काठमाडौं । रास्वपा सांसद डा. तोसिमा कार्की फेरि विवादमा तानिएकी छन्। सांसद कार्कीको गतिविधि शान्ति प्रक्रिया विपरित भएको भन्दै माओवादीका नेता कार्यकर्ताले आपत्ति जनाएका हुन्।
सांसद कार्कीले शनिवार बालकुमारी हत्याण्डविरुद्धको आन्दोलनका सहभागी हुने क्रममा १७ हजार प्लस २ को हत्या गरेको प्लेकार्ड बोक्दै प्रधानमन्त्रीलाई अब पुगेन ? भन्ने प्रश्न गरेकी थिइन् ।
माओवादीका नेता हिमाल शर्माले कार्कीको अराजनैतिक हर्कत अब नसहने चेतावनी दिएका छन्।
उनले फेशबुकमा लेखेका छन्, तिमीले रजगज गरेको वर्तमान ब्यवस्था तिमी जस्ता उत्ताउलाहरु भुकेर प्राप्त भएको कदापी होईन । बरु जनयुद्ध र जनआन्दोलनका उच्च बलिदानी संघर्षले संभव भएको हो भन्ने कुरा तिमीजस्तालाई के थाहा । बालकुमारीमा नहुनु पर्ने दुखद घटना भएको छ। हामीलाई पनि पिडा छ । राज्य गम्भिर बन्नु पर्दछ।
उनले कसैको लासमाथि टेकेर राजनीतिमा आफ्नो अभिष्ट पुरा गर्ने सपना आग्रह गरेका छन्।
अर्का नेता रामप्रसाद सापकोटाले पनि काकीको आलोचना गरेका छन्। उनले भनेका छन्, नयाँ भनिएकी, युवा भनिएकी, पढिएकी र जान्ने भनिएकी, यिनले यो के गर्दैछिन् ? यिनी सांसद पनि हुन् क्या र ?
त्यसो त प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले का गतिविधि नियन्त्रण गर्न संघीय संसदको ध्यनाकर्षण गराएका छन् ।

स्वकीय सचिव मल्लले कार्कीले विरोधका नाममा गरेको कार्य राजनीतिक परिवर्तन र शान्ति प्रक्रियाको मर्मविपरित खेदजनक रहेको बताएका छन् ।
उनका गतिविधिप्रति संघीय संसदको यथाशीध्र ध्यानाकर्षण होस् भन्दै मल्लले कार्की प्रति खेद व्यक्त गरेका छन् । त्यसो त सांसद कार्की विवादमा तानिएको यो पहिलो घटना होइन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - ०९:३१
काठमाडौं । नेपाली कांग्रेसभित्र चुनावी टिकट वितरणलाई लिएर तीनै प्रमुख गुटका नेताहरू सक्रिय बनेका छन्। यही विषयमा सहमति खोज्ने प्रयासस्वरूप गएराति काठम...
माघ ६ गते, २०८२ - ०९:२६
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताएका छन्। सामाजिक स...
माघ ६ गते, २०८२ - ०९:१८
पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ। जिल्लाभर रहेका कुल १६७...
माघ ६ गते, २०८२ - ०८:१६
काठमाडौं । ‘सुदूरपश्चिममा शेरबहादुर देउवाको उत्तराधिकारी को ?,’ तीन महिनाअघि कांग्रेसको आन्तरिक राजनीति सामान्य रहेकै बेला सुदूरपश्चिममा कार्यकर्ताबीच...
माघ ६ गते, २०८२ - ०८:१०
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर पूर्वमन्त्री प्रदीप यादव नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महान...
माघ ६ गते, २०८२ - ०८:००
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिरमा पुगेर दर्शन गरेका छन्। हिजो साँझ जनकपुरधाम पुगेका श...
माघ ६ गते, २०८२ - ०७:४१
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिका...
माघ ६ गते, २०८२ - ०७:३९
सोलुखुम्बु । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान ...
माघ ६ गते, २०८२ - ०७:३८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि...
माघ ६ गते, २०८२ - ०७:३५
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस ...




प्रतिकृया लेख्नुहोस्: