Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

हिउँ र हिउँ चितुवाको मारमा याक र चौँरी

खबरडबली संवाददाता

मनाङ । हिमाली जिल्ला मनाङका बासिन्दाको मुख्य व्यवसाय कृषि, पशुपालन र पर्यटन हो । पर्यटक आगमन वृद्धि भएसँगै पर्यटन व्यवसायको सुरुआत भएको हो भने कृषि र पशुपालन यहाँको परम्परागत व्यवसाय हुन् । 

यहाँका स्थानीय बिस्तारै पशुपालनबाट विमुख हुने अवस्थामा छन् । घाँसको अभावले गर्दा यहाँका बासिन्दा व्यवसाय फेर्न थालेका छन् । बिदेसिने क्रम बढ्नाका साथै परम्परागत व्यवसायबाट लाभ कम हुन थालेसँगै व्यवसाय परिवर्तनको अवस्थामा यहाँका बासिन्दा छन् । 

पहिलेभन्दा हिमपातमा कमी आउँदा पशुपालन किसान मारमा परेका छन् । हिमपात परेको खण्डमा यहाँ याकचौँरीका लागि घाँस पलाउने गर्दछन् । हिमपात कम हुन थालेपछि भने घाँसको कमी हुँदै गएको मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका ६० वर्षीय पशुपालन किसान याङ्चु खण्डा लामाले बताए । 

उनले भने, “पहिले पहिले हिउँदका लागि वस्तुभाउलाई खुवाउन घाँस सुकाएर राखिन्थ्यो, अहिले घाँस नै कम पाइन्छ, पानीको अभावले घाँस नै हुन छाड्दै गएको छ, पहिले समयमा हिउँ पथ्र्यो र घाँस पनि समयमा नै पलाउथ्यो, अहिले घाँस पलाउनै छाड्यो, पहिलेको जस्तो घाँस नै आउँदैन ।” 

पशु पाल्न र कृषिमा लाग्न पानी नै मुख्य आवश्यकता रहेको उनले बताए । उनले भने, “अहिले त खर्क पनि झन् माथि सरेको जस्तो पो लाग्छ, घाँस खोज्दै वस्तुमाथि माथि जान्छन्, हामी पछि लागिरहन्छौँ ।” जतिमाथि गयो उति नै हिउँ चितुवाको डर पनि बढ्दै जाने गरेको उनले बताए । आहाराको अभावले हिउँ चितुवाले अहिले घरपालुवा पशुलाई आक्रमण गर्ने क्रम बढ्दै गएको छ । 

त्यस्तै पशुपालन किसान सोनाम लामाले माथि खर्कमा लैजाँदा चितुवाको जोखिम बढ्दै जाने गरेको बताए । उनले भने, “माथि खर्कमा याकचौँरी चराउन लैजाँदा चितुवाले सताउँछ, गोठमा कुर्दाकुर्दै बाच्छाबाच्छी मार्दिन्छ, कैयौँ दिन त नसुतीकनै गोठ कुरिन्छ, तर पनि हुँदैन ।” 

चितुवाको आक्रमण बढेको सुनाउँदै उनले भने, “चितुवा बढेको हो कि आहारा कम भएको बुझ्नै सकिएको छैन, घाँसको कमी उस्तै छ, हिउँ चितुवाले पनि सताउने क्रम बढेको छ, बाच्छाबाच्छीलाई सुरक्षित राख्ने भनेर खोरमा राखिन्छ, तर कहिलेकहीँ त माउलाई नै मार्दिन्छ, बच्चा हुर्काउनै मुस्किल हुन्छ ।” 

मनाङ ङिस्याङ–१ पिसाङका ७० वर्षीय याङदुङ गुरुङले घाँस कम हुने, गोठाला नपाउने र हिउँ चितुवाको आक्रमण बढ्दै जाँदा पुशपालन घट्दै गएको बताए । उनले भने, “पहिले सयौँ याकचौँरी, भेडा, घोडा पाल्दै आए पनि अहिले घटाउँदै लगेको छु, गोठाला पाउनै मुस्किल छ, घाँस घटेको छ ।” गोठ माथि खर्क लैजाने बेलामा पशुचौपाया हेर्न गोठाला बिना नहुने अवस्था रहेको उनले सुनाए । 

चितुवाको आक्रमणले पशुचौपाय मार्ने र घाइते बनाइदिने भएपछि गोठाला बिना पशु पाल्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । उनले भने, “हिउँ कम पर्छ, हिउँ नपरेपछि केको घाँस पलाउनु पानी नै हुँदैन, पानी र घाँसको अभावले वस्तु पाल्न पनि कम गर्नुपर्ने बाध्यता आउन थालेको छ ।” 

बिस्तारै हिमाली जिल्लामा नै हिउँ कम पर्न थालेको पाइन्छ । हिउँ कम पर्दै जाँदा कृषि र पशुपालनमा लागेका किसान मारमा पर्ने गरेका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending