Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

बन्दुकबाट कोदालोतर्फ : कृषिबाट मासिक ५० हजार आम्दानी

खबरडबली संवाददाता

बैतडी  । कुनै समय देश र समाज परिवर्तन गर्ने सपना बोकेर बन्दुक समातेका ईश्वरीदत्त भट्ट (राजीव) को हातमा अहिले कोदालो देखिन्छ। किशोरावस्थामै पढाइ छाडेर जनमुक्ति सेनामा सिपाही बनेका उनको मनमा समाज परिवर्तनको सपना थियो। युद्धकालमा कमान्डरको आदेशमा मार्चपास गर्ने ईश्वरी आज आफ्नै खेतबारीमा पसिनाको खेती गर्दै सफल कृषक बनेका छन्। गाउँको बाँझो जमिन उपयोग गर्दै उनले मासिक ५० हजार रुपियाँभन्दा बढी आम्दानी गरिरहेका छन् ।

बैतडीको मेलौली नगरपालिका–२, रौतगाउँ निवासी भट्टले भाडामा लिएको र आफ्नै जग्गासमेत गरी २० रोपनीमा रैथाने धान, २५ रोपनीमा उन्नत जातका केरा, १० रोपनीमा तरकारी खेती गर्दै आएका छन् । साथै, गोठमा पाँच वटा रैथाने गड्डी जातका भैंसी पनि पालेका छन् ।

खेतमा काम गरिरहनुभएका ईश्वरीले भने, “बन्दुक छाडेर घर फर्किँदा गाउँका धेरै साथीहरू रोजगारीका लागि विदेश गइसकेका थिए। मलाई पनि विदेश जाने अवसर थियो, तर मनले मानेन। हिजो परिवर्तनका लागि युद्ध मैदानमा लडेको सम्झँदै आज हरियाली खेतमा कोदालो समातेर संघर्ष गरिरहेको छु। कृषिबाट मासिक ५० हजार रुपियाँभन्दा बढी आम्दानी भइरहेको छ।”

गाउँको उर्वर भूमि बाँझो छाडेर युवाहरू विदेशिएको देखेपछि आफू कृषितर्फ आकर्षित भएको उनी बताउँछन। भाडामा लिएको जग्गामा समेत मेहनत गर्दा राम्रो प्रतिफल प्राप्त भएको उनको अनुभव छ। 

“जुन देश परिवर्तनका लागि रगत र पसिना बगाइयो, त्यही देशका युवाहरू रोजगारीका लागि विदेशिन बाध्य हुँदा दुःख लाग्छ,” उनले भने, “अरूलाई दोष दिनुभन्दा आफ्नै गाउँको माटोमा सम्भावना खोज्ने अठोटका साथ बाँझो जमिन उपयोग गर्न थालेको हुँ।”

युद्ध र शान्ति प्रक्रियापछि करिब २५ वर्ष राजनीति क्षेत्रमा सक्रिय रहनुभएका भट्टको दैनिकी अहिले पूर्ण रूपमा बदलिएको छ। बिहानदेखि साँझसम्म उहाँ खेतबारीमै व्यस्त रहन्छन । कृषि विस्तार गर्ने उद्देश्यले आफ्नै जग्गा अपुग भएपछि अरूले बाँझो छाडेका जग्गासमेत भाडामा लिएर खेती गरिरहेका छन् ।

उनका अनुसार यो अभियान केवल आम्दानीका लागि मात्र नभई पूर्ण रूपमा जैविक खेती प्रवर्द्धन गर्ने उद्देश्यले अघि बढाइएको हो। पाँच वटा स्थानीय गड्डी जातका भैंसीबाट प्राप्त गोबरको मल प्रयोग गरी उनले खेतबारीलाई उर्वर बनाइरहेका छन।

इच्छाशक्ति भए सम्भावना खोज्न खाडी मुलुक पुगिरहनु नपर्ने उनको अनुभव छ। आफ्नै लगानी र मेहनतबाट गाउँकै माटोमा सुन फलाउन सकिने विश्वास उनले व्यक्त गरे । कुनै निकायबाट विशेष सहयोग नपाए पनि हिम्मत नहारेर कृषि कर्ममा निरन्तर लागिरहेको उनको भनाइ छ।

गाेरखापत्र दैनिकबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । शुक्रबार (जेठ २९) दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका...

फिफा विश्वकप २०२६ : उद्घाटन खेलमै रातो कार्डको वर्षा

काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमै रातो कार्डको वर्षा भएको छ। सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै विजयी सुरुआत गर्दा ख...

मङ्गलेखानीमा खेलमैदान निर्माण

म्याग्दी  ।  रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन् ।  मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँ...

बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

काठमाडाैं । बालबालिका कुनै पनि राष्ट्रको भविष्य हुन्। उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकास सुनिश्चित गर्नु राज्य तथा समाजको साझा दायित्व ...

शरणार्थी ठगी प्रकरणमा नयाँ मोड, ओली–बादललाई अदालतमा झिकाउन निवेदन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ जिल्ला अदालत काठमाडौंमा जारी रहेका बेला केही उच्च राजनीतिक र सार्वजनिक पदमा रहेका व्यक्तिलाई...

अध्ययन भिसा सिफारिसमा अनियमितताको आशंका, छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्र

काठमाडौं । अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विस्तृत छा...

विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै

काठमाडौं । आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ । बालबालिकालाई श्रमिकका रु...

संखुवासभामा ४ रेक्टर स्केलको भूकम्प

संखुवासभा । संखुवासभा जिल्लाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ः३१...

ट्रम्पले किन फिर्ता लिए इरानविरुद्ध गर्ने भनेको आक्रमण ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको आक्रमण रद्द गरेको जानकारी सार्वजनिक गरेका छन् । यो घोषणा गर्नुभन्दा केही घण्टाअघि...

बन्दुकबाट कोदालोतर्फ : कृषिबाट मासिक ५० हजार आम्दानी

बैतडी  । कुनै समय देश र समाज परिवर्तन गर्ने सपना बोकेर बन्दुक समातेका ईश्वरीदत्त भट्ट (राजीव) को हातमा अहिले कोदालो देखिन्छ। किशोरावस्थामै पढाइ छाडेर ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending