपमा पहल गरेर बजेट निकासामा सहयोग गरेको थियो । दाहालले भनिन्, “महानगरको सौन्दर्यसँग जोडिएकाले यो सडकलाई सुन्दर र हरियाली बनाउने काम महानगरले पनि गरिरहेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ६ गते, २०८१ - २०:५८
काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग- २ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यस खेलमा नेपालले टस जितेर पहिल...
आश्विन ६ गते, २०८१ - २०:४७
बागलुङ । बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट...
आश्विन ६ गते, २०८१ - २०:३८
चितवन । भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्त...
आश्विन ६ गते, २०८१ - २०:३१
एजेन्सी । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले राष्ट्रपतिमा दिसानायके विजयी भए...
आश्विन ६ गते, २०८१ - २०:२२
रौतहट । रौतहटको राजपुर नगरपालिकाको दुई वटा वडामा हैजा रोग फैलिएको छ । पछिल्लो तिन दिनमा राजपुर नगरपालिकाको वडा नम्बर ३ र ४ मा हैजाको लक्षणसहितका बिराम...
आश्विन ६ गते, २०८१ - २०:१७
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नेकुरा उठाउँदा तर्सिनुपर्ने र झस्किनुपर्ने आवश्यकता नरहेको बताएका छन् । आइतवार सिंहदरबारमा संव...
आश्विन ६ गते, २०८१ - १९:२२
विराटनगर । नेकपा एमाले-कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ । आइतबार सत्तापक्षीय संसदीय दलको संय...
आश्विन ६ गते, २०८१ - १९:१९
क्वालालम्पुर । मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३ सय ५५ संदिग्धलाई...
आश्विन ६ गते, २०८१ - १९:१५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा ...
आश्विन ६ गते, २०८१ - १९:०८
काठमाडौं । पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो । त्यसअघि उनला...
प्रतिकृया लेख्नुहोस्: