Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

एमालेद्वारा साँगुरीगढी उपाध्यक्षलाई साधारण सदस्य नरहने गरी कारबाही

खबरडबली संवाददाता

धनकुटा । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई साधारण सदस्य नरहने गरि कारबाही गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्तरघात गरेको भन्दै एमाले धनकुटाको जिल्ला कमिटीको विस्तारित बैठकले उनलाई कारबाही गरेको हो  ।  

जिल्ला कमिटी बैठकमा विषय उठेपछि उपाध्यक्ष राईमाथि साधारण सदस्य नरहने गरि कारबाही गरिएको नेकपा एमाले धनकुटा प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।  

राई २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट साँगुरीगढी गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बनेर निर्वाचित भएकी हुन् । उनी एमाले धनकुटा जिल्ला कमिटी सदस्य समेत रहेकी थिइन् । उपाध्यक्ष राईले चुनावमा नेपाली कांग्रेसको पक्षमा लागेर एमालेलाई असहयोग गरेको आरोप लागेको प्रचार विभाग प्रमुख कटेलले जानकारी दिए । उनलाई कारबाही गरिएको जानकारी एमालेले निर्वाचन आयोगलाई पनि पठाएको जनाएको छ ।

पार्टीले कारवाही गरेपछि उनको पद धरापमा परेको बताउने गरिएको छ । पार्टीले कारबाही गरेपछि जनप्रतिनिधिको पद रहने वा नरहने निर्वाचन आयोगले निर्णय गर्नेछ । यद्यपी कतिपय जनप्रतिनिधिलाई पार्टीले कारबाही गरेपछि आयोगले जनप्रतिनिधिको पदबाट पनि हटाउँदा अदालत आयोगको निर्णय उल्टाउने गरेको नजिर पनि रहेको रहेको छ ।

त्यसैगरी बैठकले प्रतिनिधि सभा निर्वाचनका क्रममा पार्टीविरुद्ध अन्तर्घात गरेको आरोप लागेका कार्यकर्तामाथि कारबाही गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । भीम राईको संयोजकत्वमा गठन गरिएको समितिमा हिमादेवी भट्टराई र एम।पी। उपाध्याय सदस्य रहेका छन् ।

यता आफूलाई गरिएको भनिएको कारबाही प्रति प्रतिक्रिया दिँदै साँगुरीगढी गाउँपालिका उपाध्यक्ष राईले हालसम्म औपचारिक जानकारी प्राप्त नभएको बताइन् । उनले विगतदेखि आफूलाई कारबाहीको नाममा दबाब दिने प्रयास भइरहेको बताउँदै यदि कारबाही भएको हो भने त्यसलाई स्वाभाविक रूपमा लिने प्रतिक्रिया दिएकी छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने

काठमाडौँ । अमेरिकाले इरानका नवनियुक्त सर्बोच्च नेता मोजतबा खामेनीसहित १० शीर्ष इरानी अधिकारीहरुको टाउकोमा मोल तोकेर सूचना जारी गरेको छ । अमेरिकाको ...

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरी...

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर । भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । यो समयमा रोपिएको खुर्सानीले तुलनात्मक रूपमा छिट्टै उत्पादन दिने भएकाले किसान...

​ यस्तो छ आज फलफूल र तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

एमालेद्वारा साँगुरीगढी उपाध्यक्षलाई साधारण सदस्य नरहने गरी कारबाही

धनकुटा । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई साधारण सदस्य नरहने गरि कारबाही गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्त...

क्यान्सर उपचारमा अनुभव आदानप्रदान

बाँके । क्यान्सर रोग उपचारका नवीन प्रविधिबारे नेपालगञ्जमा नेपाल र भारतका चिकित्सकबीच अनुभव आदान–प्रदान गरिएको छ । भारतको लखनउस्थित म्याक्स सुपर स्प...

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौँका यी स्थानमा आज काटिँदैछ बिजुली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ ।   प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र ...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।...

सात करोडको अस्पताल सुनसान, मुस्ताङबासी उपचारका लागि भौतारिँदै

भवन बन्यो, सेवा आएन: लोमान्थाङ अस्पताल अलपत्र

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई आज अनुदानमा मिनी पावर टिलर वितरण गरिएक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: