भैरहवा। पूर्वराजा ज्ञानेन्द्र शाह दुई साताका लागि अघिल्लो आइतबार भैरहवा आएका छन् । साताअघि भैरहवा आएका शाह औपचारिकभन्दा अनौपचारिक भेटघाटमा व्यस्त भएका छन् । उनले विभिन्न व्यक्तिहरुलाई सामुहिक र एक्लाएक्लै पालैपालो भेटघाट गरेका छन् ।
एक सातामा उनी एउटा मात्रै औपचारिक कार्यक्रममा सहभागी भए । शनिवार उनले शिवराज नगरपालिका—३ खरेन्द्रपुर चोक कपलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरे । नेपालमै पहिलोपटक पृथ्वीनारायण शाहले जंगी घोडा चढेको सालिक शिवराज नगरपालिकाले निमार्ण गरेको हो ।
नेपाल एकीरण गरेर नेपाललाई बिश्वभर चिनाउने काम गरेका शाहको इतिहास सधै सम्झनाको लागि शालिक निमार्ण गरिएको बताइएको छ । यस्तै यही पुस १९ गते भैरहवामा पूर्वराजाको नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । नागरिक अभिनन्दन समितिका संयोजक डा। रामप्रसाद बस्यालका अनुसार पूर्व राजालाई भैरहवाको गल्लामण्डीमा अभिनन्दन गर्ने तयारी छ । त्यस्तै १७ गते परासी जाने समितिले जानकारी दिएको छ ।
पूर्व राजा शाह श्रीमती कोमल र नाति हृदयन्द्रसहित यहाँ आएका हुन् । उनी भैरहवास्थित पाँचतारे होटल सिद्धार्थ भिलासामा बसेका छन् । बिहान सुरक्षाकर्मी लिएर मर्निङ वाकमा निस्कने गरेका पूर्वराजा १२ गते भैरहवाको भाटभटेनी सुपरमार्केट गएर किनमेल गरे । १० गते बुटवलको ड्रिम होटलमा पुगेर बिहानको खाना खाएका थिए । भैरहवा मुकाम बनाएर बुटवलको जीतगढी किल्ला र निलकण्ठ धाम, देवदहको पाकरी बृक्ष, नारायणपुर दर्बहवा, शिव मन्दिर लगायतका स्थान भ्रमण गर्ने नागरिक अभिनन्दन समितिका सदस्य सचिव गोपाल शर्माले बताए ।
पूर्वराजा शाहले पालैपालो, एक्लै तथा सामूहिक रूपमा भेट गर्ने गरेका छन् । समितिले भैरहवा पत्रकार सम्मेलन गरि कार्यक्रमबारे जानकारी दिदा समेत नागरिक अभिनन्दनका संयोजक बस्यालले राजासँग भेटघाट नभएको बताएका थिए । उनले स्वागतमा विमानस्थलमा भेट भएको जनाएका थिए । पूर्वराजासँग अरु व्यक्तिगत तथा सामूहिक रूपमा कुराकानी छलफल गरे पनि सार्वजनिक रूपमा भने केही बोलेका छैनन । निजी सुरक्षा युनिटसहित अनौपचारिक भेटघाटमा उनी व्यस्त छन् ।
सञ्चारकर्मीहरूसँगको भेटघाटका लागि समितिले प्रस्ताव गरेको छ । १९ गते पछि नै तालिका बन्ने समतिले जनाएको छ । भैरहवामा नागरिक अभिनन्दनका लागि विभिन्न उपसमिति बनाएर तयारी थालिएको डा। बस्यालले बताए । कार्य सम्पादन उपसमिति, प्रचार प्रसार उप–समिति, आर्थिक व्यवस्थापन, मंच व्यवस्थापन समिति, प्रचार प्रसार, सुरक्षा, अभिनन्दन तयारी, अनुगमन, संघ—संस्था समन्वय, राष्ट्रिय झण्डा व्यवस्थापन, यातायात तथा जनपरिचालन, स्वंयसेवकउप–समिति गठन गरेको नागरिक अभिनन्दन मुल आयोजक समितिका सदस्य सचिव शर्माले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: