Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

‘बर्लिन पर्यटन मेला’मा नेपालले सहभागिता जनाउने

खबरडबली संवाददाता

काठमाडौँ । अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला नेपालको पर्यटकीय उत्पादन र सेवालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उपयुक्त माध्यम हो । विश्वभरका पर्यटन व्यवसायीको जमघट हुने पर्यटन मेलामा नेपालले आफ्ना पर्यटकीय सेवा अन्य मुलुकमा बजारीकरण मात्रै हैन नेपाल गन्तव्यको प्रवद्र्धनमा टेवा पुग्छ । त्यसैले नेपालले विश्वकै ठूलो पर्यटन व्यापार मेला, ‘आइटिबी’, ‘डब्लुटिएम’ जस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाउदैँ आएको छ ।

यसै सन्दर्भमा नेपालले आगामी फागुनको तेस्रो साता जर्मनीको बर्लिनमा आयोजना हुने विश्वकै ठूलो पर्यटन व्यापार मेला ‘आइटिबी’ मा सहभागिता जनाउने भएको छ । निजी क्षेत्रका पर्यटन व्यवसायीसँगको सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोएिसन (पाटा)नेपाल च्याप्टरले बार्लिनमा आगामी फागुन २२ देखि २४ सम्म हुने मेलामा सहभागिता जनाउने भएको हो । मेलामा नेपालको तर्फबाट ३७ पर्यटन संस्थाको सहभागिता रहने पाटा नेपाल च्याप्टरले जनाएको छ ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरका अनुसार अन्तर्राष्ट्रिय बजारीकरणका लागि आइटिबी, डब्लुटिएम जस्ता कार्यक्रम अपरिहार्य रहेको र नेपालको उपस्थिति छुटाउन नहुने भएकाले सदस्य संस्था तथा पर्यटन उद्योगका सरोकारवाला संस्थाको माग बमोजिम मेलामा सहभागिता जनाउन लागिएको हो ।

कोरा टुरका प्रबन्ध निर्देशक विजय अमात्यले नेपालको पर्यटन प्रवद्र्धनको प्रभावकारी बजारीकरण गर्ने उपयुक्त थलो अन्तर्राष्ट्रिय पर्यटनमेला भएकाले नेपाल गन्तव्यको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। 

“देशको पर्यटनलाई अगाडि बढाउने महत्वपूर्ण विषय भनेको देशको ‘भिजिबिलिटी’ हो । विश्वका पर्यटकलाई नेपाल चिनाउने मुख्य आधार पनि मेला भएकाले नेपाल पर्यटन बोर्डलगायत निजी क्षेत्रका व्यवसायी सरोकारवालाका लागि यस्ता फोरम उपयुक्त माध्यम बन्छन् । त्यसैले नेपालको सक्रिय र प्रभावकारी सहभागिता जनाउनैपर्छ ।”

मेलामा विश्वभरका होटल, टुरिज्म बोर्ड, टुर अपरेटर, सेवा प्रदायक, एयरलाइन्सलगायत कम्पनी सहभागी हुनेछन् । बर्लिनमा मार्चमा वार्षिक रुपमा मेला हुँदै आएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन र बजारीकरणमा सक्रिय पाटाले गत जुनमा हिमालयन ट्राभल मार्टको चौथो संस्करण सम्पन्न गरेको थियो । विगत वर्षमा नेपाल पर्यटन बोर्डले आइटिबीलगायत अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाउँदै आएको थियो । 

पाटा नेपाल च्याप्टरको स्थापनाकालदेखि नै आइटिबी, विश्व पर्यटन मेला ‘डब्लुटिएम’लगायत अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेलामा सरकारकोतर्फबाट र निजी क्षेत्रका पर्यटन व्यवसायीसँगको समन्वयमा आयोजना गर्नेगर्दथ्यो । नेपाल पर्यटन बोर्डको स्थापना भएपछि बोर्डले सार्वजनिक निजी साझेदारी संस्थाको रुपमा अन्तर्राष्ट्रिय पर्यटन मेलामा हरेक वर्ष सहभागिता जनाउने गरेको थियो ।
 
चालु आर्थिक वर्षमा बोर्डले कुनैपनि अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाएको छैन । नेपाल पर्यटन बोर्ड, विदेशमा कार्यक्रम सञ्चालन तथा खरिदसम्बन्धी कार्यविधि, २०७८ पारित नहँुदा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउन नसकिएको बोर्डले जनाएको छ । गत असोज ६ गते बोर्डको कार्यकारी समितिबाट पारित बोर्डको आव २०८०/८१ को बजेट तथा कार्यक्रमको निर्देशनमा सार्वजनिक खरिद कार्यालयबाट सहमति प्राप्त गरि मात्र अन्तर्राष्ट्रिय कार्यक्रम कार्यान्वयन गर्ने/गराउने निर्देशन भएको बोर्डले उल्लेख गरेको छ । बोर्डका पदाधिकारी र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच पटक–पटक छलफल भए पनि अझै टुङ्गो लाग्न सकेको छैन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

महाराजगञ्जमा देउवा भेट्न पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...

सरकारले निर्वाचन सम्बन्धी माग्यो तीन विषयमा सुझाव, विदेश मताधिकार र ‘नो भोट’ समावेश

काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...

अर्थ मन्त्रालयमा रोकिएका आयोजना छिट्टै फुकुवा हुन्छ, हाइट मास्ट र स्ट्रिट लाइट कार्यक्रम पुन: सुरु गरिन्छ: मन्त्री घिसिङ

रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending