मनाङ । हिमाली जिल्ला मनाङका बासिन्दाको मुख्य व्यवसाय कृषि, पशुपालन र पर्यटन हो । पर्यटक आगमन वृद्धि भएसँगै पर्यटन व्यवसायको सुरुआत भएको हो भने कृषि र पशुपालन यहाँको परम्परागत व्यवसाय हुन् ।
यहाँका स्थानीय बिस्तारै पशुपालनबाट विमुख हुने अवस्थामा छन् । घाँसको अभावले गर्दा यहाँका बासिन्दा व्यवसाय फेर्न थालेका छन् । बिदेसिने क्रम बढ्नाका साथै परम्परागत व्यवसायबाट लाभ कम हुन थालेसँगै व्यवसाय परिवर्तनको अवस्थामा यहाँका बासिन्दा छन् ।
पहिलेभन्दा हिमपातमा कमी आउँदा पशुपालन किसान मारमा परेका छन् । हिमपात परेको खण्डमा यहाँ याकचौँरीका लागि घाँस पलाउने गर्दछन् । हिमपात कम हुन थालेपछि भने घाँसको कमी हुँदै गएको मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका ६० वर्षीय पशुपालन किसान याङ्चु खण्डा लामाले बताए ।
उनले भने, “पहिले पहिले हिउँदका लागि वस्तुभाउलाई खुवाउन घाँस सुकाएर राखिन्थ्यो, अहिले घाँस नै कम पाइन्छ, पानीको अभावले घाँस नै हुन छाड्दै गएको छ, पहिले समयमा हिउँ पथ्र्यो र घाँस पनि समयमा नै पलाउथ्यो, अहिले घाँस पलाउनै छाड्यो, पहिलेको जस्तो घाँस नै आउँदैन ।”
पशु पाल्न र कृषिमा लाग्न पानी नै मुख्य आवश्यकता रहेको उनले बताए । उनले भने, “अहिले त खर्क पनि झन् माथि सरेको जस्तो पो लाग्छ, घाँस खोज्दै वस्तुमाथि माथि जान्छन्, हामी पछि लागिरहन्छौँ ।” जतिमाथि गयो उति नै हिउँ चितुवाको डर पनि बढ्दै जाने गरेको उनले बताए । आहाराको अभावले हिउँ चितुवाले अहिले घरपालुवा पशुलाई आक्रमण गर्ने क्रम बढ्दै गएको छ ।
त्यस्तै पशुपालन किसान सोनाम लामाले माथि खर्कमा लैजाँदा चितुवाको जोखिम बढ्दै जाने गरेको बताए । उनले भने, “माथि खर्कमा याकचौँरी चराउन लैजाँदा चितुवाले सताउँछ, गोठमा कुर्दाकुर्दै बाच्छाबाच्छी मार्दिन्छ, कैयौँ दिन त नसुतीकनै गोठ कुरिन्छ, तर पनि हुँदैन ।”
चितुवाको आक्रमण बढेको सुनाउँदै उनले भने, “चितुवा बढेको हो कि आहारा कम भएको बुझ्नै सकिएको छैन, घाँसको कमी उस्तै छ, हिउँ चितुवाले पनि सताउने क्रम बढेको छ, बाच्छाबाच्छीलाई सुरक्षित राख्ने भनेर खोरमा राखिन्छ, तर कहिलेकहीँ त माउलाई नै मार्दिन्छ, बच्चा हुर्काउनै मुस्किल हुन्छ ।”
मनाङ ङिस्याङ–१ पिसाङका ७० वर्षीय याङदुङ गुरुङले घाँस कम हुने, गोठाला नपाउने र हिउँ चितुवाको आक्रमण बढ्दै जाँदा पुशपालन घट्दै गएको बताए । उनले भने, “पहिले सयौँ याकचौँरी, भेडा, घोडा पाल्दै आए पनि अहिले घटाउँदै लगेको छु, गोठाला पाउनै मुस्किल छ, घाँस घटेको छ ।” गोठ माथि खर्क लैजाने बेलामा पशुचौपाया हेर्न गोठाला बिना नहुने अवस्था रहेको उनले सुनाए ।
चितुवाको आक्रमणले पशुचौपाय मार्ने र घाइते बनाइदिने भएपछि गोठाला बिना पशु पाल्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । उनले भने, “हिउँ कम पर्छ, हिउँ नपरेपछि केको घाँस पलाउनु पानी नै हुँदैन, पानी र घाँसको अभावले वस्तु पाल्न पनि कम गर्नुपर्ने बाध्यता आउन थालेको छ ।”
बिस्तारै हिमाली जिल्लामा नै हिउँ कम पर्न थालेको पाइन्छ । हिउँ कम पर्दै जाँदा कृषि र पशुपालनमा लागेका किसान मारमा पर्ने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - ०९:३१
काठमाडौं । नेपाली कांग्रेसभित्र चुनावी टिकट वितरणलाई लिएर तीनै प्रमुख गुटका नेताहरू सक्रिय बनेका छन्। यही विषयमा सहमति खोज्ने प्रयासस्वरूप गएराति काठम...
माघ ६ गते, २०८२ - ०९:२६
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताएका छन्। सामाजिक स...
माघ ६ गते, २०८२ - ०९:१८
पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ। जिल्लाभर रहेका कुल १६७...
माघ ६ गते, २०८२ - ०८:१६
काठमाडौं । ‘सुदूरपश्चिममा शेरबहादुर देउवाको उत्तराधिकारी को ?,’ तीन महिनाअघि कांग्रेसको आन्तरिक राजनीति सामान्य रहेकै बेला सुदूरपश्चिममा कार्यकर्ताबीच...
माघ ६ गते, २०८२ - ०८:१०
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर पूर्वमन्त्री प्रदीप यादव नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महान...
माघ ६ गते, २०८२ - ०८:००
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिरमा पुगेर दर्शन गरेका छन्। हिजो साँझ जनकपुरधाम पुगेका श...
माघ ६ गते, २०८२ - ०७:४१
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिका...
माघ ६ गते, २०८२ - ०७:३९
सोलुखुम्बु । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान ...
माघ ६ गते, २०८२ - ०७:३८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि...
माघ ६ गते, २०८२ - ०७:३५
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस ...




प्रतिकृया लेख्नुहोस्: