काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक अवस्थामा लयमा फर्किन लागेको बताउँदै बन्द सटरहरु खुल्ने भएका छन् । कोभिड महाभारीले विश्व अर्थतन्त्रमा पारेको प्रभावबाट नेपाल पनि अछुत हुन नसकेको बताए ।“कोभिड महामारीले विश्व अर्थतन्त्रमा परेका दबाबबाट नेपाल पनि अछुत रहेन । बिस्तारै अर्थतन्त्र लयमा फर्किँदैछ । बन्द भएका सटरहरु अब बिस्तारै खुल्दैछन्” मन्त्री बस्नेतले भने । उनले सरकारले निर्माण व्यवसायीको बाँकी भुक्तानी पठाईसकेको जानकारी समेत दिए ।
शनिवार नेपाल उद्योग व्यापार महासंघको दोस्रो वार्षिक साधारणसभामा बोल्दै नेपाल श्रीलंका बन्छ भन्ने हल्लाबीच वर्तमान सरकार बनेको बताउँदै अब त्यस्तो नरहेको समेत बताए । “नेपाली श्रीलंका बन्छ भन्ने हल्ला अब छैन, बिस्तारै देश बर्बादीतिर होइन समृद्धितिर अघि बढेको छ । चुनौती र दबाब भने अवश्य छन्” मन्त्री बस्नेतले भने ।
मन्त्री बस्नेतले १२ बर्षमा २९ हजार मेगावट विद्युत उत्पादन गरेर देशलाई समृद्धिको यात्रामा अघि बढाउन सरकार लागि परेको बताए । प्रधानमन्त्रीले प्रचण्डले आफैबाट सुशासनको अभियान सुरु गरेको बताउँदै मन्त्री बस्नेतले तथ्यहरुले देश प्रगतिको दिशातिर गएको देखाएको दाबी गरे ।
कार्यक्रममा पूर्वमुख्य सचिव लिलामणि पौडेलले देशलाई समृद्धिको यात्रामा लैजान सबै एकजट भएर लाग्नुपर्नेमा जोड दिए । व्यवसायी कृष्ण आचार्यले अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बताउँदै चुनौती अझै बाँकी रहेको बताउँदै सरकारले अझै मेहनत गर्नुपर्नेमा जोड दिए । उनले विकास निर्माणको लागि विद्युत उत्पादन अनिवार्य भएको बताउँदै सरकारी ऐन निकै झनझटिलो भएको बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारका पछिल्ला कदमले अर्थतन्त्र लयमा फर्किने वातावरण बन्दै गएको बताए । उनले प्रधानमन्त्री प्रचण्डले एकवर्षको पुगेका अबसरमा गरेको घोषणाले निजी क्षेत्र उत्साहित बनेको बताउँदै अर्थतन्त्र चलायमान बनाउन विकास खर्च बढाउनुपर्नेमा जोड दिए ।
नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष नन्दबहादुर केसी, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवाल, एभरेष्ट इन्ड्रिटिज कमर्श भारतका अध्यक्ष युवराज बराल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर बस्नेतलगायतले अर्थतन्त्र सुधारको बाटोमा जान लागेको धारणा राखेका थिए । उनीहरुले सरकारले लगानीमैत्री वातवरण बनाउनुपर्नेमा जोड दिए ।
महासंघका अध्यक्ष लिमलाल भण्डारीले समाजवादी अर्थतन्त्र निर्माणको लागि आफूहरु लागेको बताउँदै सरकारका पछिल्ला कदमहरुले व्यवसायीहरुमा आशा पलाउन थालेको बताए । कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठले संगठनको अगाडि सारेका आर्थिक सुधारको एजेण्डबारे चर्चा गरेका थिए भने महासंघ खिमनारायण पराजुलीले संचालन गरेका थिए ।
महासंघको बन्द सत्रले आफ्नो आगामी योजना तय गर्ने बताइएको छ । साधारणसभा आइतबार सम्पन्न हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: