Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

सडकपेटी मिचेर राखिएका सामान धनकुटा नगरपालिकाले गर्यो जफत

तीन दिनभित्र सामान बुझ्न नआए लिलाम बिक्री गरिने

खबरडबली संवाददाता

धनकुटा । धनकुटाको हिले बजारको सडकपेटी तथा सार्वजनिक स्थलमा अव्यवस्थित रुपमा राखिएका सामान धनकुटा नगरपालिकाले जफत गरेको छ । व्यापारिक प्रयोजनका लागि सडकपेटी तथा सार्वजनिक स्थल मिचेर राखिएका सामान नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।

हिलेको तोङ्बा चोकदेखि सिरान बजारसम्मको क्षेत्रबाट कपडा, तरकारी, पानीटङ्की, म्याट, डसना, होडिङबोर्ड लगायत दुई गाडी सामान नियन्त्रणमा लिइएको नगर प्रहरी प्रमुख रभी खत्रीले जानकारी दिए । सडकपेटी मिचेर राखिएका सामान हटाउन बजार व्यवस्थापन समिति र वडा कार्यालयले पनि पहल गरेको थियो । नगर प्रहरीले सामान हटाउन यसअघि पटक–पटक आग्रह गरेको थियो ।

सडकपेटी र सार्वजनिक स्थलमा सामान नराख्न पटक–पटक आग्रह गर्दा पनि अटेर गर्नेहरूको सामान नगर प्रहरीले नियन्त्रणमा लिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । ‘सडकपेटी मिचेर अव्यवस्थित रुपमा सामान राख्दा पैदलयात्रीलाई हिड्न समस्या हुन्छ, शहरको सौन्दर्य पनि राम्रो देखिदैन, त्यसैले सामान हटाउनका लागि नगर प्रहरीले पटक–पटक आग्रह गरेको थियो,’ मेयर तामाङले भने, ‘कतिपयले सामान हटाउनु भयो, जसले अटेर गरेर हटाउनु भएन उहाँहरूको सामान नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।’

सडकपेटी मिचेर अव्यवस्थित रुपमा सामान नराख्न मेयर तामाङले आग्रह पनि गरेका छन् । ‘आफ्नो पसल भन्दा बाहिर सडकपेटीमा लगेर समान नराख्नुस्, सबैले यसो गर्यो भने बजार पनि राम्रो देखिन्छ । सडकपेटीमा हिड्नेहरूलाई पनि सजिलो हुन्छ’, व्यापारीहरूलाई लक्षित गर्दै मेयर तामाङले भने ।

सडकपेटीमा सामान राख्दा आवतजावतमा समस्या भएको पैदलयात्रीहरुले गुनासो गर्ने गरेका छन् । धनकुटा बजारमा पनि यो समस्या छ । धनकुटा बसपार्क क्षेत्रबाट नगर प्रहरीले पटक–पटक सामान जफत गर्ने गरेको छ । बजारलाई व्यवस्थित बनाउँनु सबैको दायित्व भएकाले सडक पेटीमा सामान नराख्न प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले पनि आग्रह गरेका छन् ।

यसैबीच, हिले बजारबाट नियन्त्रणमा लिइएको सामान नगरपालिकाले जरिवाना तिराएर फिर्ता दिने भएको छ । सरसफाइ एवं शहरी सडक व्यवस्थापन कार्यविधिमा जरिवाना तिराएर सामान फिर्ता दिन सक्ने वा सामान बिक्री÷लिलाम गरी नगरपालिकाको कोषमा रकम जम्मा गर्न सक्ने प्रावधान छ । त्यसैले, तीन दिनभित्र सामान धनी बुझ्न आएमा जरिवाना लिएर सामान फिर्ता गरिनेछ । अन्यथा, सामान बिक्री÷लिलाम गरिने नगरपालिकाले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending