Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

मन्त्री सुदन किराँतीविरुद्ध उजुरी, ३ वर्ष कैदको माग

खबरडबली संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीविरुद्ध धार्मिक भावनामा आँच पुर्‍याएको भन्दै उजुरी परेको छ ।काठमाडौंका ध्रुवराज लुईंटेलले मन्त्री किराँतीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका हुन् । 

यही ४ पुसमा प्रज्ञा भवन कमलादीमा आयोजित सार्वजनिक कार्यक्रममा मन्त्री किराँतीले दिएको अभिव्यक्तिले धार्मिक भावना आघात पुगेकाले उनलाई पक्राउ गरी ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिमाना गराउन निवेदक लुईंटेलले माग गरेका छन् ।

‘म जाहेरवाला लामो समय अगाडिदेखि हिन्दु धर्मको भावनाले ओतप्रोत भई धर्मको माध्यमले राज्यलाई सशक्तिकरण गर्ने र एकतामा राख्न सक्छ भनी धार्मिक सेवा गरी हिडी आएको एक वैदिक सनातनी धार्मिक व्यक्ति हुँ । विपक्षी सुदन किराती भन्ने सुदन राई नेपाल सरकारको पर्यटन संस्कृति मन्त्री भई कार्य गरेकोमा नेपालको संस्कृति र पर्यटन क्षेत्रमा काम गर्नु पर्नेमा विपक्षीले मिति २०८०र९र१४ गते भएको भेलामा क्रिश्चियन मान्दिन ‘भन्नुु संविधान मान्दिन भन्नु हो, संविधान मान्दिन भन्ने देश द्रोही हो, देशद्रोहीलाई हत्कडी लगाउने र जेलमा हालिने भनी भाषण गरी निजले भाषणबाट जात जाति सम्प्रदाय र वर्गको धार्मिक भावनामा सनातन कालदेखि चलिआएको धर्मलाई आघात पुर्‍याई क्रिश्चियनवाहेक अन्य धर्मलाई हेयको रुपमा हेरी धार्मिक प्रचार समेत गरेको तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १२६ मा कसैले जात जाति, सम्प्रदाय वा वर्गको भावनामा आघात पुर्‍याउन हुँदैन भन्ने कानुनी व्यवस्थाको बर्खिलापमा क्रिश्चियन धर्म नमान्ने देश द्रोही भएको अफवाह फैलाई अन्य धार्मिक भावनामा आघात पुर्‍याएको, विपक्षी कसूरदारले क्रिश्चियन धर्मको प्रचारक जस्तो बनी अन्य वैदिक सनातन धर्मप्रति हेय तथा भेदभावपुर पुर्‍याएकोले विपक्षीले गरेको उक्त मितिको भाषण सामाजिक सञ्जालमा भाइरल समेत भै रहेको हुँदा विपक्षीबाट धार्मिक भावनामा आघात पुगेको हुँदा विपक्षीलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को दफा १५६(१) को कसूरमा ऐ। को दफा १५६ ९२० बमोजिम ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना समेत गराई पाउँ,’ निवेदकमा उल्लेख गरिएको छ । 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: