अलिसान महल र महँगा मोटरसहितको फाइफुइँ हेर्दा उनीहरू कम्युनिस्ट पार्टीका नेता जस्ता लाग्न छाडिसकेका छन्
माओवादीभित्रै वर्गीय खाडल जन्मँदै, हुर्कंदै र फैलँदै गएको छ । आफ्नो मुद्दा भुलेर सत्ता र पदको लोभमा नेताहरू फस्दै गएका छन् ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले भादौ १६ गतेदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्यो । भदौ १६ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी मुख्यालय पेरिसडाँडाबाट उद्घाटन गरेकाे अभियान पौष १६ मा समापन भएको थियो ।
मुलुकमा राजनीतिक परिवर्तन र रूपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको थियो । पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान पनि खोजियो । तर, २०६३ को बृहत शान्ति सम्झौता पश्चात जनताले चोहोको माओवादी हुन सकेको छैन । अभियानका क्रममा लागिपरेका नेता ता कार्यकताहरु हरेक घरघरमा पुग्दै गर्दा २०६४ को संविधानसभाको निर्वाचन पछि माओवादी माओवादी हुन नसकेकै कारण पछिल्लो समय स्खलित हुन पुगेको जनगुनासो आएको छ ।
अभियानसँगै पार्टीमा देखिएका वैचारिक, राजनीतिक, सांस्कृतिक चुनौतीलाई वडा तहबाट समाधान गर्ने उद्देश्यले अध्यक्ष प्रचण्डसहित सबै नेता–कार्यकर्ता वडा तहसम्म खटिएका थिए । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको प्रस्तावक र सर्वसम्मत ढंगले पारित गर्ने केही समर्थकबाट नै यो अभियानको मर्म र भावनामाथि गहिरो चोट पुग्ने काम पनि भयो ।
कैयौं ठाउँमा नेताहरूको आन्तरिक कलह र किचलोले पार्टीका कार्यकर्ता अन्योल र दोधारमा परे । माओवादी केन्द्र र यसको नेतृत्वले आफू सरकारमा पुग्ने कुरामा मात्र अर्जुन दृष्टि लगाएको समेत देखियो । हुँदा खाने वर्ग, गरिब र गाउँमा परिवर्तन र्पुयाउन यिनले चासो नै दिएनन् । आधारभूत तहका जनताका विधाता भनिएको पार्टीले जनताको जीवनयापनका विषयलाई मुख्य कार्यक्रम बनाउन सक्दै सकेनन् ।
माओवादीभित्रै वर्गीय खाडल जन्मँदै, हुर्कंदै र फैलँदै गएको छ । आफ्नो मुद्दा भुलेर सत्ता र पदको लोभमा नेताहरू फस्दै गएका छन् । नेताहरूको संस्कार र जीवन विलासी हुँदै गएको छ । अलिसान महल र महँगा मोटरसहितको फाइफुइँ हेर्दा उनीहरू कम्युनिस्ट पार्टीका नेता जस्ता लाग्न छाडिसकेका छन् । पार्टीले वर्गीय पक्षधरता भुल्दै गएको प्रष्ट भएको छ ।
जनयुद्धका सहिद, घाइते र बेपत्ताका परिवार बिचल्लीमा छन् । तिनैका सपना साकार पार्न हिँडेका नेताहरू भने धन आर्जन गर्ने दौडमा लागेको देखिन्छन् । पार्टी धेरैजसो सत्ताको सेरोफेरोमा रहँदा पनि कार्यकर्ताको संरक्षण र व्यवस्थापन हुन सकेन ।
पार्टीको गहकिलो जिम्मेवारी र चुनावमा टिकट हत्याउन नेताको खटनपटनमा निर्भर हुनुपर्ने परिपाटी बनेको हामी सबैले देखेकै कुरा हो । र, यो राष्ट्रियसभामा उमेदवार चछनोटमा पनि देखियो । कि नेताको आफन्त र नातागोता हुनुर्पयो कि गुलामी र जयजयकार गर्न सक्नुर्पयो । आफूलाई योग्य हकदार सावित गर्न ठूलो त्याग, तपस्या, अविच्छिन्न राजनीतिक सेवा र प्रतिबद्धताले कुनै अर्थ राख्न छाडेको छ माओवादीमा ।
पार्टीभित्र कार्यकर्ता भए पनि कार्यकर्ताभित्र पार्टी भएको अनुभूति र गर्ब धेरैलाई हुन सकेको छैन । त्यही कारण युवा पंक्तिमा निराशा र कुण्ठा चुलिएको छ । माओवादीले साँच्चिकै पार्टी बनाउने र आमजनताको मनमनमा पुग्ने नै हो भने पहिलो कुरा पार्टी भित्र भएको वर्गिय खाडललाई अन्त्य गर्न पर्दछ । २०६३ को बृहत शान्ति सम्झौता अगाडी जसरी जनताको मनमा बस्न सफल भएको थियो त्यसरी नै माओवादीले पुनःअभ्यास गर्न पर्दछ नत्र माओवादी माओवादी बन्न सक्दैन ।
प्रतिकृया लेख्नुहोस्: