Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

राष्ट्रियसभामा एमालेलाई तीन सिट दिन गठबन्धन तयार

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रियसभामा एमालेलाई तीन सिट दिन गठबन्धन तयार भएको छ । माघ ११ गते सम्पन्न हुने आसन्न राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लाई पनि समेटेर जाने सत्तारूढ गठबन्धन तयार भएको हो ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतलाई केन्द्रमा राख्दै एमालेलाई समेटेर जाने विषयमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेलाई पनि समेटेर लान तयार भएका हुन् ।

यता सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भने एमालेलाई समेटेर जान नहुने अडानमा रहेका  छन् । अर्को सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सुनिश्चितता खोजेर मात्रै एमालेलाई समेट्नुपर्ने बताउँछन् । 

यहीकारण अहिलेसम्म एमालेलाई समेट्ने कि नसमेट्ने, समेटिँदा कति सिट दिने भन्नेबारे गठबन्धन अलमलमै छ । तर, समेटेरै अगाडि बढ्नुपर्ने अवस्था आउँदा तीन सिट दिन गठबन्धन तयार रहेको गठबन्धनसम्बद्ध दलका नेताहरू बताउँछन् ।

एमालेलाई समेटेर लाने विष्यामा सहमति जुटिसकेको नसकेपनि एमालेलाई ३ सिटसम्म दिन सकिने विष्यमा छलफल भई रहेको माओवादी केन्द्रका एक नेताले बताए । एमालेले कम्तिमा ६ सिट मागेको र उसले भनेजती नभएर तीनसिट दिनमा भने गठबन्धनका नेताहरु सहमतीमा आउने उनको भनाई छ । 

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विषयमा एमालेलाइ पनि समेट्नु पर्रने हुँदा उसले खाेजेकै जति संख्या नभएर केही सिट दिन सकिने र त्यसमा सहमतीमा एमाले आउनु पर्ने कांग्रेस निकट स्राेतले बतायाे ।

फागुन २० गते अध्यक्षसहित २० जना राष्ट्रियसभा सदस्यहरूको पदावधि सकिनेमध्ये एमालेका ८ जना रहेका छन् । तर, यता गठबन्धनसम्बद्ध दलहरूले भने आफ्नो दलले प्रतिनिधित्व रिक्त सिट आफैँ लिने र मुख्यगरी एमालेकै ८ सिट बाँडफाँट गर्ने सहमति बनेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending