Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

विराजभक्त श्रेष्ठले रवि लामिछानेलाई सभापति छाड्न भनेका हुन् ?

खबरडबली संवाददाता

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी संस्थाले रकम अपचलन गरेको प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्।

उनले आफूमाथि लगाइएको आरोपको प्रतिवाद गर्दै दोस्रो दिन बिहीवार पनि स्पष्टीकरण दिएका छन्। "शुभचिन्तकहरूलाई भ्रम नपरोस् भनेर" लेखेको उल्लेख गर्दै लामिछानेले लेखेका छन्, “…सार्वजनिक सुनुवाइमार्फत् जनताको कठघरामा उभिँदै छु।”

उनीविरुद्ध तारन्तार समाचार आइरहँदा र उनले त्यसको प्रतिवाद गरिरहँदा रास्वपाको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा गरेको पोस्ट निकै चर्चामा छ।

उनले लेखेका छन्, “यदि तपाईं कसैको लागि, समाजको लागि अथवा देशको लागि सम्पत्ति बन्न सक्नुहुन्न भने घाँडो पनि नबनिदिनुहोला। यदि पछाडि हटेर कल्याण हुन्छ, क्षति कम हुन्छ भने पछाडि हटेर सहयोग गरिदिनुहोला।”

अनुमानभन्दा फरक आशय?

फेसबुक र एक्समा आएको उनको त्यो आग्रह र अपेक्षा सभापति लामिछानेप्रति लक्षित रहेको आकलन गरिएको छ। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले बिहीवार सामाजिक सञ्जाल त्यस्तै आशयको पोस्ट गरे।

“...हिजो माननीय विराजभक्त श्रेष्ठको एउटा गुम्सिएको ट्वीट पढेँ ...उहाँले इङ्गित गर्दै बिग्रिँदै गएको छविले आफ्नो निहित स्वार्थ स्थगन गरेर मार्ग प्रशस्त गर भनिएको थियो।”

बजगाईँले आफ्नो पोस्टमा "नयाँ उदाएको पार्टीले मेरो पार्टी नेपाली कांग्रेसलाई निकै गाली गरेर त्यति कलिलो उमेरमै यति धेरै सीट" जितेको भन्दै सुरुमै लेखेका छन्, "अब आफ्नो घरभित्रको भ्रष्टाचार गुटसँगै निकै निर्मम र आक्रामक ढङ्गले उपरोक्त पार्टीको बारेमा कांग्रेसले प्रतिकार गर्नुपर्ने छ।"

सांसद श्रेष्ठको पोस्टमा प्रतिक्रिया जनाएका अन्य केहीले पनि त्यो सभापति लामिछानेप्रति लक्षित रहेको ठानेको पाइन्छ। स्वयं सांसद श्रेष्ठ विभिन्न चर्चा र अनुमानबारे मौन थिए।

उनले भने आफ्नो पोस्टको आशय ती अनुमान र चर्चाभन्दा फरक रहेको बताए। “होइन, होइन। त्यो त्यतातिर लक्षित नै होइन,” उनले भने।

‘पार्टीमा कुनै आशङ्का छैन’

सभापति रवि लामिछाने यसअघि नागरिकता र पासपोर्ट विवादमा परेका थिए। सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि उनले गृहमन्त्री तथा उपप्रधानमन्त्रीको पद पनि गुमाउनुपरेको थियो।

उनले फेरि नेपाली नागरिकता कायम गराए। रिक्त रहेको चितवन क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा उनी फेरि निर्वाचित भएर प्रतिनिधिसभा बन्न सफल भए।

विराजभक्त श्रेष्ठको पोस्ट

कतिपयले उनी एकपछि अर्को गम्भीर प्रकृतिका विवादमा जोडिने गरेको भन्दै उक्त दलका तुलनात्मक रूपमा विवादमुक्त र विषयविज्ञ नेताहरूका निम्ति लामिछाने अस्वीकार्य बन्ने आकलन गर्ने गरेको पाइन्छ। त्यही पृष्ठभूमि वा त्यस्तो अपेक्षा राख्नेहरूलाई सांसद श्रेष्ठको पोस्टले थप बल दिएको ठानिएको छ।

“मेरो विगत हेर्नुभयो भने थाहा हुन्छ, म स्पष्टै भन्न सक्ने मान्छे हुँ। घुमाउरो पाराले कुरा गर्ने मान्छे होइन,” उनले भने, “मैले त नेपालमा आफूले पनि काम नगर्ने अरूलाई पनि गर्न नदिएर भाँजो हाल्ने प्रवृत्तिलाई लक्षित गरेर नैतिक प्रश्न उठाएको हुँ।”

उनले बाहिर चर्चा गरिए जस्तो आफ्नो पोस्टले पार्टीमा कुनै आशङ्का वा अविश्वास उत्पन्न नगरेको दावी पनि गरे। सभापति लामिछानेसँग बुधवार पनि कुरा भएको र अन्य नेता तथा कार्यकर्ताहरू लामिछाने मुछिएको प्रकरणका साथै आफ्नो पोस्टबारे स्पष्ट रहेको उनले बताए।

‘छानबिन गरियोस्, चरित्रहत्या होइन’

यसअघिका दुई विवाद सभापति लामिछानेसँग व्यक्तिगत रूपमा सम्बन्धित थिए। सहकारी संस्थाले गरेको आर्थिक अपचलन सर्वसाधारणसँग जोडिएको छ।

देशका विभिन्न ठाउँमा विभिन्न संस्थाहरूबाट पीडितहरू कतै आन्दोलनमा छन् कतै हारगुहार गरिरहेका देखिन्छन्। त्यसैले यस पटक सभापति लामिछानेको नाम जोडिँदा त्यसले उनको पार्टीलाई पनि धक्का पुग्न सक्ने कतिपयको ठम्याइ पाइन्छ।

May be an image of 4 people and text

तर सांसद विराजभक्त श्रेष्ठले भने, “हामीले बचाउ गर्न खोजेको होइन, तर कानुनबमोजिम गर्नुपर्ने कुरामा खालि चरित्रहत्या गर्ने ढङ्गले पनि जानुभएन।”

पार्टी बैठकहरूमा सभापति लामिछानेले आफ्नो कुनै संलग्नता नभएको र कानुनअनुसार हुने काममा सहयोग गर्ने भन्दै धन्दा नमान्न आफूहरूलाई भनेको पनि सांसद श्रेष्ठले सुनाए।

“सहकारीको विषय एकदमै छाडा भयो, धेरै मान्छे ठगिए... अर्थ मन्त्रालय वा राष्ट्र ब्याङ्कले हेर्नुपर्‍यो भनेर संसद् र संसदीय समितिमा पटकपटक कुरा उठाएका छौँ,” सांसद श्रेष्ठले भने, “यसबारे सबैभन्दा निर्मम ढङ्गले कुरा उठाउने नै हामी हौँ।”

लामिछानेको एक्लो प्रभावमा पार्टी बनेकाले अन्य नेताले उनको आलोचना गर्न सक्दैनन् भन्ने बुझाइ पनि एउटा वृत्तमा पाइन्छ।

“त्यसरी हेर्‍यो भने नेपाली राजनीति र समाजलाई अन्याय हुन्छ,” सांसद श्रेष्ठ भन्छन्, “यो उपलब्धिमा उहाँको सबैभन्दा ठूलो योगदान छ तर त्यो चाहना नेपाली जनताकै हो।” बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ अभाव

गण्डकी । पोखरा रङ्गशालामा गत माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालित २५औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता रात्रिकालीन समयमा खेलाउने ...

मस्र्याङ्दी जलविद्युत्को मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य स...

रवि लामिछाने र बालेन शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हा...

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौँ । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झ...

कस्तो होला रास्वपा सरकारको विदेश नीति ?

काठमाडौं । चुनावमा सानदार सफलता पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बाल...

काठमाडौंको वायु प्रदूषण अस्वस्थकर स्तरमा, विश्वका प्रदूषित सहरमध्ये चौथो स्थानमा

काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थकर स्तरमा पुगेको छ। बिहीबार बिहान ७:२० बजे गरिएको मापनअनुसार उपत्यकाको एयर क्वालिटी इन्डेक्स ...

तेल संकटका कारण पाकिस्तानमा विद्यालय बन्द, पेट्रोलको मूल्य एकैपटक ५५ रुपैयाँले बढ्यो

काठमाडौं । इरानमाथि संयुक्त राज्य अमेरिका–इजरायलले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वबाट सम्पूर्ण मध्यपूर्व प्रभावित हँुदा तेल र ग्यास आपूर्तिमा अवरोध आ...

मध्यपूर्व संकटका कारण देखिएको इन्धनको सम्भाव्य मूल्यवृद्धिसँग जुझ्ने सरकारको योजना कस्तो छ ?

काठमाडौं । सरकारले मध्यपूर्वमा झन्डै डेढ सातादेखि जारी तनावका कारण नेपालमा मूल्यवृद्धि हुन सक्ने भन्दै खाना पकाउने ग्यासलगायतको कालोबजारी रोक्न अनुगमन...

कम्युनिस्ट सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनबारे ...

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर । बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आएका छन् । शुक्लाफाँटा न...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE