काठमाडौं । रास्वपा सांसद डा. तोसिमा कार्की फेरि विवादमा तानिएकी छन्। सांसद कार्कीको गतिविधि शान्ति प्रक्रिया विपरित भएको भन्दै माओवादीका नेता कार्यकर्ताले आपत्ति जनाएका हुन्।
सांसद कार्कीले शनिवार बालकुमारी हत्याण्डविरुद्धको आन्दोलनका सहभागी हुने क्रममा १७ हजार प्लस २ को हत्या गरेको प्लेकार्ड बोक्दै प्रधानमन्त्रीलाई अब पुगेन ? भन्ने प्रश्न गरेकी थिइन् ।
माओवादीका नेता हिमाल शर्माले कार्कीको अराजनैतिक हर्कत अब नसहने चेतावनी दिएका छन्।
उनले फेशबुकमा लेखेका छन्, तिमीले रजगज गरेको वर्तमान ब्यवस्था तिमी जस्ता उत्ताउलाहरु भुकेर प्राप्त भएको कदापी होईन । बरु जनयुद्ध र जनआन्दोलनका उच्च बलिदानी संघर्षले संभव भएको हो भन्ने कुरा तिमीजस्तालाई के थाहा । बालकुमारीमा नहुनु पर्ने दुखद घटना भएको छ। हामीलाई पनि पिडा छ । राज्य गम्भिर बन्नु पर्दछ।
उनले कसैको लासमाथि टेकेर राजनीतिमा आफ्नो अभिष्ट पुरा गर्ने सपना आग्रह गरेका छन्।
अर्का नेता रामप्रसाद सापकोटाले पनि काकीको आलोचना गरेका छन्। उनले भनेका छन्, नयाँ भनिएकी, युवा भनिएकी, पढिएकी र जान्ने भनिएकी, यिनले यो के गर्दैछिन् ? यिनी सांसद पनि हुन् क्या र ?
त्यसो त प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले का गतिविधि नियन्त्रण गर्न संघीय संसदको ध्यनाकर्षण गराएका छन् ।

स्वकीय सचिव मल्लले कार्कीले विरोधका नाममा गरेको कार्य राजनीतिक परिवर्तन र शान्ति प्रक्रियाको मर्मविपरित खेदजनक रहेको बताएका छन् ।
उनका गतिविधिप्रति संघीय संसदको यथाशीध्र ध्यानाकर्षण होस् भन्दै मल्लले कार्की प्रति खेद व्यक्त गरेका छन् । त्यसो त सांसद कार्की विवादमा तानिएको यो पहिलो घटना होइन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - ०९:०७
काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...
चैत्र १३ गते, २०८२ - ०८:५७
डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...
चैत्र १३ गते, २०८२ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
चैत्र १३ गते, २०८२ - ०७:५३
विद्यालय र अस्पताल झनै समस्यामा
चैत्र १३ गते, २०८२ - ०७:५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...
चैत्र १३ गते, २०८२ - ०७:४४
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी का...
चैत्र १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...
चैत्र १३ गते, २०८२ - ०७:२६
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...
चैत्र १३ गते, २०८२ - ०७:२४
काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...
चैत्र १३ गते, २०८२ - ०७:२०
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...



प्रतिकृया लेख्नुहोस्: