काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रंक र डेडिकेटेड महसुल विवाद समाधानका लागि मध्यमार्गी उपायको खोजी गर्न सम्वद्ध निकायलाई आग्रह गरेको छन् । नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता उठ्ने तथा उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने उनले बताए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्री दाहालले उद्योग चल्ने र महसुल उठने उपायको खोजी गर्नुपर्ने बताएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सङ्घीय संसद्का विभिन्न समितिको निर्देशनलाई मनन गरेर समस्या समाधानमा लाग्नुपर्ने उल्लेख गर्दै महान्यायधिवक्ता कार्यालयको राय लिएर निष्कर्षमा पुग्नुपर्नेमा उनले जोड दिए।
प्रधानमन्त्री दाहालले भने, “संसदीय समिति र अख्तियारको निर्देशन पनि हेरौँ । महान्यायधिवक्ता कार्यालयको राय पनि लिउँ । त्यसपछि बक्यौता पनि उठ्ने र उद्योग पनि चल्ने विकल्पमा जानु राम्रो हुन्छ । त्यसका लागि तपाईहरूले विकल्प खोजेर समाधान खोज्नेतिर लाग्नुस् ।”
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारसँग भएका तथ्य र प्रचलित कानुनका आधारमा टं«क र डेडिकेटेड लाइनसम्बन्धी विवाद छिटो समाधान गर्न मन्त्रालय प्रयासरत रहेको बताए। किस्ताबन्दीमा बक्यौता महसुल भुक्तानी गर्न व्यवसायीलाई समय दिइएकाले महान्यायाधिवक्ताको कार्यालयको कानुनी राय र सल्लाह लिएर सहमतिमै समस्याको समाधान हुने उहाँले विश्वास व्यक्त गरे ।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगीले उठाएका विषयमध्ये जायज र सम्बोधन गर्न सकिने मागमा सहजीकरणको सम्भावना खोज्नुपर्ने उल्लेख गर्दै उद्योग सञ्चालनका लागि मन्त्रालयले समन्वय गरिरहेको उनले बताए।
नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले विद्युत् नियमन आयोगको निर्णय र प्रचलित कानुन तथा कार्यविधिअनुसार नै समाधान निकाल्नुपर्ने बताए।
छलफलमा सहभागी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणका प्राथमिकता, काम र आगामी कार्ययोजनाबारे जानकारी गराउँदै ट्रंक र डेडिकेटेड लाइनका सम्बन्धमा देखिएको अन्योलता समाधान गरिने बताए । उनले विद्युत् महसुल निर्धारण आयोगसँग आवश्यक परामर्श गरी प्राधिकरण ठोस् निर्णयमा पुग्न चाहेको र त्यसका लागि आवश्यक पहल गरिरहेको बताए ।
छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, ऊर्जा सचिव गोपालप्रसाद सिग्देललगायत सहभागी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...



प्रतिकृया लेख्नुहोस्: