Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

सरकारकै कारण सामाजिक अराजकता भएकाे शंकर पोखरेलकाे आरोप

शान्ति सुरक्षा कायम गर्ने नाममा नागरिकको हत्या

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार शान्ति सुरक्षाका नाममा नागरिक हत्यामा उत्रिएको बताएका छन् । सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महासचिव पोखरेलले भिड नियन्त्रणका मापदण्ड प्रयोग नगरी नागरिकलाई गोली नै हान्ने काम सरकार पक्षबाट भएको बताए । ‘गलत ढङ्गले शक्तिको प्रयोग गर्ने र त्यसबाट निहत्था नागरिक मारिने क्रम बढेको छ’, पोखरेलले भने । 

कोरिया जान चाहने विद्यार्थीको परीक्षाका विषयमा उत्पन्न विवाद पछि जुलुस निस्किएको ठाउँमा मन्त्रीको गाडी जाने, त्यसलाई सुरक्षा निकायले यथोचित सुरक्षा दिन नसक्ने, मन्त्रीलाई रोकियो भनेर अन्धाधुन्ध गोली चलाउने घटनाले सरकार कति गैर जिम्मेवार छ भन्ने कुरा देखाएको पोखरेलले बताए । 

‘सरकार नागरिक प्रति कति संवेदनशील छ भने कुरा यसले पुष्टि गर्दछ’, उहाँले भने । निर्दोष मानिस मारेपछि क्षतिपूर्तिको कुरा गर्ने र सहिदको रूपमा सम्मान गर्छौँ भन्ने नाममा नागरिकको जीवनलाई सरकारले पैसासँग तुलना गर्ने र सहिदकै अपमान गर्ने काम गरेको उनले बताए । यसले सहिदको गरिमालाई अवमूल्यन गर्ने काम गरिएको उनले प्रष्ट पारे । 

सर्लाहीको बरथहवामा नगरपालिकाले सञ्चालन गर्दै आएको अस्पताल प्रदेशलाई दिनुपर्दछ भनि सत्ताधारीले नागरिकलाई उत्तेजित बनाउने काम गरेर एक युवाको हत्या भएको उनले बताए । सरकार चाहे कोशी प्रदेशको नामका सन्दर्भमा होस् वा गौर घटना र अन्य घटनामा होस् सरकारले गैर जिम्मेवार तरिकाबाट समाजलाई गलत बाटोमा लैजाने काम गरेको पोखरेलले टिप्पणी गरे । सरकार आफैँले सामाजिक अराजकता फिँजाउने काम गरेको उनले बताए । 

आज समाजमा फैलिएको अराजकताका कारण नागरिकमा व्यापक निराशा बढेको उनले बताए । सत्ताद्वारा नै अराजकता सिर्जना गर्न भूमिका खेल्ने काम भएको उहाँको टिप्पणी छ । उनले यस्ता काम नदोहोर्‍याउन पोखरेलले सरकारलाई सचेत गराए। 

सरकारको कमजोरीका कारण देशमा विभिन्न काण्ड भएको पोखरेलले बताए । यसले नेपालको वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर अवैधानिक अर्थतन्त्रलाई बलियो बनाउने काम गरिरहेको उनको टिप्पणी छ । सरकारको गलत नीतिकै कारण यस प्रकारका प्रवृत्ति बढ्दै गएका उनले बताए। ‘सरकारका गलत नीति र क्रियाकलापका विरुद्ध जनताले खबरदारी गर्ने बेला आएको छ’, उनले भने।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै सम्झना चौधरी

 दाङ  । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर ...

चितवन–२ का मतदाता भन्छन्ः रविलाई भोट दिएकोमा पछुतो छ

काठमाडौं । सहकारी छानविन प्रकरणमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन ...

संवैधानिक परिषद्मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजीहरु असफल बनाएका छौंः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सदन अवरोधलाई जारी राख्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक...

भक्तपुर दरबार : ऐतिहासिक र सांस्कृतिक धरोहर

भक्तपुर । भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्दा मैले नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदाको गहिरो अनुभव गरें । यो क्षेत्र साँच्चै नेपालकै गौरवशाली धरोहर...

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको छ ।  कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कोशी प्रदे...

नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति

काठमाडौं । नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति भएको छ ।  शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वप...

ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा

काठमाडौँ । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ब्रेकअपपछि पनि निरन्तर फिल्ममा सहकार्य गर्दै आइरहेका छन् । हालै फिल्म ‘भाइरल गोर्खे’ मा ...

भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसाद लड्डु बारेको विवाद के हो ?

काठमाडौँ । आन्ध्र प्रदेशको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पाइने लड्डुलाई लिएर विवाद बढ्दै गएको छ । प्रसादको लड्डूमा जनावरको बोसो मिसाइएको दाबी ...

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

वीरगञ्ज  । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भदौसम्म ३५ अर...

प्रधानमन्त्री ओली न्युयोर्कमा

न्युयोर्क। प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने क्रममा आज संयुक्त राज्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy