चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकाले सुन्तलाखेती गर्ने उत्कृष्ट कृषि समूह र सहकारीमा आबद्ध किसानलाई बुधबार कृषि सामग्री वितरण गरेको हो ।
गाउँपालिकाले ६० वटा क्रेट, कृषिजन्य, तरकारी तौल गर्ने छवटा डिजिटल मेसिन, एक हजार किलो कृषि चुन, एक सय किलो शुष्म पोषण तत्व, सुन्तला टिप्न प्रयोग गरिने २४ वटा कैँची पाँचवटा कृषि समूह र एक सहकारीलाई कृषि सामग्री वितरण गरिएको जनाएको छ ।
सुन्तला महोत्सवको समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेश सरकारका कृषि तथा पशुपक्षीमन्त्री डा राजेन्द्रमान श्रेष्ठले किसानलाई ती सामग्री वितरण गरेका हुन् । सो अवसरमा श्रेष्ठले सामूहिक खेतीमा जोड दिन सुझाव दिए ।
मन्त्री श्रेष्ठले भने, “हामीले एक्लाएक्लै खेती धेरै गरयौँ, समस्यासँग जुध्न जानेनौँ सकेनौँ पछाडि पर्दै गयौँ, त्यसैले अब हामी सामूहिक ढङ्गले कृषि गर्ने कुरामा जोडिरहेका छौँ ।” उनले बागमती प्रदेश सरकारले सामूहिक खेतीका लागि अनुदानको व्यवस्था गरेको बताए । प्रत्येक पालिकाको एउटा वडामा एउटा कृषि उपजका रूपमा पकेट क्षेत्र घोषणा गर्न गइरहेको जानकारी दिए ।
“सामूहिककरणका लागि केही दिनमै हामी प्रत्येक पालिकाको एउटा वडालाई एउटा कृषि उपजको रूपमा पकेट क्षेत्र घोषणा गर्न गइरहेका छौँ । प्रदेश सरकारले तत्कालै रु ४० लाखभन्दा बढी अनुदान दिने छौँ”, उनले भने, “त्यसमा पालिकाबाट १५ प्रतिशत र कृषकबाट १५ प्रतिशत लागानी हुने छ । पचासदेखि एक सय जना कृषक मिलेर सामूहिक ढङ्गले खेती गर्न सकिने छ ।” आधुनिक औजार प्रयोग गरी कृषिलाई व्यावसायिकरूपमा औद्योगिकीकरण गरेर जान सामूहिक खेती आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा कृषि विभागका महानिर्देशक डा हरिबहादुर केसीले सुन्तलालाई राष्ट्रिय फलको रूपमा घोषणा गर्न पहल भइरहेको बताए । राष्ट्रिय फल घोषणा गर्न मन्त्रालयमा फाइल पुगेको र छलफल भइरहेको बताए ।
इच्छाकामना उत्पादन हुने सुन्तलाबारे आफू जानकार रहेको बताउँदै उहाँले यहाँ आएर बोटमै सुन्तला खान पाउँदा खुसी लागेको बताउनुभयो । थोरै लागनीमा धेरै आम्दानी गर्न सकिने उनको भनाइ छ । सुन्तलाको बजारीकरण तथा किसानलाई प्रोत्साहन गर्न सुन्तला महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए ।
सुन्तला महोत्सवमा कसले धेरै सुन्तला खाने प्रतियोगिता आयोजना गरिएको थियो । सो अवसरमा दक्ष कृषि प्राविधिकद्वारा रोगव्यादीसम्बन्धी तालिम दिनुका साथै स्थानीय उत्पादनको परिकार पाहुनलाई खुवाइएको थियो । महोत्सवमा स्थानीय चेपाङ तथा गुरुङ समुदायको कला संस्कृति झल्किने झाँकी प्रस्तुत समेत गरिएको थियो । महोत्सव पुस १६ देखि १८ गतेसम्म चलेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: