कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदयात्राका क्रममा गत पुस १४ गतेदेखि हराएका एक जना विदेशी पर्यटक अहिलेसम्म फेला पर्न सकेका छैनन् ।
स्विडेनका २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग पदयात्राका क्रममा मर्दीको हाइक्याम्पबाट बेपत्ता भएको पाँच दिन व्यतित हुँदासमेत खोजी र उद्धारमा जुटेको टोलीले उनको बारेमा केही जानकारी प्राप्त गर्न सकेको छैन ।
पर्यटक हराएको भोलिपल्टदेखिनै खोजीमा सुरक्षाकर्मी, माछापुच्छ्रे गाउँपालिका, पर्यटन व्यवसायी तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाबाट खोजीकर्ता परिचालन भएपनि अवस्था थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
पदमार्गको हाइक्याम्पको होटल म्याजिक माउन्टेनमा शुक्रबार बास बसेर शनिबार बिहान ४ बजे पानी र टर्चलाइटमात्र लिएर मर्दी आधार शिविरतर्फ गएका मिचलको त्यसपछि अवस्था अज्ञात छ । उनले आफ्नो झोलालगायत सामग्री होटलमै छाडेर गएको स्थानीय व्यवसायीको भनाइ छ ।
मर्दीको हाइक्याम्पबाट माथि अन्य होटल तथा रेष्टुराँ छैनन् । हाइक्याम्पबाट चार घण्टाको हिँडाइपछि मर्दी बेसक्याम्प पुगिन्छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले प्रहरीले सम्पर्क विहीन पर्यटकको खोजी गरे पनि अवस्था थाहा हुन नसकेको बताए ।
“पर्यटक हराएको सूचनालगत्तै स्थानीय प्रहरी तथा पोखराबाट प्रहरी टोली गएर खोजी कार्यलाई निरन्तरता दिएका छौँ”, विकले भने, “फेला पर्न सक्ने सम्भावना भएका सबै ठाउँमा खोजी गरे पनि अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।”
मर्दी हिमाल पर्यटन व्यवस्थापन समितिका सचिव प्रदीप गौतमले चार हजार आठ सय मिटर उचाइको मर्दीको ‘अपरबेसक्याप’सम्म पुगेर खोजी गरिएको जानकारी दिए । हिउँ परिरहेको र अप्ठ्यारो बाटोका कारण खोजीमा समस्या भएको उनले बताए । गौतमले हेलिकप्टरबाट खोजी र उद्धारका लागि पहल भइरहेको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - ०९:३१
काठमाडौं । नेपाली कांग्रेसभित्र चुनावी टिकट वितरणलाई लिएर तीनै प्रमुख गुटका नेताहरू सक्रिय बनेका छन्। यही विषयमा सहमति खोज्ने प्रयासस्वरूप गएराति काठम...
माघ ६ गते, २०८२ - ०९:२६
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताएका छन्। सामाजिक स...
माघ ६ गते, २०८२ - ०९:१८
पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ। जिल्लाभर रहेका कुल १६७...
माघ ६ गते, २०८२ - ०८:१६
काठमाडौं । ‘सुदूरपश्चिममा शेरबहादुर देउवाको उत्तराधिकारी को ?,’ तीन महिनाअघि कांग्रेसको आन्तरिक राजनीति सामान्य रहेकै बेला सुदूरपश्चिममा कार्यकर्ताबीच...
माघ ६ गते, २०८२ - ०८:१०
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर पूर्वमन्त्री प्रदीप यादव नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महान...
माघ ६ गते, २०८२ - ०८:००
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिरमा पुगेर दर्शन गरेका छन्। हिजो साँझ जनकपुरधाम पुगेका श...
माघ ६ गते, २०८२ - ०७:४१
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिका...
माघ ६ गते, २०८२ - ०७:३९
सोलुखुम्बु । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान ...
माघ ६ गते, २०८२ - ०७:३८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि...
माघ ६ गते, २०८२ - ०७:३५
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस ...




प्रतिकृया लेख्नुहोस्: