Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

२०६४ देखि निरन्तर हार बेहाेरेकी माओवादी केन्द्रकी मनरुपा सदन छिर्ने दाउमा

खबरडबली संवाददाता

काठमाडाैं । नेकपा माओवादी केन्द्र पर्वतको कुश्मा नगरपालिका–१० की नेतृ मनरुपा शर्मा २०६४ सालदेखी निरन्तर चुनावी मैदानमा होमीएकी नेता मध्य एकमा पर्छिन । उनी २०६४ को संविधानसभा चुनावमा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीसँग झिनो मतले पराजित भएकी थिईन् । 

त्यसयताका हरेक चुनावमा माओवादी केन्द्रबाट उनी समानुपातिकतर्फ बन्दसूचीमा पर्नेगरेको भएपनि उनलाई सांसद बन्ने अवसर भने मिलेको थिएन । २०६४ को संविधानसभा चुनावपछि उनलाई नेकपा (माओवादी केन्द्र)ले २०७० को दोस्रो संविधानसभा चुनाव, २०७४ र २०७९ को प्रदेशसभा चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा राखेको थियो । शर्माको जनप्रतिनिधिका रुपमा संसद् छिर्ने सपना माओवादी खुला राजनीतिमा आएको १७ वर्ष बित्दासमेत पूरा हुन सकेको थिएन ।

गत वर्षको चुनावमा शर्मा समानुपातिकबाट गण्डकी प्रदेशसभा सदस्य बन्ने चर्चा चले पनि पार्टीले अर्को जिल्लाबाट महिला उम्मेदवारलाई छनोट गरेको कारण उनी पछाडी परेकी थिईन्  । पटक–पटकको प्रयासका बाबजुत संसदीय यात्रा तय गर्न नसके पनि उनी निराश भने भइनन् । पार्टीले दिएको जिम्मेवारीमा सधैँ सक्रिय रहँदै आइरहेकी छन्  ।

२०६० सालदेखी देखि पार्टी र सङ्गठनका विभिन्न जिम्मेवारी सम्हाल्दै हाल माओवादी केन्द्र पर्वतको जिल्ला संयोजक रहेकी शर्मा यसपटक भने पार्टीले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ । सहिद पत्निी समेत रहेकी उनी आसन्न राष्ट्रियसभा सदस्य चुनावमा गण्डकी प्रदेशबाट माओवादी केन्द्रको उम्मेदवार बनेकी हुन् ।

उनले आफुलाई पार्टीले न्याय गरेको अनुभूति भएको रयो समयमा  धेरै नै खुसी रहेको बताइन् । आफु उम्मेदवार छनोट भएपछि जिल्ला तहका नेता, कार्यकर्ता पनि उत्साहित रहेको उनले बताईन् । निर्वाचित भएर राष्ट्रियसभामा प्रवेशगरे देश र जनताको हितमा काम कामगर्ने उनको भनाई छ ।

कुनै राजकीय पदमा निर्वाचित नहुँदा पनि सधैँ जनताको बीचमा बसेर सामाजिक सेवा र राजनीतिमा खटिएको उनी पार्टी र राजनीतिमा भने अनवरतरुपमा लागि परीरहेकी छन् । उनले एक त महिला अर्कातिर सहिद परिवारको सदस्यका हिसाबले राष्ट्रियसभामा उम्मेदवार बन्न पाउनु आफ्ना लागि गौरवको विषय भएको बताइन् ।

अहिलेको सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकाले चुनावको परिणाम आफ्नो पक्षमा आउनेमा विश्वस्त रहेको बताउँदै उनले भनिन्–‘हिजो जनयुद्धका कठिन र सङ्घर्षपूर्ण दिनमा जसरी समाज रुपान्तरणको अभियानमा लागियो, अब त्यस्तै ऊर्जाका साथ नयाँ भूमिकामा आफूलाई उभ्याउने प्रण गरेकी छु ।’

शर्माका पती विजय सुवेदी ‘विकास’को तत्कालीन जनयुद्धका क्रममा २०६१ मङ्सिर १७ गते हत्या भएको थियो । सुवेदी तत्कालीन माओवादीको सांस्कृतिक फाँटमा क्रियाशील थिए । ४३ वर्षीया शर्मा यसअघि अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको जिल्ला अध्यक्ष हुँदै पार्टीको जिल्ला तहको नेतृत्वमा थिइन् । उनी २०७४ अघि माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक कमिटिको सदस्यसमेत भएकी थिइन् ।

गण्डकी प्रदेशबाट निर्वाचित हुने तीन राष्ट्रियसभा सदस्यमध्ये सत्ता गठबन्धनबीच भएको सहमति अनुसार माओवादी केन्द्रले महिला कलस्टरबाट शर्मालाई उम्मेदवार बनाएको हो । राजनीतिक सङ्घर्ष र सङ्गठन निर्माणमा र्पुयाएको योगदानलाई हेरेर शर्मालाई उम्मेदवार बनाइएको माओवादीस् केन्द्रका गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले जानकारी दिए ।सत्ता गठबन्धनमा आबद्ध दलको मतभारलाई हेर्दा शर्माको जित सुनिश्चित रहेको पौडेलको भनाइ छ ।

राष्ट्रियसभामा गण्डकीबाट प्रतिनिधित्व गर्ने तीन सदस्यको कार्यकाल आउँदो फागुन २० गते सकिने भएपछि सो पदमा चुनाव हुन लागेको हो । तीमध्ये महिलातर्फ सत्ता गठबन्धनबाट माओवादी केन्द्रले शर्मालाई उम्मेदवार बनाएको हो ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending