काभ्रेपलाञ्चोक । दैनिक चिसो बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले चिसो (शीतलहर तथा हिमपात)बाट प्रभावित हुनसक्ने समुदाय एवं बस्तीको पहिचान गर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।
पहिचान भएका समुदाय एवं बस्तीमा रहेका व्यक्ति एवं परिवारमध्ये अति विपन्न, सङ्कटापन्न र चिसोबाट जोखिममा पर्नसक्ने परिवारको सदस्य सङ्ख्या तथा घरमूली भए नामसमेत यकिन गरी सात दिनभित्र समितिमा पठाउन स्थानीय तहमा अनुरोध गर्ने आइतबार धुलिखेलको बैठकले निर्णय गरेको हो ।
बैठकले स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी जिल्लास्थित आपत्कालीन कार्य सञ्चालन केन्द्रसँग सूचना–समन्वय गर्न स्थानीय तहमा अनुरोध गर्ने, सबै स्थानीय तहमा न्यूनतम राहत सामग्री तयारी अवस्थामा राख्ने, स्थानीय विपद् व्यवस्थापन कोषमा रहेको रकम मापदण्ड कार्यविधि तयार गरी व्यवस्थापन गर्ने र वितरित राहत विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा जानकारी गराउने, विपद् व्यवस्थापनमा काम गर्ने सङ्घ–संस्थाले स्थानीय तहसँग समन्वय गरी कार्य गर्ने, गरेको कामको प्रगति विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने तथा २०८० साल माघ २ गते राष्ट्रिय भूकम्प दिवस विविध कार्यक्रम गरी मनाउन सबै स्थानीय तहहरुलाई अनुरोध गर्ने तथा जिल्लास्तरमा विपद् व्यवस्थापन समितिका सदस्य सम्मिलित विविध कार्यक्रम गरी मनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए।
उनका अनुसार चिसोबाट प्रभावित हुनसक्ने समुदाय एवं बस्तीलाई आवश्यक पर्ने लत्ताकपडा तथा खाद्यान्नको व्यवस्थापनका लागि स्थानीय तहमा तत्तत्को पहिचान गर्न निर्देशन दिइएको हो । “चिसो बढिरहेको छ, ती समुदायमा कोषबाट चिसोबाट बच्न लत्ताकपडा सहयोग गर्न सकिने भएकाले सातदिन भित्रै बिवरण पठाउन आग्रह गरेका हौँ”, प्रजिअशर्माले भने। काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् ।
जिल्ला विपद् व्यवस्थापन कोषमा मौज्दात रु एक करोड ९३ लाख ९७ हजार सात सय ५१ रहेको छ । चालु आवको पुस २१ गतेसम्म पहिरो, आगलागी, हावाहुरीलगायत विपद्का घटनाका पीडित २१ घर–परिवारलाई न्यूनतम रु पाँच हजारदेखि २० हजारसम्मको क्षतिपूर्ति र मृतक व्यक्तिका आफन्तलाई रु दुई लाखसमेत गरी रु चार लाख ६६ हजार उपलब्ध गराइएको बैठकमा जानकारी दिइयो । सो अवसरमा स्थानीय तहका प्रमुख एवं जनप्रतिनिधिले आ–आफ्ना तहमा भएका विपद्जन्य घटनाको व्यवस्थापन तथा गतिविधिबारे प्रस्तुत गरेको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...
चैत्र ४ गते, २०८२ - १४:१५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीका सांसदहरूलाई अनुशासन उल्लंघन गरे फिर्ता बोलाउने चेतावनी दिएका छन्। ...
चैत्र ४ गते, २०८२ - १३:५४
खोटाङ । खोटाङको कपिलासगढी गाउँपालिका–२, खार्तम्छा बालाबेँसीमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पास्टर काजीबहादु...
चैत्र ४ गते, २०८२ - १३:४३
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको सरकार विरुद्...
चैत्र ४ गते, २०८२ - १३:३८
मुस्ताङ। अत्यधिक चिसोसँगै कोरला नाकाको ब्यवसाय छाडेर पोखरा गएका उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –२, छोसेरका पेमा छिरिङ गुरूङ दुई महिनापछि ब्यवसा...
चैत्र ४ गते, २०८२ - १३:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ललितपुरको ग्वार्कोस्थित अभिमुखीकरण कार्यक्रममा सहभागी भएका छन्। रास्वपाले हि...
चैत्र ४ गते, २०८२ - १३:१७
बागलुङ। बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । बुधबार गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जिप मध्यपह...
चैत्र ४ गते, २०८२ - १३:०६
खोटाङ । खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको छ। काठमाडौंबाट शव बोकेर गाउँ पुगेको उक्त हेलिकोप...
चैत्र ४ गते, २०८२ - १२:०८
वाशुलिङ बैतडी । भीरबाट लडेर जिल्लामा एक युवकको मृत्यु भएको छ । पाटन नगरपालिका–३ गुजरका २६ वर्षीय नरेश कोलीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी ...


प्रतिकृया लेख्नुहोस्: