Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

मातृभाषाको समाचार सेवा र औचित्य

सिद्धराज राई

काठमाडौं । नेपालको संविधान २०७२ ले नेपाल, विविधायुक्त बहुजाति, बहुभाषिक, सांस्कृतिक र बहुधार्मिक देश हो भनेर परिभाषित गरेको छ । संविधानको यही मर्मअनुसार नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएको छ ।

संविधानको मर्म र भावनालाई आमसात् गर्ने र त्यसलाई कार्यान्वयन गर्ने दायित्व राज्यका निकायहरुको हो । त्यसैले राष्ट्रिय समाचार समिति ९रासस०ले पनि समावेशी चरित्र भएको नेपाली समाजलाई स्वीकार गर्नुपर्ने नैतिक दायित्व रहेको छ । यही कारण रासस स्थापना भएको ६३ वर्ष नयाँ सेवाका रुपमा मातृभाषाको समाचार सेवालाई शुभारम्भ गरेको छ । मातृभाषाको समाचार सेवामा राससले पहिलोपटक अवधी भाषालाई समेटेको छ ।     

विसं २०१८ फागुन ७ गते स्थापना भएको रासस ६३औँ स्थापना दिवस मनाउने सँघारमा छ । देशमा पञ्चायती व्यवस्थाको अन्त्यपछि २०४६ को जनआन्दोलनबाट पुनःस्थापित प्रजातान्त्रिक व्यवस्थामा राससले थप उन्नति र विकास गर्ने अवसर पाएको हो । विसं २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन, १० वर्षको सशस्त्र द्वन्द्वपछि भएको बृहत् शान्ति सम्झौताले नेपालमा एउटा नयाँ राजनीतिक परिवर्तन ल्यायो । नेपालको अन्तरिम संविधान, २०६३ जारी भयो ।

यही संविधानकै जगमा उभिएर नेपालमा पहिलो संविधानसभाको निर्वाचन भयो भने नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लैजाने आधारशिला तयार गरेको हो । यही व्यवस्थाअनुसार राससले हालसम्म निरन्तर समाचार सेवा सञ्चालन गर्दै आएको छ ।  प्रारम्भमा राससले नेपाली भाषाबाट समाचार सेवा सुरुआत गरेको हो । सेवालाई विविधीकरण गर्ने क्रममा २०२० फागुन १८ देखि अङ्ग्रेजीमा समाचार बुलेटिन प्रकाशन गर्न थाल्यो । यसबीचमा अन्तर्राष्ट्रिय समाचार, आलेख, तस्बिर, अडियो, भिडियो सेवा सञ्चालन गरे पनि यी सबै नेपाली र अङ्ग्रेजी भाषामा मात्रै थियो ।

राज्यद्वारा सञ्चालन भएका गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनले धेरै वर्ष अगाडिदेखि नेपाली, अङ्ग्रेजी भाषासँगै मातृभाषामा समाचार प्रकाशन÷प्रसारण र विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर राससले नेपाली र अङ्ग्रेजी भाषाबाहेक अन्य भाषामा समाचार सेवा सञ्चालन गर्न नसकेको तीतो यथार्थ रहेको छ ।

यही तथ्यलाई मध्यनजर गर्दै राससको वर्तमान व्यवस्थापनले मातृभाषाका समाचार सेवा सञ्चालन गर्ने निर्णय ग¥यो । यही निर्णयलाई कार्यान्वयन गर्न पटकपटक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्री, सचिव, सहसचिवहरुसँग औपचारिक र अनौपचारिक छलफल भएका छन् । आर्थिक र नैतिक सहयोगको अपेक्षासहित भएका ती छलफलमा मन्त्रालयबाट सहयोग हुने प्रतिबद्धता प्राप्त भएको छ र आवश्यक प्रक्रिया अगाडि बढेको छ ।

मन्त्रालयबाट आउने सहयोग प्रक्रियगत कारणले केही ढिलो हुने अवस्था भएपछि रासस व्यवस्थापनले मातृभाषाका समाचार सेवा सञ्चालनका लागि थप स्रोत पहिचान गरी प्रदेश सरकार र स्थानीय सरकारसँग छलफल अगाडि बढायो । यही सिलसिलामा सबैभन्दा पहिले नेपालगञ्ज उपमहानगरपालिकाले सहकार्य गर्न अग्रसरता देखायो । आवश्यक प्रक्रिया पूरा गरी यही पुस ८ गते अवधी भाषाको समाचार सेवा सञ्चालन गर्न रासस र नेपालगञ्ज उपमहानगरपालिकाबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

यही सहमतिअनुसार मातृभाषा समाचार सेवा शुभारम्भ भएको छ । यो कार्यले राससमा एउटा नयाँ इतिहास लेखिएको छ । यो अवसर दिनुहुने नेपालगञ्ज उपमहानगरपालिका परिवारलाई अवधी भाषिक समुदायले सधैँ स्मरण गर्नेछन् । भाषिक समुदायप्रति जिम्मेवार बनेको उपमहानगरपालिका परिवार साँच्चिकै धन्यवादयोग्य छ ।     

राससले मातृभाषामा आफ्नो सेवा विस्तार गर्दा संविधानमा भएको सङ्घीयता र समावेशीको मर्मलाई समेत आत्मसात् गरेको ठहरिन्छ । अब अन्य मातृभाषाको समाचार सेवाका लागि वीरगञ्ज महानगरपालिका, काठमाडौँ महानगरपालिका, मधेस प्रदेश र बागमती प्रदेश सरकारसँग छलफल अगाडि बढेको छ । यसै आर्थिक वर्षभित्र केही थप भाषामा समाचार सेवा दिने सम्भावना रहेको छ । यसले राससको इतिहासमा थप इँटा थपिने छ ।     

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा एक सय ४२ जातजाति, एक सय २४ मातृभाषा र १० धर्म रहेका छन् । यी मातृभाषामध्ये एक प्रतिशतभन्दा बढीले बोल्ने भाषा १३ वटा रहेका छन् । मध्यपश्चिम तराईमा बोलिने अवधी भाषा २।९६ प्रतिशत जनसङ्ख्याले बोल्ने गरेको तथ्याङ्क राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ । यी तथ्यले नेपाल अल्पसङ्ख्यक समुदायको देश हो भन्ने बुझ्न सकिन्छ । त्यसकारण सबै जाति, समुदाय, भाषाको उन्नति, विकास र संरक्षण गर्ने दायित्व राज्यको हो ।     

मातृभाषामा गरिने पत्रकारिता वा सञ्चार कर्म नै मातृभाषा पत्रकारिता हो । नेपालमा राज्यद्वारा सञ्चालित सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित मिडियाले मातृभाषाको पत्रकारिता गरिरहेका छन् । मातृभाषाको विकास र जगेर्न गर्न यिनै मिडियामा काम गर्ने पत्रकार । सञ्चारकर्मीको प्रयास प्रशंसायोग्य रहेको छ ।

देशभरि खुलेका अधिकांश रेडियो र टेलिभिजनले मातृभाषामा समाचार र कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । मातृभाषामा पत्रपत्रिकाहरु समेत प्रकाशित भइरहेका छन् । ती मिडियालाई समाचार सामग्रीको अभाव भएको हामीले प्रत्यक्ष देखेका छौँ र अनुभूति गरेका छौँ । त्यस्ता मिडिया सञ्चालन गर्न र नेपालमा मातृभाषाको पत्रकारितालाई टेवा दिन राससको मातृभाषाको समाचार सेवाले सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।     

राससले मातृभाषामा समाचार सम्प्रेषण गरेपछि सम्बद्ध भाषामा प्रकाशन हुने पत्रिका, रेडियो, टेलिभिजन, अनलाइन र अन्य समाचार संस्थालाई सहयोग पुग्न सक्नेछ । मातृभाषामा समाचार सेवा सञ्चालन गरेपछि जनताको तहसम्म सूचना प्रवाहलाई प्रभावकारी बनाउन सकिनेछ । समाचार सेवाले सम्बद्ध भाषाको संरक्षण र विकासमा प्रभावकारी भूमिका निर्वाह गर्नेछ ।     

नेपालमा पछिल्लो दिनमा मातृभाषामा सञ्चालन हुने सञ्चारमाध्यमले जनशक्ति र आर्थिक स्रोतको अभावमा सम्बद्ध भाषामा आवश्यक कन्टेन्ट ९प्रकाशन–प्रसारण सामग्री० प्राप्त गर्न नसक्दा ठूलो समस्या भोगिरहेका छन् । फलतः ती सञ्चारमाध्यम कि त अत्यन्त समस्यामा छन् र बन्द हुने अवस्थामा छन् कि त बन्द भइसकेका छन् । राससले सम्बद्ध भाषामै सामग्री उपलब्ध गराउन सकेका खण्डमा सम्बन्धत भाषी सञ्चारमाध्यमले भोग्ने यस्ता समस्यालाई केही हदसम्म अन्त्य गर्न सहयोग पुग्नेछ ।

राससले मातृभाषामा आफ्नो सेवा विस्तार गर्दा संविधानको सङ्घीयता र समावेशीको मर्मलाई समेत आत्मसात् गरेको ठहरिन्छ । सङ्घीयता र समावेशिता कार्यान्वयन गर्नु राज्यको दायित्व हो । त्यसैले र राससले प्रारम्भ गरेको मातृभाषा समाचार सेवालाई राज्य सञ्चालन गरिरहेको सरकारकै कार्यक्रमका रुपमा लिइनुपर्छ ।     

आज नयाँ प्रविधिले पत्रकारिता गरिरहेका पत्रकार र संस्थालाई चुनौती दिइरहेको अवस्था छ । पत्रकारिता नयाँ स्वरुपमा अगाडि बढिरहेको २१औँ शताब्दीमा राससले पनि नवीनतम् सोचका साथ काम गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको छ ।

विश्वस्तरीय समाचार एजेन्सीका रुपमा विकसित गरी विश्वका अन्य समाचार एजेन्सीसँगको प्रतिस्पर्धाका लागि तयार रहनु राससका लागि अपरिहार्य छ । त्यसैले राससलाई यथास्थितिबाट अगाडि बढाउनुको विकल्प छैन । राससलाई अगाडि बढाउने कार्यमा मातृभाषाको समाचार सेवाले नयाँ आयम थपेको छभन्दा फरक पर्दैन ।     

राससले मातृभाषामा समाचार सेवा प्रारम्भ गर्नुको देशको जातीय र भाषिक विविधतासँगै मिडिया बहुलवादबाट स्वीकारसमेत गरेको छ । मिडियाको विषय र सन्दर्भ मात्रै विविधता छ भन्ने बुझाइलाई फराकिलो बनाउने क्रममा अब मिडियाको भाषामा पनि विविधता छ भनेर हामीले स्वीकार गरेका हौँ ।

राससको यो सानो कार्यले भाषा नबुझ्ने भाषिक समुदायलाई आफ्नै सूचना प्राप्त गर्ने अधिकारको सुनिश्चित पनि गरेको हो । यस्तै जनताले आफ्नै भाषामा सूचना प्राप्त गरी विचार निर्माण गर्न पाउने र अभिव्यक्ति गर्ने अवसरका रुपमा पनि यस सेवालाई लिन सकिन्छ ।     

मातृभाषामा समाचार सेवा सञ्चालन गर्दा सूचना प्रवाहलाई प्रभावकारी बनाउन सकिने र भाषाको संरक्षण र विकासमा प्रभावकारी भूमिका रहनेछ । मातृभाषामा सञ्चालित सञ्चारमाध्यम समाचार सामग्रीको अभावमा सङ्कटग्रस्त बन्न पुगेका बेला राससद्वारा सञ्चालित मातृभाषाका समाचार सेवाबाट त्यस्ता सञ्चारमाध्यम लाभान्वित हुने विश्वास छ ।

मातृभाषाको संवद्र्धन, संरक्षण र विकासमा पनि राससको उक्त सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने नै छ । सबै प्रदेशको एउटा भाषाको प्रतिनिधित्व हुने गरी मातृभाषाको समाचार सेवा सञ्चालन गर्ने योजनामा रासस अगाडि बढेको छ । यसमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहयोग हुनेछ भन्ने अपेक्षा गरेका छौँ ।  (लेखक राससका महाप्रबन्धक हुन्)
 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending