Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

हेटौडामा आइशरको रि–सेल मेला सुरु

खबरडबली संवाददाता

मकवानपुर । नेपालका लागि आइशर कमर्सियल भेईकलको एक मात्र आधिकारिक वितरक बतास एम.ए.डब्लू. कमर्सिअल भेईकल प्रा.लि.ले आफ्ना ग्राहकको मागलाई लक्षित गर्दै हेटौडामा रि–सेल मेलाको आयोजना गरेको छ ।

आज भएको एक कार्यक्रमका बीच नेपाल ट्रक यातायात महासंघ र नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, नेपाल निर्माण व्यवसायी संघ, मकवानपुरका अध्यक्ष बालगोपाल कंडेल, हेटौडा उप–महानगरपालिका प्रतिनिधि विजय पुडासैनी र बतास एम.ए.डब्लु. प्रा. लि.का तर्फवाट रि–सेल प्रमुख परिक्षण धिमालले संयुक्त रूपमा रिबन काटेर मेलाको औपचारिक उद्घाटन गरेका हुन् ।

कार्यक्रममा श्रेष्ठले आइशर ट्रकको विशेषता र ग्राहकले रुचाउनुका प्रमुख कारण उल्लेख गर्दै यसको माईलेज विशेष र पावर उत्कृस्ट रहेको जानकारी दिए । यस्तो मेलाले मध्यम वर्गका ग्राहकले पनि सजिलै स्वरोजगार भई आत्मानिर्भर हुने जानकारी बताए । साथै चालकलाई लक्षित गरि २५ लाखको आकस्मिक बीमाले थप उर्जा दिने समेत बताए । कार्यक्रम पौष ८ गते देखी १० गतेसम्म संचालन हुनेछ ।

आइशरले आफ्ना ग्राहकको आवश्यकतालाई महसुस गर्दै यस्ता किसिमका कार्यक्रम समयसापेक्ष ल्याउने गर्दछ। सोहिकारण नेपालसहित विश्वबजारमा आइशर ग्राहकको पहिले रोजाई बन्दै आइरहेको छ । यसअघि आइशरले आफ्ना ग्राहकलाई लक्षित गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेश इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । क्यासलेश योजना मार्फत् दुर्घटना भएको खण्डमा आइशर मोटर्सका गाडीका खरिदकर्ताहरू बतास एम.ए.डब्लूका आधिकारिक सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्ने बताइएकाे छ ।

क्यासलेश इन्स्योरेन्स अन्तरगत ग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइशरको आधिकारिक वर्कसपमा गई मर्मत गराउन सक्नेछन् र ग्राहकले बिमा रकम बाहेकको रकम मात्र तिर्नुपर्ने हुन्छ । बाँकी रकम बिमा कम्पनी र बतास एम.ए.डब्लूबीच कारोबार हुने आइशर जनाएकाे छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहको छ।  आइतबार बसेको बैठकमा पार्टीक...

नेप्सेमा ११ अंकको वृद्धि हुँदा ५ अर्बको कारोबार

काठमाडौं। नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ। आइतबार नेप्से ११ अंकले बढेर २५८८.३५ विन्दुमा रोकिएको हो। आज ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख...

डोटीमा चार युवाको सामूहिक बेसारखेती

डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट...

बारा जङ्गल छेउमा वयस्क हात्ती मृत फेला

रौतहट । बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परे...

नेपालीहरुका लागि क्यानडा उत्कृष्ट शैक्षिक गन्तब्य बन्नसक्छः महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि  क्यानडा शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् । शनिबार हिमाल म...

काठमाडौंमा देखिएको मुगुको दृश्य

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, डोल्पा जिल्ला । मुख्यगरी डोल्पामा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । रा...

काभ्रे प्रहरीले गर्यो २६ बाक्सा पटाका पटाका बरामद

बनेपा ।  बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जा...

चीनकी ‘ब्युटिफुल गभर्नर' लाई १३ बर्षको जेल सजाय

काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना...

बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

बाँके ।  भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy