Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

दुई सातादेखि भैरहवामा के गर्दैछन् पूर्वराजा ज्ञानेन्द्र शाह ?

खबरडबली संवाददाता

भैरहवा। पूर्वराजा ज्ञानेन्द्र शाह दुई साताका लागि अघिल्लो आइतबार भैरहवा आएका छन् । साताअघि भैरहवा आएका शाह औपचारिकभन्दा अनौपचारिक भेटघाटमा व्यस्त भएका छन् । उनले विभिन्न व्यक्तिहरुलाई सामुहिक र एक्लाएक्लै पालैपालो भेटघाट गरेका छन् ।

एक सातामा उनी एउटा मात्रै औपचारिक कार्यक्रममा सहभागी भए । शनिवार उनले शिवराज नगरपालिका—३ खरेन्द्रपुर चोक कपलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरे । नेपालमै पहिलोपटक पृथ्वीनारायण शाहले जंगी घोडा चढेको सालिक शिवराज नगरपालिकाले निमार्ण गरेको हो ।

नेपाल एकीरण गरेर नेपाललाई बिश्वभर चिनाउने काम गरेका शाहको इतिहास सधै सम्झनाको लागि शालिक निमार्ण गरिएको बताइएको छ । यस्तै यही पुस १९ गते भैरहवामा पूर्वराजाको नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । नागरिक अभिनन्दन समितिका संयोजक डा। रामप्रसाद बस्यालका अनुसार पूर्व राजालाई भैरहवाको गल्लामण्डीमा अभिनन्दन गर्ने तयारी छ । त्यस्तै १७ गते परासी जाने समितिले जानकारी दिएको छ ।

पूर्व राजा शाह श्रीमती कोमल र नाति हृदयन्द्रसहित यहाँ आएका हुन् । उनी भैरहवास्थित पाँचतारे होटल सिद्धार्थ भिलासामा बसेका छन् । बिहान सुरक्षाकर्मी लिएर मर्निङ वाकमा निस्कने गरेका पूर्वराजा १२ गते भैरहवाको भाटभटेनी सुपरमार्केट गएर किनमेल गरे । १० गते बुटवलको ड्रिम होटलमा पुगेर बिहानको खाना खाएका थिए । भैरहवा मुकाम बनाएर बुटवलको जीतगढी किल्ला र निलकण्ठ धाम, देवदहको पाकरी बृक्ष, नारायणपुर दर्बहवा, शिव मन्दिर लगायतका स्थान भ्रमण गर्ने नागरिक अभिनन्दन समितिका सदस्य सचिव गोपाल शर्माले बताए ।

पूर्वराजा शाहले पालैपालो, एक्लै तथा सामूहिक रूपमा भेट गर्ने गरेका छन् । समितिले भैरहवा पत्रकार सम्मेलन गरि कार्यक्रमबारे जानकारी दिदा समेत नागरिक अभिनन्दनका संयोजक बस्यालले राजासँग भेटघाट नभएको बताएका थिए । उनले स्वागतमा विमानस्थलमा भेट भएको जनाएका थिए । पूर्वराजासँग अरु व्यक्तिगत तथा सामूहिक रूपमा कुराकानी छलफल गरे पनि सार्वजनिक रूपमा भने केही बोलेका छैनन । निजी सुरक्षा युनिटसहित अनौपचारिक भेटघाटमा उनी व्यस्त छन् ।

सञ्चारकर्मीहरूसँगको भेटघाटका लागि समितिले प्रस्ताव गरेको छ । १९ गते पछि नै तालिका बन्ने समतिले जनाएको छ । भैरहवामा नागरिक अभिनन्दनका लागि विभिन्न उपसमिति बनाएर तयारी थालिएको डा। बस्यालले बताए । कार्य सम्पादन उपसमिति, प्रचार प्रसार उप–समिति, आर्थिक व्यवस्थापन, मंच व्यवस्थापन समिति, प्रचार प्रसार, सुरक्षा, अभिनन्दन तयारी, अनुगमन, संघ—संस्था समन्वय, राष्ट्रिय झण्डा व्यवस्थापन, यातायात तथा जनपरिचालन, स्वंयसेवकउप–समिति गठन गरेको नागरिक अभिनन्दन मुल आयोजक समितिका सदस्य सचिव शर्माले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: