काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमा समितिबाटै टुङ्ग्याउनुपर्ने बताएका छन् ।प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उनले यस्ताे बताएका हुन् ।
बैठकमा उनले सकेसम्म सहमतिमै टुङ्ग्याउने नत्र प्रक्रियामा गएर भए पनि निष्कर्षमा पुर्याउने सहमति भएको बताए । “सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुङ्ग्याउन सहमति खोज्ने हो”, मन्त्री गुरुङले भने, “सहमति हुनसकेन भने प्रक्रियामा जाने सहमति भएको छ तर सहमतिमै निष्कर्षमा पुर्याउने हो ।” उनले आठ–दश दिनमा उक्त विधेयकलाई टुङ्ग्याउने विषयमा राजनीतिक दलका शीर्षनेताहरूलाई पनि भेट्ने र सहमतिमा टुङ्ग्याउने विश्वास व्यक्त गरे ।
समितिका सभापति विमला सुवेदीको अध्यक्षतामा भएको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा हुँदा पनि १० वर्ष सशस्त्र द्वन्द्वका पीडितले न्याय पाउन नसक्नु गम्भीर विषय भएको र सहमतिमा विधेयकलाई टुङ्ग्याउनुपर्ने बताए । यदि सहमति हुन नसकेको अवस्थामा प्रक्रियाबाट जानुपर्ने उनको भनाइ छ ।
बैठकमा नेकपा ९एमाले०का सचेतक महेश बर्तौलाले विधेयकका असहमतिका विषयमा सहमतिमा टुङ्ग्याउन सकिने र सकिएनभने प्रक्रियाबाट पनि निष्कर्षमा पुर्याउन सकिने बताए । “विधेयकका असहमतिका विषय सहमतिमा टुङ्ग्याउन सक्छौँ, यदि सहमति भएन भने विधेयक निर्माणको आफ्नै प्रक्रिया छ”, उनले भने ।
बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकमाथिको विवादका विषयमा सकेसम्म सहमतिबाट र नभए बहुमतीय प्रक्रियाबाट अघि बढाउने विषयमा छलफल भएको हो ।
समितिका सदस्य सन्तोष परियार, रञ्जु ठाकुर, पूर्णबहादुर घर्ती, जीवन परियार, सोविता गौतम, नागिना यादव, सुशीला थिङलगायतले सकेसम्म सहमतिबाटै विधेयक समितिबाट पारित गर्नुपर्ने नभए प्रक्रियाबाट भए पनि पारित गरेर पीडितलाई न्याय दिनुपर्नेमा जोड दिनुभएको थियो । उक्त विधेयकमा सत्य पत्ता लगाउने, न्याय, परिपूरण र सजायका विषयमा सहमति जुटाउने प्रयास भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - ०९:५१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...
जेष्ठ १४ गते, २०८३ - ०९:४९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...
जेष्ठ १४ गते, २०८३ - ०९:४६
गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...
जेष्ठ १४ गते, २०८३ - ०९:४१
कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...
जेष्ठ १४ गते, २०८३ - ०९:३६
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...
जेष्ठ १४ गते, २०८३ - ०९:३०
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...
जेष्ठ १४ गते, २०८३ - ०८:४१
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...
जेष्ठ १४ गते, २०८३ - ०८:३८
झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...
जेष्ठ १४ गते, २०८३ - ०८:३३
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...
जेष्ठ १४ गते, २०८३ - ०८:३०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...



प्रतिकृया लेख्नुहोस्: