Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

विराजभक्त श्रेष्ठले रवि लामिछानेलाई सभापति छाड्न भनेका हुन् ?

खबरडबली संवाददाता

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी संस्थाले रकम अपचलन गरेको प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्।

उनले आफूमाथि लगाइएको आरोपको प्रतिवाद गर्दै दोस्रो दिन बिहीवार पनि स्पष्टीकरण दिएका छन्। "शुभचिन्तकहरूलाई भ्रम नपरोस् भनेर" लेखेको उल्लेख गर्दै लामिछानेले लेखेका छन्, “…सार्वजनिक सुनुवाइमार्फत् जनताको कठघरामा उभिँदै छु।”

उनीविरुद्ध तारन्तार समाचार आइरहँदा र उनले त्यसको प्रतिवाद गरिरहँदा रास्वपाको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा गरेको पोस्ट निकै चर्चामा छ।

उनले लेखेका छन्, “यदि तपाईं कसैको लागि, समाजको लागि अथवा देशको लागि सम्पत्ति बन्न सक्नुहुन्न भने घाँडो पनि नबनिदिनुहोला। यदि पछाडि हटेर कल्याण हुन्छ, क्षति कम हुन्छ भने पछाडि हटेर सहयोग गरिदिनुहोला।”

अनुमानभन्दा फरक आशय?

फेसबुक र एक्समा आएको उनको त्यो आग्रह र अपेक्षा सभापति लामिछानेप्रति लक्षित रहेको आकलन गरिएको छ। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले बिहीवार सामाजिक सञ्जाल त्यस्तै आशयको पोस्ट गरे।

“...हिजो माननीय विराजभक्त श्रेष्ठको एउटा गुम्सिएको ट्वीट पढेँ ...उहाँले इङ्गित गर्दै बिग्रिँदै गएको छविले आफ्नो निहित स्वार्थ स्थगन गरेर मार्ग प्रशस्त गर भनिएको थियो।”

बजगाईँले आफ्नो पोस्टमा "नयाँ उदाएको पार्टीले मेरो पार्टी नेपाली कांग्रेसलाई निकै गाली गरेर त्यति कलिलो उमेरमै यति धेरै सीट" जितेको भन्दै सुरुमै लेखेका छन्, "अब आफ्नो घरभित्रको भ्रष्टाचार गुटसँगै निकै निर्मम र आक्रामक ढङ्गले उपरोक्त पार्टीको बारेमा कांग्रेसले प्रतिकार गर्नुपर्ने छ।"

सांसद श्रेष्ठको पोस्टमा प्रतिक्रिया जनाएका अन्य केहीले पनि त्यो सभापति लामिछानेप्रति लक्षित रहेको ठानेको पाइन्छ। स्वयं सांसद श्रेष्ठ विभिन्न चर्चा र अनुमानबारे मौन थिए।

उनले भने आफ्नो पोस्टको आशय ती अनुमान र चर्चाभन्दा फरक रहेको बताए। “होइन, होइन। त्यो त्यतातिर लक्षित नै होइन,” उनले भने।

‘पार्टीमा कुनै आशङ्का छैन’

सभापति रवि लामिछाने यसअघि नागरिकता र पासपोर्ट विवादमा परेका थिए। सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि उनले गृहमन्त्री तथा उपप्रधानमन्त्रीको पद पनि गुमाउनुपरेको थियो।

उनले फेरि नेपाली नागरिकता कायम गराए। रिक्त रहेको चितवन क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा उनी फेरि निर्वाचित भएर प्रतिनिधिसभा बन्न सफल भए।

विराजभक्त श्रेष्ठको पोस्ट

कतिपयले उनी एकपछि अर्को गम्भीर प्रकृतिका विवादमा जोडिने गरेको भन्दै उक्त दलका तुलनात्मक रूपमा विवादमुक्त र विषयविज्ञ नेताहरूका निम्ति लामिछाने अस्वीकार्य बन्ने आकलन गर्ने गरेको पाइन्छ। त्यही पृष्ठभूमि वा त्यस्तो अपेक्षा राख्नेहरूलाई सांसद श्रेष्ठको पोस्टले थप बल दिएको ठानिएको छ।

“मेरो विगत हेर्नुभयो भने थाहा हुन्छ, म स्पष्टै भन्न सक्ने मान्छे हुँ। घुमाउरो पाराले कुरा गर्ने मान्छे होइन,” उनले भने, “मैले त नेपालमा आफूले पनि काम नगर्ने अरूलाई पनि गर्न नदिएर भाँजो हाल्ने प्रवृत्तिलाई लक्षित गरेर नैतिक प्रश्न उठाएको हुँ।”

उनले बाहिर चर्चा गरिए जस्तो आफ्नो पोस्टले पार्टीमा कुनै आशङ्का वा अविश्वास उत्पन्न नगरेको दावी पनि गरे। सभापति लामिछानेसँग बुधवार पनि कुरा भएको र अन्य नेता तथा कार्यकर्ताहरू लामिछाने मुछिएको प्रकरणका साथै आफ्नो पोस्टबारे स्पष्ट रहेको उनले बताए।

‘छानबिन गरियोस्, चरित्रहत्या होइन’

यसअघिका दुई विवाद सभापति लामिछानेसँग व्यक्तिगत रूपमा सम्बन्धित थिए। सहकारी संस्थाले गरेको आर्थिक अपचलन सर्वसाधारणसँग जोडिएको छ।

देशका विभिन्न ठाउँमा विभिन्न संस्थाहरूबाट पीडितहरू कतै आन्दोलनमा छन् कतै हारगुहार गरिरहेका देखिन्छन्। त्यसैले यस पटक सभापति लामिछानेको नाम जोडिँदा त्यसले उनको पार्टीलाई पनि धक्का पुग्न सक्ने कतिपयको ठम्याइ पाइन्छ।

May be an image of 4 people and text

तर सांसद विराजभक्त श्रेष्ठले भने, “हामीले बचाउ गर्न खोजेको होइन, तर कानुनबमोजिम गर्नुपर्ने कुरामा खालि चरित्रहत्या गर्ने ढङ्गले पनि जानुभएन।”

पार्टी बैठकहरूमा सभापति लामिछानेले आफ्नो कुनै संलग्नता नभएको र कानुनअनुसार हुने काममा सहयोग गर्ने भन्दै धन्दा नमान्न आफूहरूलाई भनेको पनि सांसद श्रेष्ठले सुनाए।

“सहकारीको विषय एकदमै छाडा भयो, धेरै मान्छे ठगिए... अर्थ मन्त्रालय वा राष्ट्र ब्याङ्कले हेर्नुपर्‍यो भनेर संसद् र संसदीय समितिमा पटकपटक कुरा उठाएका छौँ,” सांसद श्रेष्ठले भने, “यसबारे सबैभन्दा निर्मम ढङ्गले कुरा उठाउने नै हामी हौँ।”

लामिछानेको एक्लो प्रभावमा पार्टी बनेकाले अन्य नेताले उनको आलोचना गर्न सक्दैनन् भन्ने बुझाइ पनि एउटा वृत्तमा पाइन्छ।

“त्यसरी हेर्‍यो भने नेपाली राजनीति र समाजलाई अन्याय हुन्छ,” सांसद श्रेष्ठ भन्छन्, “यो उपलब्धिमा उहाँको सबैभन्दा ठूलो योगदान छ तर त्यो चाहना नेपाली जनताकै हो।” बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनसँग देउवा र शेखर समूहले पनि खोज्यो टिकट, धुम्बाराहीको होटलमा गोप्य वार्ता

काठमाडौं । नेपाली कांग्रेसभित्र चुनावी टिकट वितरणलाई लिएर तीनै प्रमुख गुटका नेताहरू सक्रिय बनेका छन्। यही विषयमा सहमति खोज्ने प्रयासस्वरूप गएराति काठम...

आज उम्मेदवार टुंगो लगाउँछौँ, ‘रुख’ चिह्न लिएर आउनेलाई जिताउन लाग्नुस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताएका छन्।  सामाजिक स...

पर्साका ६२ मतदानस्थल ‘अतिसंवेदनशील’

पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ। जिल्लाभर रहेका कुल १६७...

सुदूरपश्चिममा देउवापछि को ?

काठमाडौं । ‘सुदूरपश्चिममा शेरबहादुर देउवाको उत्तराधिकारी को ?,’ तीन महिनाअघि कांग्रेसको आन्तरिक राजनीति सामान्य रहेकै बेला सुदूरपश्चिममा कार्यकर्ताबीच...

पूर्वमन्त्री यादव र वीरगञ्ज महानगर प्रमुख सिंह एमालेमा प्रवेश, इस्तियाक राई पनि सूर्य चिह्न लिएर उठ्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर पूर्वमन्त्री प्रदीप यादव नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महान...

अमरेश सिंहलाई साथ लिएर बालेनले गरे जानकी मन्दिर दर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिरमा पुगेर दर्शन गरेका छन्। हिजो साँझ जनकपुरधाम पुगेका श...

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिका...

चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बु क्षेत्र

सोलुखुम्बु । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान ...

सोनाम ल्होसारले समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस्: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि...

पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात, छुर्पी र मुसुरो दालको व्यापारमा पनि उछाल

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending