Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

सरकार यति धेरै कमजोर भइसकेको छ कि कमजोरी चर्चा गर्ने ठाउँ नै छैन : शंकर पोखरेल

खबरडबली संवाददाता

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई स्थिरता र विकास तर्फ लैजाने हो भने धेरै दल होइन बलियो राष्ट्रिय शक्ति आवश्यक पर्ने बताएका छन् । आइतबार प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले देशको स्वतन्त्रता, स्वाभिमान, सामाजिक न्याय, विकास र राष्ट्रिय हितको लागि काम गर्ने राष्ट्रिय शक्ति आज आवश्यक रहेको बताए ।

नेकपा एमाले यी काम गर्न सक्ने पार्टी भएकोले एमालेलाई राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा पोखरेलले जोड दिए ।  अहिलेको हङ पार्लियामेन्टमा समीकरणको जोड घटाउ गर्दा सरकामा पुग्न सक्ने स्थिति भएको भए पनि एमाले त्यसमा नलागेको उनले बताए ।

एमाले मुलुकमा स्थायित्व, स्थिरता र विकासको लागि नयाँ ढङ्गले जानुपर्छ भन्ने पक्षमा रहेको पोखरेलले प्रष्ट पारे । ‘नेकपा एमाले अस्थिरताको खेलमा सामेल हुन चाहँदैन’, पोखरेलले भने । अहिले गठबन्धन सरकारको कारण सर्वत्र निराशा छाएको भदै पोखरेलले चिन्ता व्यक्त गरे ।  युवाको विदेश पलायनको क्रम यस वर्ष इतिहासकै सबैभन्दा बढी भएको उनले बताए । रोजगारीका नाममा होस् वा शिक्षाको नाममा यति धरै युवा बिदेसिँदा देश बनाउन युवाको अभाव झेल्नु पर्ने स्थिति उत्पन्न भएको पोखरेलको निष्कर्ष छ ।

‘यो सरकाले आफूले त गर्न सकेन सकेन, भविष्यलाई समेत अन्धकारमा पार्ने हिसाबले जनतामा निराशा पैदा गर्ने जुन काम गरेको छ त्यो कामलाई बदल्नु पर्दछ, नयाँ आशा जागृत गराउनु पर्दछ’, पोखरेलले भने, ‘नेपालीहरूले नै नेपाल बनाउने हो भन्ने मान्यतालाई स्थापित गर्नको लागि, भविष्यलाई सुरक्षित गर्नको लागि हामीले बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प गर्ने तर्फ अगाडि बढ्नु पर्दछ ।’

वर्तमान गठबन्धन सरकारको कमी कमजोरी चर्चा गर्नु पर्ने विषय नै नभएको उहाँले बताउनुभयो । ‘सरकार यति धेरै कमजोर भइसकेको छ कि कमजोरी चर्चा गर्ने ठाउँ नै छैन’, उनले भने ।  सरकारकै कारण व्यवसायीहरू नेपालका लगानी गर्न तयार नरहेका उनले बताउनुभयो । सरकारको विकास विरोधी क्रियाकलाप, सरकारको अयोग्यता तथा नालायकीपनका कारण देशमा लगानीको वातावरण नभएको उनले पारे ।

सरकारको विकार विरोधी क्रियाकलाप र तस्कर तन्त्रको सामान्य आलोचना गरेर हुने स्थिति नरहेको पोखरेलको धारणा छ । यसको जबरजस्त प्रतिवाद गर्नुपर्ने बेला आएको उनले बताए । ‘अब सडक आन्दोलनमा जानु पर्ने स्थिति उत्पन्न भयो भन्ने खालको बुझाइमा छौँ, हामी निकट भविष्यमा सरकारको अकर्मण्यताको विरुद्ध जनपरिचालन गर्ने योजनाका साथ अघि बढ्दै छौँ’, उनले भने ।

अहिले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थलको रूपमा नेपाललाई विकास गर्ने जोखिम बढ्दै गएको भन्दै पोखरेलले चिन्ता व्यक्त गरे । भारत र चीनलाई मिल्न नदिने त्यसको लागि नेपाली भूमि प्रयोग गर्ने षडयन्त्रमा केही शक्ति राष्ट्र लागेको पोखरेलको भनाइ छ । एसियालाई विश्व अर्थतन्त्रमा अघि बढ्न नदिन यस किसिमका षडयन्त्र भएका उनले बताए । विश्वका महाशक्तिहरू एसियाभित्र द्वन्द्व सिर्जना त्यसको लाग लिने योजना अनुसार लागेका पोखरेलले बताए ।

‘भारत र चीनलाई मिल्न नदिने, नेपाल भूमिलाई त्यो रणनीति द्वन्द्वको क्रिडास्थलको रूपमा प्रयोग गर्ने योजना अन्तर्गत नेपालका बलियो राष्ट्रिय शक्ति बन्न नदिने, अस्थिरता सिर्जना गरिरहने खालका क्रियाकलाप पछिल्लो समय बढेर गएका छन्’, उनले भने ।

अहिलेका नेपालका प्रधानमन्त्री विदेश जाँदा मुलुकको हितका निम्ति के काम गर्छन् भन्दा पनि के गुमाउने हो भन्ने चिन्ताको स्थिति रहेको उनले बताए । जताको सरकार प्रति यति ठुलो अविश्वास बढ्नु दुखद् कुरा भएको पोखरेलले बताए ।

विकास निर्माणका हिसाबले यति अयोग्य सरकार नेपालको इतिहासमा नै नरहेको उनले बताए । निर्माण व्यवसायीले गरेको कामको पैसा समेत नपाउने स्थिति रहेको पोखरेलले सुनाए । सरकारको गलत नीतिको कारण यस्तो अवस्था आएको पोखरेलको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...

अहिलेसम्म मन्त्रीपरिषद्को टुंगो लागेको छैन: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...

राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रवी लामिछानेले मागे माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...

सांसदहरूले अनुशासन उल्लंघन गरे 'राइट टु रिकल'कडाइका साथ लागू गरिने रवी लामिछानेको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीका सांसदहरूलाई अनुशासन उल्लंघन गरे फिर्ता बोलाउने चेतावनी दिएका छन्। ...

खोटाङमा हेलिकप्टर दुर्घटना अपडेट, दुई घाइतेलाई काठमाडौं ल्याइयो

खोटाङ । खोटाङको कपिलासगढी गाउँपालिका–२, खार्तम्छा बालाबेँसीमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पास्टर काजीबहादु...

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि  बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको  सरकार विरुद्...

कोरला नाकामा चिसो घटेपछि लयमा फर्कियो ब्यवसाय

मुस्ताङ। अत्यधिक चिसोसँगै कोरला नाकाको ब्यवसाय छाडेर पोखरा गएका उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –२, छोसेरका पेमा छिरिङ गुरूङ दुई महिनापछि ब्यवसा...

रास्वपा अभिमुखीकरणमा पुगे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ललितपुरको ग्वार्कोस्थित अभिमुखीकरण कार्यक्रममा सहभागी भएका छन्। रास्वपाले हि...

बागलुङमा जिप दुर्घटना हुँदा सात जना घाइते

बागलुङ। बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । बुधबार गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जिप मध्यपह...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: