बाँके । भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकरण कार्य चुनौतीपूर्ण बन्दै गएको हो।
जिल्लामा हाल करिब १० हजार लागुऔषध प्रयोगकर्ता रहेको लागुऔषध उपचार तथा पुनःस्थापना केन्द्र महासङ्घका संयोजक रमेशकाजी महर्जनले बताए। ‘लागुऔषध न्यूनीकरणका लागि विभिन्न प्रयास गरिए पनि प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेको छ, उनले भने, दश जोड दुईमा अध्ययन गर्ने विद्यार्थीदेखि बेरोजगार युवाले दुव्र्यसनमा लागेर जीवन बर्बाद गरिरहेका छन्।” जिल्लामा रहेका १० हजार प्रयोगकर्तामध्ये एक हजार पाँच सय महिला रहेको उनको अनुमान छ।
यहाँ लागुऔषध न्यूनीकरणका लागि २० वटा पुनःस्थापना केन्द्र रहेका छन् भने तीमध्ये दुई महिला पुनःस्थापना केन्द्र छन्। ‘बीस पुनःस्थापना केन्द्रमार्फत चार सय लागुऔषध प्रयोगकर्तालाई स्वास्थ्य तथा व्यवहार परिवर्तनका लागि सेवा प्रवाह गरिएका छौँ। दुई महिला पुनःस्थापना केन्द्रमा ५० महिलालाई राखेर सुधारको प्रयास भइरहेको छ’, संयोजक महर्जनले भने।
पछिल्लोपटक लागुपदार्थ प्रयोगको स्वरुपसमेत परिवर्तन भएकाले अवस्था थप चुनौतीपूर्ण बन्दै गएको लागुऔषधविरुद्धका अभियन्ता अभिराज क्षेत्रीले बताए। विगतमा धुँवाका रूपमा प्रयोग हुने ब्राउनसुगर अहिले तरल बनाएर सुईको माध्यमबाट प्रयोग हुने गरेको पाइएको उनले जानकारी दिए। नेपालगञ्ज हुँदै लागुपदार्थ अफिम र चरेस भारततर्फ जाने र भारतबाट ब्राउन सुगरलगायत मनोदिपक पदार्थ ९नार्कोटिक ड्रग० नेपाल भित्रने गरेको जानकारी दिँदै क्षेत्रीले समस्या समाधानका लागि राजनीतिक दल र राज्यले थप प्रभाकारी कार्यक्रम अगाडि सार्नुपर्ने आवश्यकता औँल्याए।
लागुऔषध कारोबार बढ्दै जाँदा यहाँका युवापुस्ता दुर्व्यसनको उच्च जोखिममा छन्। पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा पनि लागुऔषध कारोबार हुने गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले लागुऔषध नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन भइरहेको बताए। उनले सबै मिलेर समस्या समाधानमा लाग्नुपर्नेमा जोड दिए।
डाँगीकानुसार गत आर्थिक वर्ष २०८/८१ मा जिल्ला प्रहरी कार्यालयमा लागुऔषधका एक सय ७७ मुद्दा दर्ता भएका थिए। लागुऔषधमा संलग्न दुई सय ६४ लाई पक्राउ गरी नौ सय २५ ग्राम बढी ब्राउनसुगर नियन्त्रणमा लिइएको थियो।
त्यसअघि आव २०७९/८० मा एक सय ५७ मुद्दा दर्ता भएकामा दुई सय ३६ जना पक्राउ पर्नुका साथै आठ सय ८२ ग्राम ब्राउनसुगर र छ किलो गाँजा बरामद गरिएको थियो।
जिल्लामा आव २०७८/७९ मा एक सय ३४ लागुऔषधसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएकामा दुई सय १२ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ। ‘लागुऔषध नियन्त्रणका लागि सीमापारि भारतीय सुरक्षा निकायसँग समन्वय गर्नेदेखि गाउँ–गाउँमा चेतनामूलक कार्यक्रमलाई अघि बढाएका छौँ, प्रहरी नायब उपरीक्षक डाँगीले भने, पछिल्लो समय ग्रामीण क्षेत्रका युवापुस्ता पनि लागुऔषधको उच्च जोखिममा छन्। यस्ता क्रियाकलाप रोक्न स्थानीय सरकार, सरोकारवाला र अभिवाकहरू सचेत बन्नुपर्ने आवश्यकता छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - २२:०८
काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित गरेको आवासको हकलाई सम्मान गर्न सरकारसँग आग्रह गरेका छन् । शनिबार ह...
बैशाख २६ गते, २०८३ - २२:०६
काठमाडाैं । तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको छ । विधान सभामा विदुथलाई चिरूथाइगल (भीसीके)ले तामिलगा भेट्री कझागम (टीव...
बैशाख २६ गते, २०८३ - २१:२७
काठमाडौँ । सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ । सहकारीले बचतकर्ता...
बैशाख २६ गते, २०८३ - १८:५९
जुम्ला ।.जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करणको उपाधि धावक धीर बूढाले जितेका छन्। शनिबार सम्पन्न ५४ किलोमिटर दूरीको प्रतियोगितामा जुम्लाको कनक...
बैशाख २६ गते, २०८३ - १८:५४
दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन (जिप) पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी-तिङ्कर सडकअ...
बैशाख २६ गते, २०८३ - १८:५३
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति सुदूरपश्चिम लगायत देशका तराई भूभागको एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावन...
बैशाख २६ गते, २०८३ - १८:४९
चितवन । चितवनमा सञ्चालित सबै एम्बुलेन्समा अब अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने भएको छ। एम्बुलेन्स सेवामा देखिएका अव्यवस्था, मनपरी भाडा र अनावश्यक ...
बैशाख २६ गते, २०८३ - १८:४५
दाङ । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनबाट काठ लिने विषयमा भएको विवाद हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानी...
बैशाख २६ गते, २०८३ - १८:४३
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्...
बैशाख २६ गते, २०८३ - १८:४२
जनकपुरधाम । स्वास्थ्य क्षेत्रमा हालै खुलाइएको दरबन्दीप्रति असन्तुष्टि जनाउँदै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले स्वास्थ्यमन...


प्रतिकृया लेख्नुहोस्: