Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

नेपाली श्रीलंका बन्छ भन्ने हल्ला अब छैन : ऊर्जामन्त्री बस्नेत

खबरडबली संवाददाता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक अवस्थामा लयमा फर्किन लागेको बताउँदै बन्द सटरहरु खुल्ने भएका छन् । कोभिड महाभारीले विश्व अर्थतन्त्रमा पारेको प्रभावबाट नेपाल पनि अछुत हुन नसकेको बताए ।“कोभिड महामारीले विश्व अर्थतन्त्रमा परेका दबाबबाट नेपाल पनि अछुत रहेन । बिस्तारै अर्थतन्त्र लयमा फर्किँदैछ । बन्द भएका सटरहरु अब बिस्तारै खुल्दैछन्” मन्त्री बस्नेतले भने । उनले सरकारले निर्माण व्यवसायीको बाँकी भुक्तानी पठाईसकेको जानकारी समेत दिए ।

शनिवार नेपाल उद्योग व्यापार महासंघको दोस्रो वार्षिक साधारणसभामा बोल्दै नेपाल श्रीलंका बन्छ भन्ने हल्लाबीच वर्तमान सरकार बनेको बताउँदै अब त्यस्तो नरहेको समेत बताए । “नेपाली श्रीलंका बन्छ भन्ने हल्ला अब छैन, बिस्तारै देश बर्बादीतिर होइन समृद्धितिर अघि बढेको छ । चुनौती र दबाब भने अवश्य छन्” मन्त्री बस्नेतले भने ।

मन्त्री बस्नेतले १२ बर्षमा २९ हजार मेगावट विद्युत उत्पादन गरेर देशलाई समृद्धिको यात्रामा अघि बढाउन सरकार लागि परेको बताए । प्रधानमन्त्रीले प्रचण्डले आफैबाट सुशासनको अभियान सुरु गरेको बताउँदै मन्त्री बस्नेतले तथ्यहरुले देश प्रगतिको दिशातिर गएको देखाएको दाबी गरे ।

कार्यक्रममा पूर्वमुख्य सचिव लिलामणि पौडेलले देशलाई समृद्धिको यात्रामा लैजान सबै एकजट भएर लाग्नुपर्नेमा जोड दिए । व्यवसायी कृष्ण आचार्यले अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बताउँदै चुनौती अझै बाँकी रहेको बताउँदै सरकारले अझै मेहनत गर्नुपर्नेमा जोड दिए । उनले विकास निर्माणको लागि विद्युत उत्पादन अनिवार्य भएको बताउँदै सरकारी ऐन निकै झनझटिलो भएको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारका पछिल्ला कदमले अर्थतन्त्र लयमा फर्किने वातावरण बन्दै गएको बताए । उनले प्रधानमन्त्री प्रचण्डले एकवर्षको पुगेका अबसरमा गरेको घोषणाले निजी क्षेत्र उत्साहित बनेको बताउँदै अर्थतन्त्र चलायमान बनाउन विकास खर्च बढाउनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष नन्दबहादुर केसी, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवाल, एभरेष्ट इन्ड्रिटिज कमर्श भारतका अध्यक्ष युवराज बराल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर बस्नेतलगायतले अर्थतन्त्र सुधारको बाटोमा जान लागेको धारणा राखेका थिए । उनीहरुले सरकारले लगानीमैत्री वातवरण बनाउनुपर्नेमा जोड दिए ।

महासंघका अध्यक्ष लिमलाल भण्डारीले समाजवादी अर्थतन्त्र निर्माणको लागि आफूहरु लागेको बताउँदै सरकारका पछिल्ला कदमहरुले व्यवसायीहरुमा आशा पलाउन थालेको बताए । कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठले संगठनको अगाडि सारेका आर्थिक सुधारको एजेण्डबारे चर्चा गरेका थिए भने महासंघ खिमनारायण पराजुलीले संचालन गरेका थिए ।

महासंघको बन्द सत्रले आफ्नो आगामी योजना तय गर्ने बताइएको छ । साधारणसभा आइतबार सम्पन्न हुनेछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: