Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

बमजनले प्रवर्तन गरेको धर्म कस्तो ? थुनामा पठाउने आदेशपछि यसो भन्छन् अनुयायी

खबरडबली संवाददाता

काठमाडौं । सर्लाही जिल्ला अदालतले बालयौन दुराचारको मुद्दामा महासम्बोधी धर्मसङ्घका प्रवर्तक रामबहादुर बमजनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

बिहीवार रामबहादुर बमजन भनिने रामलाल बमजनको बयान लिएपछि न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले यस्तो आदेश दिएको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।

"अहिले पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। अब माघ ७ गते बकपत्रका लागि पेसी तोकिएको छ," अधिकारीले भने। बमजनका समर्थकहरूले उनी निर्दोष रहेको र उनलाई फसाउन खोजिएको दाबी गर्दै आएका छन्।

कुनैबेला 'लिटल बुद्ध' र 'बुद्ध बोइ' जस्ता उपनामले चिनिएका बमजनविरुद्ध उनको आश्रममा बस्ने एक अनुयायीले बालयौन शोषणको उजुरी दिएकी थिइन्। त्यसका आधारमा अदालतले बमजनविरुद्ध २०७६ माघमा पक्राउपुर्जी जारी गरेको थियो। तर चार वर्षपछि बमजन मङ्गलवार काठमाण्डूबाट पक्राउ परेका थिए।

बमजन फरार नै रहेको समयमा २०७७ असारमा सरकारी वकिलको कार्यालयले उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। रौतहटकी एक किशोरीले बमजनको आश्रममा रहँदा आफूमाथि बालयौन शोषण भएको बयान दिएकी थिइन्।

सरकारी वकिलको कार्यालयले बालबालिकासम्बन्धी ऐनको हदम्याद नुसार ती किशोरी वयस्क भएपछि मुद्दा दर्ता गरिएको जानकारी दिएको थियो।

सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा बमजनलाई अधिकतम १४ वर्षसम्म जेल सजाय हुनुपर्ने मागदाबी गरेको छ। उनलाई बुधवार राति सर्लाही पुर्‍याएर बिहीवार अदालतमा बयानका लागि उपस्थित गराइएको थियो। बमजनको पक्षबाट दुई वकिलले बहस गर्दै उनी निर्दोष रहेको दाबी गरेका थिए।

अन्य अभियोगमा पनि अनुसन्धान

प्रहरीले बमजनका चार अनुयायी बेपत्ता भएको विषयमा पनि अनुसन्धान भइरहेको जनाएको छ। तर बमजनको आश्रमबाट अर्की एक अनुयायी बेपत्ता भएको विषयमा उनको परिवारले यसअघि सर्लाही प्रहरीमा उजुरी दिएको यसअघि बीबीसीसँग बताएको थियो।

बमजनको आश्रममा बस्दै आएकी सर्लाहीको बाग्मती नगरपालिकास्थित काजीराम टोलकी रिता बोट बेपत्ता भएको भन्दै आफ्नी छोरीको खोजतलासका लागि २०७७ पौष १८ गते आमा सोमती बोटले सर्लाहीको हरिऔनस्थित प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।

प्रहरीले यसबारे अनुसन्धान भए नभएको केही खुलाएको छैन। यसअघि पनि बमजनको नाममा सिन्धुपाल्चोक, सिन्धुली र बारा जिल्लामा खोलिएका आश्रममा गएका भक्तहरू बेपत्ता भएका र उनीहरूको 'खोजतलास गरिपाऊँ' भन्दै प्रहरीमा निवेदनहरू दर्ता भएका छन्।

प्रहरीका अनुसार नुवाकोटको मेघाङ गाउँपालिकाकी २९ वर्षीया चिनीमाया तामाङ सिन्धुपाल्चोकको बाँडेगाउँमा रहेको बमजनको आश्रमबाट २०६९ असोजबाट बेपत्ता भएको विषयमा पनि उजुरी परेको छ।

त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका ३० वर्षीया फूलमाया रुम्बा पनि सिन्धुपाल्चोककै आश्रमबाट २०७१ माघदेखि बेपत्ता छिन्। त्यही आश्रमबाट हेटौँडाकै ५१ वर्षीय सन्चलाल वाइबा २०७१ चैतबाट बेपत्ता भएको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिकाका ३४ वर्षीय सुरेशकुमार आले पनि २०७२ जेठबाट बाराको खुमजोरस्थित आश्रमबाट बेपत्ता भएको विषयमा बमजनविरुद्ध अनुसन्धान भइरहेको छ।

बमजनको आश्रमबाट बेपत्ता भएको भएको दाबी गरिएकाहरू

रिता बोट, बाग्मती नगरपालिका, सर्लाही। उमेर: अन्दाजी ३३ वर्ष
फूलमाया रुम्बा, हेटौँडा उपमहानगरपालिका, मकवानपुर। उमेर: ३० वर्ष
चिनीमाया तामाङ, मेघाङ गाउँपालिका, नुवाकोट। उमेर: २९ वर्ष
सन्चलाल वाइबा, हेटौँडा उपमहानगरपालिका, मकवानपुर। उमेर: ५१ वर्ष
सुरेशकुमार आले, जितपुर सिमरा उपमहानगरपालिका, बारा उमेर: ३४ वर्ष

बमजनका अनुयायी के भन्छन् ? 

बमजनको नेतृत्वमा स्थापित महासम्बोधी धर्मसङ्घकी सदस्य समेत रहेकी भूतपूर्व राज्यमन्त्री यशोदा लामाले बमजनामाथि लगाइएका आरोपहरू झुटो भएको दाबी गरिन्।

“अरूलाई पनि हिंसा नगर्नू, पात समेत नटिप्नू भनेर भनेर सिकाउने गुरुले बलात्कार गर्ने, हिंसा गर्ने गर्नुहुन्छ?” उनले भनिन्।

“मैले हिजो (बुधवार) प्रहरी हिरासतमा पुगेर उहाँलाई भेटेँ। उहाँले ‘म निर्दोष छु’ भनेर समर्थकहरूलाई चिन्ता नलिन र आवेशमा नआउन भन्नुभएको छ। सत्य सधैँ सत्य नै हुन्छ अदालतलाई अनुसन्धान गर्न दिनुहोस् भन्नुभएको छ,” उनले भनिन्।

बमजन पक्राउ परेपछि पूर्वराज्यमन्त्री लामा उनलाई भेट्न बुधवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पुगेकी थिइन्।

बमजनले प्रवर्तन गरेको धर्म कस्तो ?

बमजनले कलिलो उमेरबाटै ध्यान र तपस्या गर्न थालेको बताइन्छ। तर विभिन्न विवादमा मुछिएपछि उनी विगत चार वर्षदेखि सम्पर्कविहीन थिए।

बाराको एउटा एकान्त वनमा ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका बमजन १६ वर्षको उमेरमै १९ वर्षअघि एकाएक चर्चाको चुलीमा पुगेका थिए। उनका परिवार, साथीभाइ र अनुयायीले बमजन छ महिनासम्म पानी पनि नपिई ध्यानमा लीन भएको दाबी गरेका थिए।

देशका विभिन्न ठाउँहरूमा उनका आश्रम रहेको र देशबाहिर पनि उनका अनुयायीहरूको सङ्ख्या ठूलो रहेको बताइन्छ। बमजनले स्थापना गरेको संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारीअनुसार उनको जन्म सन् १९९० को एप्रिल १० तारिखमा रतनपुर बारामा भएको थियो।

उक्त विवरणका अनुसार गौतम बुद्ध र बमजन दुवैका आमाको नाम मायादेवी भएकाले स्थानीयवासीहरूले उनले गरेको तपस्यालाई सिद्धार्थ गौतम बुद्धसँग जोडेर हेरेका थिए। उनलाई खासगरी केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले 'लिटल बुद्ध' को उपनाम दिएका थिए।

तर उनले अपनाएको धार्मिक मार्ग भने बौद्ध धर्मभन्दा फरक रहेको उनका एक अनुयायी तथा अर्का भूतपूर्व राज्यमन्त्री मणि लामाले बताए।

"यो धर्म बौद्धधर्मको कुनै शाखा होइन, यो छुट्टै मार्ग हो। शान्तिको कुरा बौद्ध धर्मसँग मिल्छ तर उहाँले आत्मा र परमात्मा रहेको कुरामा पनि विश्वास गर्नुभएको छ, त्यो चाहिँ बुद्धले विश्वास गर्नुभएको छैन," उनले भने। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending