Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

योग र ध्यानको आभ्यासबाट सुशासनको अभियान सार्थक: गृहमन्त्री

खबरडबली संवाददाता

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग र ध्यानको नियमित अभ्यासबाट सुशासनको अभियानलाई सार्थक बनाउन महत्वपूर्ण सहयोग मिल्ने बताएको छन् ।

गृह मन्त्रालयको समन्वयमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित ध्यानद्वारा ऊर्जा जागरणको एक दिवसीय कार्यशालाको आज उद्घाटन गर्दैै उपप्रधानमन्त्री श्रेष्ठले समाजलाई सकारात्मक मार्गमा डोहोर्‍याउन र विश्वभर मानवताको प्रवद्र्धन गर्न योगध्यानको महत्वपूर्ण भूमिका रहेको बताए।

“योग शारीरिक अभ्यास मात्र नभएर मनको विज्ञान पनि हो”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “ध्यानमार्फत व्यक्ति पूर्ण जागृत अवस्थामा पुग्छ, यसबाट व्यक्तिको कार्यक्षमता पनि अभिवृद्धि हुन्छ ।” उनले दैनिक योगाभ्यास तथा ध्यानको प्रयोगबाट तनावमुक्त जीवनयापन, गहिरो शान्ति, सत्चरित्रवान् र ऊर्जावान् बन्न प्रेरित तथा परिणाममुखी काम गर्न सकिने दृष्टान्त दिए ।

उपप्रधानमन्त्री श्रेष्ठले योग तथा ध्यानको प्रयोगले प्रशासन र सुरक्षा निकायका कर्मचारीलाई असल मनसायका साथ कार्यसम्पादन गर्न प्रेरित गर्ने तथा राज्यले सुम्पेका जिम्मेवारी पूरा गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरे। उनले योग, ध्यान तथा सकारात्मक ऊर्जाको विकासलाई सरकारले थालनी गरेको सुशासनको अभियानसँग जोडेर अघि बढाइएको बताए।

यसखालका कार्यक्रमबाट गृह प्रशासनका कर्मचारी र सुशक्षार्कीको दायित्व तथा जिम्मेवारी झन प्रभावकारी बन्ने उहाँको विश्वास छ । “सरकारले सञ्चालन गरेको सुशासनको अभियानलाई सफल बनाउन योगध्यान कार्यक्रमबाट सहयोग पुग्नेछ”, उनले भने, “अनियमितता, भ्रष्टाचार र ढिलासुस्तीलाई न्यूनीकरण गर्न पनि ध्यान विज्ञानले सहयोग गर्नेछ ।”

गृह मन्त्रालयले औपचारिक निर्णय गरेर नै प्रत्येक कार्यालयमा कामका सुरुआतमा १५ मिनेट ध्यान गरेर सकारात्मक ऊर्जाका साथ काम गर्ने वातावरण बनाएको उपप्रधानमन्त्री श्रेष्ठले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: