मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको माथिल्लो भेगमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको पाँच शय्याको आधारभूत अस्पताल भवन एक वर्षदेखि प्रयोगविहीन अवस्थामा छ। –४ धुराङमा निर्माण सम्पन्न भएको उक्त दुईतले भवन जनशक्ति, उपकरण र व्यवस्थापन अभावका कारण सञ्चालनमा आउन नसकेको हो।
नेपाल–चीन सीमावर्ती क्षेत्रका नागरिकलाई विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाको लागत साझेदारीमा अस्पताल भवन निर्माण गरिएको थियो। आर्थिक वर्ष २०७८/७९ मा सुरु भएको निर्माण कार्य कोभिड महामारीका कारण ढिलाइ भए पनि गत वर्ष फागुनमा सम्पन्न भएको थियो। करिब सात करोड १९ लाख रुपैयाँ लागतमा बनेको २७ कोठे भवनमा शल्यक्रिया कक्ष, एक्स–रे, ल्याब, प्रसूति कक्ष, फार्मेसी तथा चिकित्सक–स्वास्थ्यकर्मीका लागि आवाससमेत तयार गरिएको छ।
तर, भवन तयार भए पनि आवश्यक चिकित्सक, नर्स, प्राविधिक जनशक्ति र स्वास्थ्य उपकरणको अभावले अस्पताल सञ्चालन हुन सकेको छैन। हाल माथिल्लो मुस्ताङमा सामान्य उपचारका लागि स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य इकाइ मात्र सञ्चालनमा छन्। गम्भीर बिरामी पर्दा स्थानीयवासीले करिब १०० किलोमिटर टाढाको पुग्नुपर्ने बाध्यता छ। कतिपय अवस्थामा त्यहाँबाट पनि पर्याप्त सेवा नपाउँदा बिरामीलाई वा लैजानुपर्ने अवस्था रहेको स्थानीयहरू बताउँछन्।
लोमान्थाङ गाउँपालिकाका स्वास्थ्य संयोजक तेन्जिङ नर्बु गुरुङका अनुसार अस्पताल सञ्चालनका लागि आवश्यक दरबन्दी, उपकरण र पूर्वाधार व्यवस्थापन नभएसम्म सेवा सुरु गर्न सम्भव छैन। उनका अनुसार गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्रीको भ्रमणपछि अस्पतालका लागि आवश्यक उपकरण खरिद गर्न करिब डेढ करोड रुपैयाँ बराबरको लागत अनुमान र विवरण प्रदेश सरकारलाई पठाइसकिएको छ। तर, मन्त्रिपरिषद्बाट स्वीकृति प्रक्रिया टुंगो नलाग्दा विषय अन्योलमै रहेको बताइएको छ।
‘हामीले आवश्यक कागजात र लागत विवरण पठाइसकेका छौँ,’ गुरुङले भने, ‘तर हालसम्म स्वीकृति र बजेट व्यवस्थापनबारे स्पष्ट जानकारी आएको छैन।’
स्थानीयका अनुसार भवन बजार क्षेत्रभन्दा करिब आधा घण्टा पैदल दूरीमा रहेकोले तत्काल हेल्थ पोस्ट स्थानान्तरण गरेर सेवा सञ्चालन गर्न सकिने भए पनि पहुँच र व्यवस्थापनका कारण त्यो सम्भव हुन सकेको छैन।
हिमाली क्षेत्रका नागरिक र पर्यटक दुवैका लागि महत्वपूर्ण मानिएको उक्त अस्पताल सञ्चालनमा नआउँदा स्थानीयवासी निराश छन्। उनीहरू संघीय र प्रदेश सरकारले समन्वय गरी तत्काल जनशक्ति र उपकरण व्यवस्थापन गरेर अस्पताल सञ्चालनमा ल्याउनुपर्ने माग गरिरहेका छन्।
स्वास्थ्य पूर्वाधार बने पनि सेवा सञ्चालन नहुँदा मुस्ताङबासीले अझै पनि जोखिमपूर्ण यात्रा गरेर उपचार खोज्नुपर्ने बाध्यता झेलिरहेका छन्। हिमाली भेगको जीवनस्तर उकास्ने उद्देश्यले निर्माण गरिएका संरचना व्यवहारमा नआएसम्म स्थानीयको पीडा कम नहुने देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - ०९:५९
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरी...
फाल्गुन ३० गते, २०८२ - ०९:५७
भोजपुर । भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । यो समयमा रोपिएको खुर्सानीले तुलनात्मक रूपमा छिट्टै उत्पादन दिने भएकाले किसान...
फाल्गुन ३० गते, २०८२ - ०९:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
फाल्गुन ३० गते, २०८२ - ०९:५४
धनकुटा । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई साधारण सदस्य नरहने गरि कारबाही गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्त...
फाल्गुन ३० गते, २०८२ - ०८:१६
बाँके । क्यान्सर रोग उपचारका नवीन प्रविधिबारे नेपालगञ्जमा नेपाल र भारतका चिकित्सकबीच अनुभव आदान–प्रदान गरिएको छ । भारतको लखनउस्थित म्याक्स सुपर स्प...
फाल्गुन ३० गते, २०८२ - ०८:१४
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र ...
फाल्गुन ३० गते, २०८२ - ०८:१३
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।...
फाल्गुन ३० गते, २०८२ - ०८:०५
भवन बन्यो, सेवा आएन: लोमान्थाङ अस्पताल अलपत्र
फाल्गुन ३० गते, २०८२ - ०८:०३
कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई आज अनुदानमा मिनी पावर टिलर वितरण गरिएक...
फाल्गुन ३० गते, २०८२ - ०७:४५
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरेको छ । बजारमा ग्यासको आपूर्ति...


प्रतिकृया लेख्नुहोस्: