काठमाडौँ जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकारले धरपकड गर्दै पक्राउ गरेकोप्रति असन्तुष्ट व्यक्त गरेका छन् । उनले ‘धोती दिवस’ भन्दै निषेधित क्षेत्रमा र्याली गरेपछि सरकारले धरपकड गर्दै पक्राउ गरेका ५२ जनालाई छाडेपछि पत्रकार सम्मेलन गरेर असन्तुष्ट व्यक्त गरेका छन् ।
उनले प्रहरीलाई समेत व्यंग्य गर्दै भने, ‘प्रहरीको पनि मानसिकता कस्तो छ भने जतिखेर पनि समात्न पाए हुन्थ्यो भन्ने देखिन्छ। अरु राष्ट्रिय पार्टीका अध्यक्षलाई समातेर देखाओस् त । यो त मधेशी पार्टीको हो भनेर समातिहाल्ने ।’
उनले नेपालको संविधानमा बुहभाषिक र बहुसांस्कृतिकको व्यवस्था गरेको अवस्थामा आफ्नो पार्टीले मनाउँदै आएको धोती दिवस मनाएको दावी गरे । राउतले भने ‘जो–जसको जे –जे भेषभुसा हो लगाउन पाउनुपर्छ, एकल भेषभुषा नजाओस् भनेर हामीले धोती दिवस मनाएका हौँ, यो हाम्रो राजनीतिक कार्यक्रम र र्याली थिएन। हामी निषेधित क्षेत्रभन्दा पर आर्ट काउन्सिल अगाडी बसेका थियौं । ओर्लने वित्तिकै प्रहरीले धरपकड गर्न थाल्यो । यो दूर्भाग्यपूर्ण हो ।’
राउतले सरकारको बलमिच्याईको बारेमा संसदमा पनि कुरा उठाउने बताए । उनले भने,‘ सरकारले मन्त्री र सांसदलाई त पक्राउ गर्छ भने यो देशमा आम जनताका लागि के स्वतन्त्रता र न्याय होला ? यस घटनाले पुष्टि गर्दछ ।’
उनले कुनै मन्त्रीले हचुवाको भरमा बोल्दा र भ्रष्टाचार गर्दा पनि पक्राउ नगर्ने सरकारले मधेशी भएकै कारण आफूहरुलाई पक्राउ गरेको आरोप लगाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: