Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

१८ लाखभन्दा बढी नक्कली नोटसहित पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । रौतहट प्रहरीले १८ लाख रुपैयाँ भन्दा बढी नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुजरा नगरपालिका–५ हरिहरपुरका २५ वर्षीय सन्दीप यादव रहेका छन् । 

उनलाई प्रहरीले १ हजार दरको नोट थान १ हजार ८ सय ४३ अर्थात १८ लाख ४३ हजार नगद सहित पक्राउ गरेको हो । देवाही गोनाही नगरपालिका– ८ पटेल चौक नजिकबाट यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी एलिजा गिरीले जानकारी दिइन् ।

नक्कली नोटसहित यादवको साथबाट विभिन्न बैंकको एटिएम भिसा कार्ड ५ थान, चेक ३ थान र मोबाइल एक थान बरामद भएको डिएसपी गिरीको भनाइ छ । पक्राउ परेका यादवलाई मुद्रासम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय रौतहटका विभिन्न ग्रामिण बजारबाट फाटफुट रुपमा नक्कली नोट बरामद हुन थालेपछि प्रहरीले आफ्नो संयन्त्र प्रयोग गर्दै गोप्य सूचनाका आधारमा सो रकम बरामद गरेको हो ।

ब्यपारीलाइ धम्काएर पैसा माग्ने पक्राउ
यस्तै, प्रहरीले धाकधम्की दिई फिरौती रकम माग्ने फतुवा विजयपुर नगरपालिका–८ का ३४ वर्षीय भगवान साहलाई पक्राउ गरेको छ ।

एक जना व्यापारीलाई पटक पटक फोन गरी ज्यान मार्ने धम्की दिएर ५ लाख देखि ५० लाख रुपैयाँसम्म रकम मागेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । पक्राउ परेका साहलाई आपराधिक लाभ ९एक्सटर्सन० सम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको डिएसपी गिरीले जानकारी दिएकी छिन् ।

काठ तस्करी अभियोगमा दुई पक्राउ
उता, डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटले बुधबार राति पिकअप भ्यानसहित काठ बरामद गरेको छ । जंगलसहिया सब डिभिजन वन कार्यालयअन्तर्गतको जंगलबाट सो काठ बरामद भएको हो ।

डिभिजन वन कार्यालय रौतहटका रेन्जर लक्ष्मी कर्णको नेतृत्वमा गएको टोली र जंगलसहिया सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत आरिफ हुसेनको नेतृत्वमा गएको टोलीले सो काठ, पिकअप भ्यान र २ जना काठ तस्कर पक्राउ गरेको डिभिजन वन कार्यालय रौतहटका सूचना अधिकारी बिमल ठाकुरले जानकारी दिए ।

काठको साथसाथै जितपुर सिमरा उपमहानगरपालिका–२३ का आजम हुसेन र निजगढ–९ सिंगौलका अजयकुमार चौधरीसमेत पक्राउ परेको उनले जानकारी दिए ।

यस अघि मंगलबार पनि बृन्दावन नगरपालिका–८ बरगजवा टोलबाट पनि करिब ५० क्युफिट काठ गरुडा प्रहरीले पक्राउ गरेको थियो ।

केही दिनयता रौतहटका जंगलमा काठ तस्करहरु सल्बलाएको पाइएको छ । वलरी क्षेत्रबाट सर्लाहीका तस्करहरु सक्रिय छन भने रंगपुर तथा जंगलसहिया वन क्षेत्रमा बाराका काठ तस्करहरु सक्रिय रहेको पाइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending